|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
थारु आदिबासीको लोकप्रिय सखिया तथा छोक्रा नाँच प्रतियोगिता |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Sakhiya and Chhokra Tharu dance. Photos: Geban सुर्खेत, October 16, 2008-पश्चिम नेपालको सुर्खेत जिल्लाको सदरमुकाम बिरेन्द्र नगरमा थारु आदिबासी जनजातिको लोकप्रिय सखिया तथा छोक्रा नाँच प्रतियोगिता सम्पन्न भएको छ । 'सुर्खेती थारु यूवनके अभियान हमार संस्कृति हमार पहिचान एकतावद्ध होख जोगाई पूर्खावनके सैडान' भन्ने मूल नाराका साथ विजय दशमीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा थारु समुदायका १० वटा समुहको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटन गर्दै थारु मुक्ति मोर्चाका केन्दिय अध्यक्ष तथा सभासद रामचरण चौधरीले आफ्नो कला र संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम अति नै महत्वपूर्ण हुने बताउनु भएको छ । उहाले आफ्नो संस्कृति बाचइ राख्न थारु समुदाय आफै सकृय भएर लाग्नु पर्नेमासमेत जोड दिनुभएको छ । अर्का सभासद सन्तबहादुर चौधरीले आफ्नो परम्परागत संस्कृतिको जर्गेना गर्न सकेमात्र आफ्नो पहिचान कायम गर्न सकिने विचार व्यक्त गर्नु भयो । |
|
|
Photos: Geban विशेष गरेर थारु समुदायमा दशैको टिका टाला गरि छोक्रा नाच नाच्ने चलन रहेकोले यस वर्षदेखि पहिलो पटक यस्तो कार्यक्रम राखेको जनाएका छन् । छोक्रा प्रतियोगितामा जागरण युवा क्लब तातापानी प्रथम, गणेशजल खेलखुद तथा सांस्कृतिक मन्च पातलगंगा द्धितिय, पहुरा सांस्कृतिक समुह नयाँ गाउँ तीलपुर तृतिय र संघारी यूवा क्लब तीलपुरले सान्त्वना पुरुस्कार जितेका छन् । यसै गरि सखिया नाचमा संघारी युवा क्लब प्रथम, गणेशजल खेलखुद तथा सांस्कृतिक मन्च पातलगंगा द्धितिय, पहुरा सांस्कृतिक समुह नयाँ गाउँ तीलपुर तृतिय र नवजागरण क्लब ठौरीले सान्त्वना पुरुस्कार जितेका छन् । कार्यक्रममा ने क पा माओवादी सुर्खेतका नेता ऋषि गौतम, नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी, मानवीर चौधरी, बादुलाल चौधरी, बेचुलाल चौधरी लगायतले कला, संस्कृति, भाषाका लागि अवको संविधानमा नै उल्लेख गर्नुपर्ने बताउनु भएको छ । मुना बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा पहुरा सांस्कृतिक समुह नयाँ गाउँले आयोजना गरेको प्रतियोगिता दाङ्ग, बर्दिया लगायतका जिल्लाहरुबाट पनि विभिन्न झाँकी नाचहरु प्रदशर्न गरिएको थियो। -Geban Mijhar in Surkhet |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||