|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See your Local city time and Kathmandu, Nepal time |
|
| English Edition | ||
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
'हुँदै नभएको मधेश खोज्नेहरुको विरुद्ध जीवन
मरणको संघर्षमा उत्रनेछौं ।' -थारु
कल्याणकारी सभा काठमाडौं, June 28, 2008- ठूला दुई दलहरु माओवादी र एमालेले मेचीदेखि महाकालीसम्मको तराई भूभागलाई एक मधेश प्रदेश मान्न नसकिने बताएका छन् । तराईमा मूलबासी थारु समुदायलेपनि समग्र मधेश एक प्रदेशप्रति कडा विरोध जनाउँदै आज शनिवारदेखि कडा आन्दोलनको घोषणा गर्ने भएको छ । थारुहरुको साझा संस्था थारु कल्याणकारी सभाले आज १२ बजे समग्र मधेशलाई एक प्रदेश बनाउने मधेशवादी पार्टीहरुको माग विरुद्ध जुलुशको आयोजना गरेको छ । यसैगरी संविधान सभामा रहेका थारु सभासद्हरुलेपनि समग्र मधेश एक प्रदेश हुन नसक्ने बताउँदै सदन घेराउ गर्ने भएका छन् । 'स्वायत्त मधेश प्रदेशको माग मधेशवादी दलहरुले जसरी उठाएका छन् यसमा हाम्रो सहमति छैन' थारु कल्याणकारी सभाका महासचिव राजकुमार लेखीले यूएस नेपाल अनलाइनडटकम सँग भने- 'तराईका आदिवासी थारुहरु हुन्, थारुहरु मधेशी होइनन् त्यसैले हामी कुनै हालतमा एक मधेश एक प्रदेश मान्दैनौं, हामीलाई छुट्टै थरुहट चाहिन्छ ।' उनका अनुसार मधेशवादी दलहरुले भन्ने गरेको मधेश भारतमा रहेको 'मध्य देश' बाट अपभ्रंस हुँदै बनेको हो र मध्य देश अहिले भारतमा मध्य प्रदेशको रुपमा छ । 'नेपालमा मध्य देश कहिल्यै थिएन, नेपालको मध्य देश खोज्ने हो भने त काठमाडौं र पोखरा पर्न आउँछ' लेखीले भने- 'हुँदै नभएको मधेश खोज्नेहरुको विरुद्ध हामी जीवन मरणको संघर्षमा उत्रनेछौं ।' उता एमाले र माओवादीले सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सहमति अनुसार अन्तरिम संविधानमा मधेश स्वायत्त प्रदेश उल्लेख गर्नुपर्ने बताउँदै एक मधेश एक प्रदेशको माग स्वीकार गर्न नसकिने बताएका छन् । मधेशवादी दलहरुले भने मेचीदेखि महाकालीसम्मको समथर भूभागलाई एक मधेश प्रदेश बनाइनुपर्ने माग गर्दै आएका थिए । मधेशी दलहरुसँग भएको शुक्रबार भएको वार्तापछि सन्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्- 'मधेशलाई स्वायत्तता दिने कुरामा हामी सहमत छौं तर पूर्व मेचीदेखि महाकालीसम्मको तराईलाई एक प्रदेश मान्न सकिन्न, त्यसले झन् ठूलो बिग्रह सिर्जना गर्छ ।' एमाले महासचिव झलनाथ खनालको भनाईपनि यस्तै थियो। मधेशवादी दल संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सँग सरकारले गत फागुन १६ गते गरेको संझौतामा स्वायत्त मधेश प्रदेश बनाइने कुरा उल्लेख भएपनि कहाँदेखि कहाँसम्मको भूभागलाई मधेश भन्ने कुरा उल्लेख छैन । यद्यपी सम्झौता अघि भएको आन्दोलनमा मधेशवादी दलरुले मेची देखि महाकालीसम्मको समथर भूभागलाई मधेश प्रदेश बनाइनुपर्ने माग राखेका थिए । थारु कल्याणकारी सभाका महासचिव लेखी भन्छन्- 'स्वायत्त मधेश प्रदेश भन्ने कुरा संविधानमा उल्लेख हुनासाथ उनीहरुले एक मधेश एक प्रदेशको कुरा फेरि उठाउन सक्छन्, त्यसैले कति भूभागलाई मधेश भन्ने कुरा तय गरेरमात्र उनीहरुको माग स्वीकार गरिनुपर्छ समग्र तराईलाई मधेश प्रदेश भनेर थारुहरुलाई जवर्जस्ती मधेशी घोषणा गर्न पाइन्न ।' -Vivek Baral in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||