|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
थारुहरुद्वारा मधेशीकरण गर्न लागेकोमा सरकारलाई
पाँच दिने अल्टिमेटम सरकारले नियतबस थारुहरुलाई मधेशीकरण गर्न लागेको आरोप लगाउँदै आन्दोलनरत थारु कल्याणकारी सभाले विभिन्न चार सूत्रीय माग राख्दै पाँच दिने अल्टिमेटम दिएको छ । आफ्ना माग पुरा गर्ने आधिकारिक सरकारी प्रतिबद्धताको माग गर्दै सभाले माग पुरा नभएमा तराईका थारु लगायतका आदिवासीहरुले आफ्ना आन्दोलनलाई निर्णायक रुपमा कडा बनाउने चेतावनीसमेत दिएको छ । अन्तरिम संविधान तत्काल संशोधन गरी तराईका आदिवासी समुदायलाई मधेसी वर्गबाट हटाएर उनीहरुको स्वतन्त्र पहिचानको संवैधानिक ग्यारेन्टि गरिनुपर्ने र आदिवासीको अधिकार र सुविधा मधेसी वर्गले पाउने अवस्थाको अन्त्य गरिनुपर्ने, अन्तरिम संविधानको आधारमा तराइका आदिवासी समुदायको अधिकार मधेसी वर्गलाई दिन ल्याइएको अध्यादेश फिर्ता लिइनुपर्ने, आदिवासी समुदायले पाउनुपर्ने विभिन्न किसिमका रोजगारी, आरक्षण तथा अन्य सुविधा मधेसी समुदायलाई दिन बन्द गरिनुपर्ने, आदिवासी समुदायको हक अधिकार र आरक्षण मधेसी समुदायले होइन स्वयं आदिवासी समुदायले पाउने ग्यारेन्टी गरिनुपर्ने र तराईका आदिवासी समुदायलाई मधेसी समुदायमा राखी मधेसीकरण गर्ने, तराईका आदिवासी समुदायको जातिय पहिचान र अधिकार समाप्त पार्ने सरकारी अभियान सदाका लागि अन्त्य गरिएको घोषणा गरिनुपर्ने माग सभाको छ । तराईका आदिवासीहरुको हक अधिकार र पहिचानमा पहाडी-मधेशी गठवन्धन शासकवर्गले विगतदेखि निरन्तर रुपमा गम्भीर संकट उत्पन्न गराउने, संविधान तथा कानुन मार्फत अधिकार अपहरण गर्ने लगायतका कामहरु गर्दै आएको आरोप लगाउँदै थारु कल्याणकारी सभाले पहाडी-मधेशी गठबन्धन भएको शासकवर्गले तराईका स्वतन्त्र पहिचान र अस्तित्व भएका विभिन्न आदिवासी समुदायलाई मधेसीमा परिणत गर्ने र मधेशीकरण गर्ने अभियान चलाउँदै आएकोमा आपत्ति जनाएको छ । 'शासक वर्गले संविधानबाटै तराईका आदिवासीहरुको पहिचानलाई इन्कार गर्ने काम गरिसकेको छ' सभाले भनेको छ- 'शासक वर्गको यस्तो कुत्सित नियत तथा निर्णयका विरुद्ध आदिवासी समुदाय निर्णायक आन्दोलनमा उत्रनु जरुरी भैसकेको छ ।' मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता महराले सरकारले थारु समुदायलाई मधेशी अन्तर्गत नराखेको तथा थारु समुदायसँग छलफल गरेर मात्रै सुचीकृत गरिने बताए । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||