Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार र आन्दोलनरत थारु समुदायवीच सम्झौता पत्रमा के के उल्लेख छ?


Tharu, Muslim representatives and Prime Minister Prachanda. Photos: Santa

काठमाण्डौ, 16 Mar, 09-
सरकार र आन्दोलनरत थारु लगायतका आदिवासी जनजाति समुदायवीच सहमती भएपछि १३ दिनदेखि आन्दोलनले गर्दा अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ । सहमतीपछि चैत १ गते राति आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतीको पहिलो बुँदामा तराईका आदिवासी थारु लगायतका सम्पूर्ण आदिवासी जनजाति मधेसी दलित मुस्लिम अल्पसंख्यक समुदायको स्वतन्त्र पहिचानमा बाधा पुर्याउने वा ओझेलमा पार्ने विद्यमान सम्बैधानिक तथा कानुनी व्यवस्थालाई आवश्यक प्रकृया पुरा गरेर संशोधन गरिने उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहालको रोहवरमा भएको वार्तामा सरकारले अध्यादेश मार्फत जारी गरेको प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, शिक्षा ऐन, विकास ऐन, स्वास्थ्य ऐन, नेपाल विशेष सेवा ऐनलाई आवश्यक प्रकृया पुरा गरेर संशोधन गर्ने सहमती भएको छ ।

सहमती अनुसार आन्दोलनको क्रममा मारिएका कमल चौधरी र विपिन क्षेत्री तथा मारिएका रामप्रसाद चौधरी र प्रकाश चौधरीलाई सरकारले सहिद घोषणा गरेर उनीहरुका परिवारलाई उचित आर्थिक सहायता दिइने छ । कमल र विपिनको फागुन २२ गते चितवन तथा रामप्रसाद र प्रकाशको फागुन ३० गते दाङ्गमा भएको प्रर्दशनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । आन्दोलनमा घाइते भएकाहरुको उपचारको व्यवस्था तथा धनजनको क्षतिपूर्ति सरकारले मिलाउने तथा गिरफ्तार गरिएकाहरुलाई रिहा गरिने सहमती भएको छ ।
 

Photos: Santa

सहमती पत्रमा सरकारी वार्ता टोली संयोजक शान्ति तथा पुर्ननिर्माण मन्त्री जर्नादन शर्मा तथा आन्दोलनरत समूहको तर्फबाट थरुहट संयुक्त संघर्ष समितिका लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका राजकुमार लेखी, नेपाल लोकतान्त्रिक थारु संघका बाबुराम चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पासाङ्ग शेर्पा र थारु राष्ट्रिय मुक्ति मोर्चाका ईन्द्रजीत थारुले हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत समूहको माग सम्बोधन गर्ने विषयमा सत्तारुढ पाँच दल तथा प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुको बालुवाटारमा वैठक बसेको थियो ।


सम्झौता पत्रको पूर्ण रुप:

आज २०६५ साल चैत्र १ गते तराईमा आन्दोलनरत आदिवाशी थारु समुदाय तथा नेपाल आदिवाशी जनजाति महासँघका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिहरुबीच सम्मानीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा देहाय बमोजिमको सहमति भयो:

१. तराईका आदिवाशी थारु लगायत देशका सम्पूर्ण आदिवाशी जनजाति, मधेशी, दलित, मुश्लिम, अल्पसंख्यक समुदायको आ-आफ्नै बिशिष्ट पहिचान छ भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ । तर्सथ उनीहरुको स्वतन्त्र पहिचानमा वाधा पुर्‍याउने वा ओझेलमा पार्ने विद्यमान सम्वैधानिक तथा कानुनी व्यवस्थालाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गरिनेछ ।


२. नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३ को खण्ड घ १ मा उल्ललेखित 'मुलुकको राज्य संरचनाका सबै अंगहरुमा मधेशी, दलित, आदिवाशी, जनजाति, महिला, मजदुर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्रलाई समानुपातिक समावेशीको आधारमा सहभागि गराउने' भन्ने व्यवस्थाप्रति प्रतिवद्ध रहदै अध्यादेश मार्फत जारी भएका प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, सैनिक ऐन, शिक्षा ऐन, विकाश ऐन, स्वास्थ्य ऐन, नेपाल विशेष सेवा ऐनहरुलाई आवश्यक प्रकृया पूरागरी संशोधन गरिनेछ ।

३. आदिवाशी थारु समुदायले संचालन गरेको आन्दोलनको क्रममा शहादत प्राप्त गर्ने कमल चौधरी, बिपिन क्षेत्री, रामप्रसाद चौधरी र प्रकाश चौधरीलाई नेपाल सरकारले शहीद घोषणा गरी निजहरुको परिवारलाई उचित आर्थिक सहायता प्रदान गर्नेछ ।

४. आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरुको सम्पूर्ण उपचारको व्यवस्था र धनजनको क्षतिपूर्ति नेपाल सरकारले मिलाउनेछ ।

५. आन्दोलनको क्रममा गिरफ्तार गरिएकाहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्रालयलाई निर्देशन गरिएको छ ।

६. आजैका मितिदेखि थारु कल्याणकारिणी सभा, थरुहट संयुक्त संर्घष समिति, नेपाल लोकतान्त्रिक थारु संघ, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल आदिवाशी जनजाति महासंघ लगायतका संगठनहरुद्वारा संचालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरिएको छ ।

लक्ष्मण थारु
वार्ता टोली संयोजक, थरुहट संर्घष समिति
राजकुमार लेखी
वार्ता टोली संयोजक, महामन्त्री थारु कल्याणकारिणी सभा
जनार्दन शर्मा प्रभाकर
वार्ता टोली संयोजक, मन्त्री, शान्ति तथा पुनर्निर्माण
बाबुराम चौधरी
वार्ता टोली संयोजक, नेपाल लोकतान्त्रिक थारु संघ
पासाङ शेर्पा
अध्यक्ष, नेपाल आदिवाशी जनजाति महासंघ
इन्द्रजीत थारु
वार्ता टोली संयोजक, महासचिव थारु राष्ट्रिय मुक्ति मोर्चा

-Santa Bagam in Kathmandu

  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®