-बिशेष
काठमाडौं ब्युरोबाट काठमाडौं, July 5, 2008-तराईका आदिवासी थारु लगायतका समूदायलाई मधेशीकरण गर्दै तराईलाई
मधेशी समुदायका नाममा मधेश प्रदेश बनाउन षडयन्त्र भएको भन्दै सो को विरुद्ध
थारु कल्याणकारिणी सभा लगायत तराईका आदिवासीका १४ वटा संघसंस्थाहरुले
शुक्रबार आव्हान गरेको एक घण्टे चक्काजामलगायतको विरोध प्रदर्शनको
कार्यक्रमले तराईको जनजीवन प्रभावित भएको छ ।
कार्यक्रमको क्रममा पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगर कन्चनपुरसम्मका
थारु लगायतका आदिवासी समुदायले सडकमा उत्रिएर सरकार तथा कथित मधेशवादी
दलहरुले आफ्ना समुदायलाई समाप्त पार्न गरिरहेको षडयन्त्रको विरोध गरेका थिए
। एक घण्टाको बन्द भनिएपनि तराईका विभिन्न जिल्ला सदरमुकाम तथा शहर बजारमा
स्वस्फुर्त रुपमा दिनभर बन्द भएको थारु कल्याणकारी सभाले जनाएको छ ।
थारु कल्याण्कारिणी सभा लगायतका तराईका आदिवासीका १४ वटा संघसंस्थाहरुको
आव्हानमा शनिबार राजधानीमा संविधान सभा घेराउ गर्दैछन् । घेराऊ कार्यक्रममा
तराईका आदिवासी सभासदहरु पनि सहभागी हुने भएका छन् ।