|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एक मधेश एक प्रदेश नमान्ने तर थरुहट नलिइ नछाड्ने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, October 22, 2008-
थारुहरु हिन्दू नभै प्रकृतिपूजक रहेको घोषणा गर्दै तथा शान्तिका
अग्रदूत गौतम बुद्ध थारु समुदायका थिए भन्ने ठहर गर्दै अन्तर्राष्ट्रिय
थारु सम्मेलन सम्पन्न भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा सो सम्मेलनको आयोजना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गर्ने भनिएपनि उनको व्यस्तताका कारण सम्मेलनको उद्घाटन गृहमन्त्री बामदेव गौतमले गरेका थिए । थारु समुदाय परम्परागत रुपमा बौद्ध तथा प्रकृतिपूजक रहेको तथा केही दशक यता हिन्दुकरणको तीब्र चपेटामा परेको ठहर गर्दै सो सम्मेलनले १५ बुँदे घोषणापत्र तैयार गरी तथा सार्वजनिक गरेको छ । 'एक मधेश एक प्रदेश' नेपालको सर्वाधिक प्राचीन आदिवासी तथा तराईका भुमिपुत्र पुत्र थारु समुदायलाई स्वीकार्य नभएको बताउँदै आफूहरु एक मधेश एक प्रदेश नमान्ने र थरुहट तराई नलिइ नछाड्ने प्रण थारुहरुले सम्मेलनमार्फत् गरेका छन् । समग्र थाहरु समुदाय बौद्ध धर्मावलम्बी भएको घोषणा गरेको सो सम्मेलनद्धारा पारित घोषणा पत्रमा भनिएको छ- 'थारु समुदाय परम्परागत रुपमा हिन्दू होइनन् बरु हामीहरु प्रकृतिपुजक बौद्धमार्गी तथा शान्तिप्रिय हौं ।' तराईका थारु लगायत सम्पूर्ण आदिवासी जनजातिलाई मधेशीकरण र हिन्दुकरण गर्नै अभियान तुरुन्त बन्द गर्न सो घोषणा पत्रमार्फत् मागपनि गरिएको छ । पारित घोषणा पत्रमा संविधान सभाले बनाउने नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको आधार जाति, भाषा, क्षेत्र र ऐतिहासिक पृष्ठभूमि हुनुपर्ने बताउँदै निर्वाचन सम्बन्धि ऐन तथा अन्य ऐनहरुमा थारु समुदायलाई मधेशीका रुपमा गरिएको वर्गीकरण तुरुन्त सच्याइन जोडदार माग गरिएको छ । त्यसमा थप भनिएको छ- 'राज्य पुर्नसंरचना सम्बन्धि उच्चायोग आदिवासी संघसंस्थाहरुको सहमतिमा मात्र गठन गरिनुपर्दछ ।' पूर्व कमैंया ब्यवस्थापन आयोग गठन गर्न माग गर्दै थारु कल्याणकारी सभाले नयाँ बन्ने संविधानमा आत्मनिर्णयकौ अधिकार सहित जातिय स्वायत्तताको सुनिश्चितता गरिनुपर्ने बताएको छ भने राज्यका हरेक नीति, निर्माण र कार्यान्वयनकौ तहमा समानुपाति र समावेशी प्रतिनिधित्व हुनुपर्ने दोहोर्याएको छ । तराईका २० जिल्लाहरुलाई मधेश भनी गरिएकौ नामाकरण तुरुन्त सच्याइनुपर्ने माग गर्दै प्राकृतिक स्रोत र साधनमाथि आदिवासीहरुको अधिकारको संवैधानिक ग्यारेन्टीपनि थारुहरुले सो सम्मेलनमार्फत् खोजेका छन् । अन्तर्राष्टिय श्रम संगठन महासन्धि नम्बर १६९ लाई ऐन कानुन बनाई कार्यान्वयनका सुनिश्चितता गर्न सभाले सरकारसँग आग्रहपनि गरेको छ । बहुचर्चित् पश्चिम सेती जलविद्युत आयोजनाबाट विस्थापित हुनेहरुलाई सोही जिल्लामा पुर्नवासको ब्यवस्था गर्न, तराई- थरुहट भूमिमा उत्तर र दक्षिणबाट हुने अतिक्रमण बन्द गर्न जोडदार रुपमा भनेको छ । सभाले केही हप्ताअघि सो विद्युत आयोजनाबाट विस्थापितहरुलाई थरुहट भूमिमा पुनस्र्थापना गरिए बिद्रोह सुरु हुनॆ चेतावनी दिएको थियो । |
|
|
सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिहरुको हक अधिकार
प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै भनेको छ- 'सम्पूर्ण
आदिवासी जनजातिका हक अधिकारका लागि हुने आन्दौलनमा ऐक्यवद्धता प्रकट गर्दछ
।' स्मरणीय छ, थारु कल्याणकारी सभा थारु जातिहरुको सबैभन्दा ठूलो प्रतिनिधिमूलक सामुदायिक संस्था हो। -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||