Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
थारुहरु पनि मधेशी नै हुन्। -उपेन्द्र यादव, मधेशी नेता

काठमाडौं,  July 6, 2008- थारुहरुले नेपाल मा मधेस भन्ने अस्तित्व नै नभएको भन्दै एक मधेस एक प्रदेश को बिरोध मा आन्दोलन मा उत्रिएकै बेला मधेसी नेता उपेन्द्र यादब ले भनेका छन्-" थारुहरुपनि मधेशी नै हुन्।"

सरकारप्रति मधेशीहरुको विश्वास मरेको बताउँदै मधेश जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी पार्टीहरु कुनै पदकॊ पछि नलाग्ने र अब आफूहरुकालागि आन्दोलनबाहेक अर्को बिकल्प नभएको बताएका छन् भने बरिष्ठ माओवादी नेता मोहन बैद्य 'किरण' ले माओवादी नेतृत्वमा बन्ने नयाँ सरकारमा सामेल भएर मधेशी समस्या समाधानमा पहल गर्न मधेशवादी दलहरुसँग आग्रह गरेका छन् ।

सरकारले शुक्रबार गरेको निर्णय विगतमा मधेशवादी दलहरुसँग गरेको सम्झौताको विरुद्ध भएको बताउँदै उनले सरकारसँग आफूहरुको विश्वास मरिसकेको बताए । 'आफैले गरेको सम्झौतासमेत रड्डीको टोकरीमा फाल्ने सरकारको कुनै विश्वास छैन' यादवले भने- 'अब मधेशी जनताले राज्यलाई विश्वास गर्नसक्ने स्थिति रहेन बिगतका सम्झौता भुल्नेहरुसँग सरकारमा बस्नुकोपनि औचित्य छैन ।' उनको थप भनाई छ- 'अब हाम्रालागि आन्दोलनको बिकल्प रहेन ।'

'शुक्रबार मधेशको माग सम्बोधन गर्ने नाममा गरिएको निर्णयले सरकारमा जाने सबै ढोका बन्द भएको छ' भन्दै आफूहरु कुनै पदको पछाडि नलाग्ने बताएका यादवले पदका लागि ठूला दलहरुले राष्ट्रलाई नै धरापमा पारिरहेको आरोपपनि लगाए । पछिल्लो निर्णयले नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले मधेशका सवालमा उस्तै हुन् भन्ने देखाएको बताए । उनले भने- 'यो स्थितिमा जसको नेतृत्वमा सरकार बनेपनि हामीलाई फरक पर्दैन।'

छुट्टै थरुहट राज्यको माग गर्नेहरुलाई ठूला दलभित्रकै केही दलले उचालेको आरोपपनि फोरम अध्यक्ष यादवले लगाएका छन् । उनको दावी अनुसार थारुहरुलाई उचाल्ने एमाले हो । उनले भने- 'एमालेले केही थारुहरुलाई मधेशविरुद्ध उचालेको छ, थारुहरुपनि मधेशी नै हुन् । त्यसैले थारुहरुको गतिविधि आफै सेलाएर जानेछ ।'

बरिष्ठ माओवादी नेता मोहन वैद्य 'किरण' ले नयां सरकार गठन भएपछि मात्र मधेशको माग सम्बोधन गर्ने ढोका खुल्ने बताए । संविधान सभाको बैठक अवरुद्ध गरेर नयां सरकार बनाउन अवरोध गर्दा मधेशवादीलाई नै घाटा परेको तर्क छ उनको । उनले भने- 'जति छिटो नयां सरकार बन्छ उति छिटो मधेशको माग सम्बोधन हुन्छ । त्यसैले संविधान सभाको गतिरोध हटाएर मधेशवादी दलहरुले नयाँ सरकार बन्ने बाटो खुला गरिदिनु पर्छ ।'

सरकारको शुक्रबार मधेशको माग सम्बोधनका लागि पूरक संविधान संशोधन प्रस्ताव ल्याउनुलाई सकारात्मक भन्दै मधेशवादीले त्यसको सम्मान गरेर अगाडि बढ्नपनि किरणले मधेशवादी दलहरुलाई सुझाव दिएका छन् । 'नयां संविधान निर्माण गर्दा मधेशको मागबारे छलफल गरेर टुंगोमा पुग्न सकिनेछ' किरणले भने- 'तपाईंहरु माओवादी नेतृत्वमा सरकारमा आउनोस् त्यहीं बसेर सम्पूर्ण समस्या समाधान गरौंला ।'

-Vivek Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®