|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
थारुहरुको भूमीमा मधेशी, विदेशी र पहाडी आउट? काठमाडौं, August 7, 2008- तराई भूमि मधेशीको नभएको तर त्यहाँ सयौं वर्षदेखि बसोबास गर्दै आएको थारुहरुको भएको बताउँदै आएको थारु कल्याणकारी सभाले पश्चिम सेती जल विद्युत परियोजना निर्माणको क्रममा विस्थापित हुने पहाडका नागरिकहरुलाई कैलाली कन्चनपुर जिल्लामा बसोबास गराइने कुराको विरोध गरेको छ । कैलाली र कन्चनपुर थरुहट भूमि भएको बताउँदे उसले विरोध गरेको हो । थारु कल्याणकारिणी सभाको सचिवालयको बुधबार बसेको बैठकले थरुहट तराई भूमीमा राज्यले थारु लगायतका आदिवासीहरुलाई अल्पमतमा पार्न र दमनगर्न एवं उनीहरुलाई पुर्खयौली भूमीबाट बेदखल गर्न अतितदेखि नै पहाडी र मधेशी समुदायलाई बसोबास गराउँदै ल्याएको आरोप लगाएको छ । राज्यले मधेशी समुदायलाई विभिन्न सुविधा दिई भारतबाट निम्त्याएर थरुहट भूमीमा बसोबास गराउँदै आएकोमा असन्तुष्टि जनाएको थारु कल्याणकारी सभाले पहाडबाट पहाडी समुदायलाई थरुहट तराईमा ओसारेर बसोबास गराउने क्रम अरु बढेको बताएको छ । यसबाट थरुहट तराईमा आदिवासी थारु लगायतका समुदायको जातीय, धार्मिक, भाषिक र सांस्कृतिक पहिचान समाप्त पार्न खोजिएको आरोप लगाएको छ । थारु कल्याणकारी सभाले भनेको छ- 'पश्चिम सेती जलविद्युत परियोजनाबाट विस्थापित हुने नागरिकहरुको उचित पुर्नस्थापनका लागि सरकारसँग माग पनि गर्दछ । तर उनीहरुलाई बसोबास गराउने थलो उनीहरुकै पुर्खयौली भूमीको आसपास हुनुपर्छ । थरुहट तराई भूमीमा पहाडबाट विस्थापितहरुलाई ल्याएर बसोबास नगराउन थारु कल्याणकारिणी सभा कडा चेतावनी दिन चाहन्छ ।' जलविद्युत परियोजनाबाट विस्थापित हुनेहरुलाई कैलाली-कन्चनपुरमा जग्गा दिइए सो जमीन थारु कल्याणकारिणी सभाले बलपूर्वक कब्जा गर्ने र त्यहाँका भूमिहीन आदिवासी एवं कमैयाहरुलाई बसोबास गराउने घोषणासमेत गरेको छ । 'थरुहट तराईमा आदिवासीहरुको हक अधिकार समाप्त पार्ने काममा पहाडी तथा मधेशी दुवै समुदायका शासक तथा ठालुहरु लागिपरेका छन्' सभाले भनेको छ- 'मनपरि ढंगले नागरिकता वितरण गरेर सरकारले थरुहट तराईमा विदेशीहरुलाई नेपाली नागरिक बनाउने र थारु लगायतका आदिवासीहरुलाई विस्थापित गराउने अभियान अहिले पनि चलाइरहेको छ ।' मधेशीमा सर्वसुलभ ढंगले नागरिकता दिने निर्णयलाई 'थारु आदिवासीहरुलाई अल्पमतमा पार्ने उद्देश्यले थरुहट तराईमा चलाईएको नागरिकताको ब्यापार अभियान' को रपमा व्याख्या गर्दै सभाले यो कार्य तत्काल रोक्न र नरोकिए दुष्परिणाम भोग्नुपर्ने चेतावनीपनि दिएको छ । थारुहरुको साझा संस्थाको रुपमा चिनिएको सभाले रकम दिएकै आधारमा विना प्रमाण नागरिकता हासिल गरेका विदेशीहरुको नागरिकता रद्द गर्न पनि माग गरेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||