|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'मधेशीको हली होइन हामी आफ्नो मालिक आफै बन्न
चाहन्छौं ।' काठमाडौं, July 8, 2008- तराईका थारु कल्याणकारिणी सभा लगायत २२ वटा आदिवासी संस्थाहरुले सोमबार असार २३ राजधानीसहित तराईका चौबीस वटा जिल्लाहरुमा अन्तरिम संविधानको धारा ६३ जलाएका छन् । तराईलाई मधेश बनाउने तथा आदिवासीहरुलाई मधेशी जातिमा परिणत गर्ने आधार बनेको भन्दै उनीहरुले सो धारा जलाएका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा संविधान जलाउँदा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको थियो । लाठी प्रहारबाट अशोक चौधरी, शत्रुघन चौधरी, रामस्वागत चौधरी, दिपक राजवंशी सहित एक दर्जन घाइते भएका छन् । तराईका अन्य जिल्लाहरुमापनि थारु लगायतका आदिवासीहरुले आफूहरुलाई मधेशी जातिमा परिणत गरिएको भन्दै संविधान जलाइएको जानकारी थारु कल्याणकारी सभाले दिएको छ । राजधानीमा संविधान जलाउनुअघि सहभागीहरुलाई सम्बोधन गर्दै थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले संविधान संशोधन गरेर मधेशलाई तराई बनाएर आदिवासीहरुलाई बच्चालाई चकलेट दिए झै फकाउन खोजेको आरोप लगाए । लेखीले तराईका आदिवासीहरु सामान्य नाम संशोधन गरेको भरमा उल्लु बन्दैनन् भन्दै आदिवासी हक लिएरै छाड्ने बताएका छन्। थारु विद्यार्थी समाजका महासचिव मीनराज चौधरीले वार्ताको नाटक रचेर मधेशी नेताहरुले थारु लगायतका आदिवासीहरुलाई झुक्याउन खोजेको बताए भने थारु युवा फ्रन्टका केन्द्रीय सदस्य अशोक चौधरीले तराईलाई एक प्रदेश बनाउने नाममा आदिवासीहरु मधेशी जाति मातहतमा बस्न तयार नरहेको बताए । उनले भने- 'आदिवासीहरुले आफ्नो शासन आफै गर्न चाहेका छन् मधेशीबाट शासित हुन होइन ।' यसैगरी थारु संस्कृति संगीत कला मन्दिरका रामस्वागत चौधरीले थारु तथा तराईका आदिवासीहरुको जातिय पहिचान गर्न विभिन्न पेशामा लागेका सम्पूर्ण ब्यक्तिले सडकमा आउनुपर्ने बताए । उनले तराईका आदिवासीहरुलाई मधेशी जातिको हली बनाउन खोजिएको आरोपपनि लगाए । उनले भने- 'मधेशीको हली होइन हामी आफ्नो मालिक आफै बन्न चाहन्छौं ।' -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||