Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

थारुहरुको आन्दोलनले हिङ्साको रुप लिदै, ३ को मृत्‍यु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौ, 6 Mar, 09- चितवनमा भएको प्रर्दशनको क्रममा तीन जनाको ज्यान गएको छ । पुर्वी चितवनको टाँडीमा थारु समुदायले गरेको वन्द खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागी दुई जनाको मृत्यू भएको छ ।

थारु समुदायलाई मधेशी अन्र्तगत सूचिकृत गरिएको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट चितवनको सौरहा चोकमा एक शसस्त्र प्रहरीको मृत्यु भएको छ ।

प्रदर्शनकारीको खुकुरी प्रहारबाट फागुन २३ गते गडीमाई गण भण्डारामा कार्यरत प्रहरी जवान कुमार बुढाथोकीको मृत्यु भएको हो । प्रदर्शनकारीले प्रहरी जवान बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । प्रदर्शनकारीको आक्रमणबाट सहायक हवल्दार प्रकाश केसी घाईते हुनुभएको छ ।

पुर्वी चितवनको टाँडीमा थारु समुदायले गरेको वन्द खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागी दुई जनाको मृत्यू भएको छ । प्रहरीको गोली लागि मृत्यु हुनेमा पुर्वी चितवनको बछौलीका कमल चौधरी र शक्तीखोर वडा ५ का विपीन खड्का छन् । चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मुत्यु भएको हो । खड्काको काठमाडांैमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जनाको अहिले पनि काठमाण्डौमा उपचार भैरहेको छ ।

गोली लागि घाइते भएका अन्यको भरतपुर अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहीबार राति प्रर्दशनको क्रममा प्रहरी र प्रर्दशनकारीवीच पुर्वी चितवनको रत्ननगरमा झडप भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन स्थानिय प्रशासनले विहान १० बजेदेखि रत्ननगर नगरपालिकाको टिकौलि देखि भण्डारा गाबिसको मरतरा पुलसम्म राजमार्गदेखि २ किलोमिटर क्षेत्र भित्र कफ्र्यु आदेश जारी गरेको छ । कर्फयुको अबज्ञा गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच अहिलेपनि ठाउँठाउँमा झडप भैरहेको छ । यसैबीच प्रदर्शनकारीहरुले गीतानगरमा पनि २ वटा कार एउटा मोटरसाइकल र एउटा ट्याम्पु फुटाएका छन् । अल्फाबेट नखुलेको ५५४३ नम्बरको बसमा चढेर आएका प्रदर्शनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै ग १ ज १७१८ नम्बरको निजी कार प्राइम कमसर्ियल बैंक भरतपुरका नम्वर नखुलेको कार ना १ प ६३२८ नम्बरको मोटरसाइकल र ना १ ह ७२१ नम्बरको ट्याम्पु तोडफोड गरेका हुन् ।

सरकारले वार्तामा आउन गरेको आह्वानलाई बेवास्ता गर्दै संयूक्त थारु मूक्ति मोर्चाले बन्द जारी राख्दा आमनागरिक प्रभावित भएका छन् । बन्दका क्रममा पूर्वदेखि पश्चिमसम्मका मुख्य राजमार्गका ठाउँठाउँमा सयौ गाडी अलपत्र परेका छन् भने हजारौ यात्रुको विचल्ली भएको छ । बन्दले सुदुरपश्चिम मध्यपश्चिम तथा पूर्वाचलका विभिन्न जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको हाम्रा सहकर्मीहरुले जनाएका छन्।

दाङको भालुवाङमा सयौं गाडीका २ हजार भन्दा बढी यात्रु ६ दिनदेखि अलपत्र परेका छन् । अलपत्र परेका यात्रुहरुले इलाका प्रहरी कार्यालय भालुवाङ र शसस्त्र वेस क्याम्पमा धर्ना दिइरहेका छन् । यात्रुहरुले सुरक्षासहित गन्तव्यमा पुर् याउन माग गर्दै भालुवाङको प्रहरी चौकी अगाडी नारावाजी समेत गरेका छन् ।
उनीहरुले सबै पसल बन्द भएकाले खान समेत नपाएको बताएका छन् । बाटोमै अलपत्र परेका यात्रुहरुले देउखुरिको मौरिघाटमा सडकमा टायर बालेर बन्दको बिरोध गरेका छन् । उनीहरुले बिहान केहि बेर साचारकर्मि र विवाहका गाडिलाई समेत रोकेका थिए ।
 
बन्द आह्वानकर्ताले भने आफूहरुको माग पुरा नहुदा सम्म गाडि चल्न नदिने बताएका छन् । थरुहटका कार्यकर्ताले दाङको नारायणपुरमा ८ वटा मोटरसाइकल र एउटा जिप आफ्नो नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिइएका मोटरसाइकल र जिपलाई इलाका प्रहरी कार्यालय नारायणपुरको परिसरमा राखिएको थरुहटका कार्यकर्ता दिपक चौधरीले जानकारी दिनुभयो ।

बन्दले गर्दा नयाँ संविधानका लागि सुझाव संकलन गर्न दाङ पुगेको सभासदको टोलीले पश्चिम दाङमा पुगेर आफ्ना काम गर्न पाएको छैन ।

बन्द आह्वानकर्ताले बिहानैदेखि परासीबजारमा प्रदर्शन गरेका छन् । उनीहरुले नवलपरासीको बासामा बन्दको अबज्ञा गरेको भन्दै ना २ ख ९१५५ ना३ ख १०१२ ना।२ ख ७५७२ र भारतीय युपी ५८८१ नम्बरको ट्रकमा तोडफोड गरेका हुन् ।

बन्दको अबज्ञा गर्दै गाडी चलाएको भन्दै थरुहट संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले नेपालगाज-सुर्खेत सडकखण्डमा पर्ने बाँकेको नौबस्ता- ८ बनियाभारमा आज बिहान भे १ च ६३५ नम्बरको जीपमा तोडफोड गरेका छन् । यसअघि नौबस्तामै बन्दकर्ताले नेपालगंजबाट सुर्खेत जाँदै गरेकी सभासद् प्रतिभा राणा चढेको गाडीलाई रोकेका थिए ।

थारुकल्याणकारीणि सभाले गएराति प्रहरीको गोली लागी चितवनको सौराहा चोकमा मृत्यु भएका कमल चौधरीलाई शदि घोषणा गर्न माग गरेको छ । आज थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी चौधरीलाई शहीद घोषणा गरी उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरेको छ ।

-Santa Bagam in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®