Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




























































News from Nepal: नेपाली खबरहरु

भोट खसाल्न अब बीसै दिन बाँकी
तर मधेसमा आतंक दुगुना बढ्‍दो छ, समाधान छ कि?

संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,
March 21, 2008-
चुनाव मुखैमा तराईमा हिंसाको क्रम बढ्दो छ । सरकारले तराइमा सुरक्षा ब्यबस्था दरो बनाएको दाबी गरे पनि राजमो का बाँके क्षेत्र नं २ का उम्मेदवार कमलप्रसाद अधिकारी आक्रमणबाट मर्ने पहिलो उमेद्वार बने। कस्तो छ सरकारी सुरक्षा योजना तराइमा? हाम्रो बिश्लेषण पढ्नुहोस्

निर्वाचन निर्वाध रुपले सम्पन्न गर्न सरकारले पूर्वी तराईका जिल्लामा भारीमात्रामा सुरक्षा व्यवस्था गरेको छ । सशस्त्र समूहका गतिविधि पूर्वी तराइमा नै बढि देखिएकाले सरकारले त्यही क्षेत्रको सुरक्षामा बढि ध्यान दिनु आवस्यकै थियो । तर मंगलबार कसैलेपनि नसोचेको घटना पश्चिम तराईमा भयो । राष्ट्रिय जनमोर्चा राजमो का बाँके क्षेत्र नं २ का उम्मेदवार कमलप्रसाद अधिकारीमाथि मंगलबार चैत्र ५ राति ११ बजे आक्रमण भयो । उपचारका क्रममा भोलिपल्ट विहान उनको मृत्यु भयो ।

आक्रमणबाट उम्मेदवारकै मृत्यु भएको यो पहिलो घटना हो तर आक्रमण भएको यो पहिलो घटना भने होइन । उम्मेदवारी दर्ता गरेलगत्तै फागुन तेश्रो हप्ता पश्चिम तराईमा पर्ने कपिलबस्तु- ४ का माओवादी उम्मेदवार एबं विधायक इलियास मुसलमान झण्डै मारिएनन् । बताइए अनुसार इलियासमाथि जनतान्त्रिकको गोइत समूहले आक्रमण गरेको थियो । राजमो उम्मेदवार अधिकारीको हत्याको जिम्मेवारी ज्वाला समूहले लिइसकेको छ ।

पूर्वी तराईमापनि उम्मेदवारमाथि आक्रमणका घटना बढ्न थालेका छन् । बुधबार दिउसो सप्तरी- २ मा नेकपा संयुक्त माक्स्रवादी का उम्मेदवार अशोक यादव सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका छन् । झापा- १ मा समाजवादी प्रजातान्त्रिक पार्टीका उम्मेदवार हरि लामा तामाङ्गमाथि भएको सांघातिक हमलामा मारिनबाट बचेका त छन् । तर भोट माग्न जनताबीच जानुपर्ने बेला उपचारकालागि उनी भारतको सिलगुडी जानुपरेको छ ।

माओवादीबाटपनि तराइमा विपक्षी पार्टीका उम्मेदवारमाथि छिटपुटरुपमा आक्रमणका घटना भएका छन् । बुधवार सिरहा- ५ का एमाले उम्मेदवार धर्मनाथ शाहमाथि आक्रमण भएको आरोप एमालेले लगाएको छ । माओवादीले आफ्नो भोट बैंकहरुमा अन्य दललाई प्रवेश गर्न नदिने नीति बनाएर अन्य उम्मेदवारलाई आफ्नो क्षेत्रमा निशेध गरेकोमात्र देखिएको छ । तर सशस्त्र समूहहरुले भने हत्याकै नीति बनाएर चुनौति थपिदिएका छन् ।

बढ्दैछ असुरक्षा
प्रमुख खतरा हिंसारत मधेशी सशस्त्र संघर्षरत समूहबाटै देखिएको छ जसले उम्मेदवारमाथि आक्रमण र हत्याको सिलसिला नै सुरु गरेका छन् । कपिलबस्तु बाँके र सप्तरीका घटना यसैका पूर्वसंकेत हुन् । पछिल्लो समय उनीहरुले घोषित रुपमै निर्वाचन प्रतिकारको घोषणा गरेका छन् । निर्वाचन भाँड्ने सवालमा तराईका सशस्त्र समूहहरुबीच घोषित रुपमै कार्यगत एकता भएको देखिएको छ ।

जनतान्त्रिक ज्वाला समूह का अध्यक्ष ज्वाला िसंहले यसअघि नै निर्वाचनलाई असफल पार्ने बताइसकेका छन् । मंगलवार चैत्र ५ मात्रै ४ वटा समूहले निर्वाचन भाँड्ने उद्घोषका साथ कार्यक्रमसमेत सार्वजनिक गरे । मधेश मुक्ति टाइगस्रका संयोजक राजन संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाका पवन र राजन मुक्ति समूहका अध्यक्ष राजन मुक्ति र तराई कोबराका अध्यक्ष नागराजले उम्मेदवार हत्याको धम्कीसमेत दिएका छन् ।

निर्वाचन भाँड्न उनीहरुले सार्वजनिक गरेको बक्तव्यमा चैत्रको दोश्रो हप्तादेखि उम्मेदवार, प्रचारक तथा निर्वाचनमा खटिने भौतिक कार्वाही गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । चैत्र ६ गतेदेखि तराईका जिल्ला सदरमुकामलगायतका स्थानमा बम विस्फोट गर्ने कार्यक्रम राखेपनि उनीहरु यसमा असफलजस्तो देखिएका छन् । सुनसरी र मोरङ्गमा क्षति नहुने गरी विस्फोट हुनेबाहेक अन्य केही भएको छैन । तर यसैमा रमाएर बस्ने हो भने उनीहरुले अकल्पनीय घटना घटाउनेछन् ।

मधेश आन्दोलनमाथि गद्दारी गरी सम्झौता र निर्वाचनमा भाग लिएको भन्दै चैत्र २१ गते उपेन्द्र यादव महन्थ ठाकुर र राजेन्द्र महतोको पुत्ला दहन गर्ने कार्यक्रम राखेका उपरोक्त सशस्त्र समूहहरुले चैत्र २५ देखि २८ सम्म आम हडतालको कार्यक्रमपनि राखेका छन् । आफ्नो माग पुरा गराउन सरकारसँग माग र वार्ताको प्रस्ताव राखिएकोमा सरकारले वेवास्ता गरेको आरोप लगाउँदै उनीहरुद्धारा निर्वाचन विथोल्ने कार्यक्रम सार्वजनिक भएको छ ।

सार्वजनिकमध्ये सबैभन्दा उम्मेदवार प्रचारक र निर्वाचनमा खटिएका कर्मचारीको हत्या गर्ने कार्यक्रम सबैभन्दा डरलाग्दो देखिएको छ । उनीहरुले चैत्र १२ देखि यो कार्यक्रमको घोषणा गरेका छन् । उनीहरुको तारो खासगरी राजनीतिक दलका उम्मेदवारहरु नै हुने स्पष्ट छ किनभने राजनीतिक दलका उम्मेदवारको हत्या गरेमा निर्वाचन स्थगित वा पर सार्ने सम्भावना हुन्छ । १२ गते उता कुनै क्षेत्रमा कुनै राजनीतिक दलको उम्मेदवारको हत्या भएमा त्यस क्षेत्रमा निर्धारित मिति अर्थात् चैत्र २८ गते नै निर्वाचन हुने स्थिति रहन्न ।

सुरक्षा व्यवस्था
मधेशका सशस्त्र समूहहरु अहिलेपनि 'हिट एण्ड रन' कै छापामार शैलीमा छन् । मतदानका दिन उनीहरुले बुथमै आएर निर्वाचन भाँड्न सक्ने स्थिति अहिलेपनि देखिन्न । यस दृष्टिले हेर्दा मतदानपूर्वकालागि सरकारले तैयार गरेको सुरक्षा रणनीति यतिबेला थोरै अबैज्ञानिक र केही अपुग देखिएको छ । सशस्त्र समूहहरु उम्मेदवारको हत्या गरेर निर्वाचन बिथोल्ने योजनामा छन् भन्ने कुरामा सरकारले ध्यान दिएको देखिएको छैन ।

सरकारले मतदान केन्द्रको सुरक्षामामात्र आफ्नो ध्यान बढि केन्द्रित गरेको छ । सरकारले सार्वजनिक गरेको सुरक्षा व्यवस्था अनुसार एक मतदान केन्द्र भएको चुनाव बुथमा न्यूनतम तीन जनपद र तीन जनपद प्रहरीसहित न्यूनतम ६ प्रहरी दुई मतदान केन्द्र भएको बुथमा ८ प्रहरी र तीन मतदान केन्द्र भएको बुथमा १० प्रहरी खटाइने छ ।

प्रत्येक बुथमा प्रहरीलाई कम्तिमा २ थान थ्रीनथ्री राईफल उपलब्ध गराउने सरकारको योजना छ । निर्वाचन केन्द्रभित्र रहने प्रहरीका अलवा मतदान केन्द्र बाहिर सशस्त्र प्रहरीको घेराले सुरक्षा दिने योजना पनि सरकारले बनाएको छ । यसैगरी सशस्त्र प्रहरीकै मोवाइल टिमले मतदान केन्द्रंहरुको सुरक्षा व्यवस्थासम्बन्धमा पूरै समय निगरानी गर्ने भनिएको छ । सरकारको ध्यान बुथ लुटिन नदिनेतर्फ केन्द्रित रहेको यसबाट देखिन्छ ।

तर केही दिन यताका घटनाहरुले मतदान केन्द्रभन्दा उम्मेदवारको सुरक्षा नै प्रमुख चुनौतिको रुपमा देखिएको छ । तर उम्मेदवारको सुरक्षासम्बन्धी व्यवस्था भने आवस्यकता अनुसारको देखिएको छैन । असुरक्षा महसुस गरेका उम्मेदवारले माग गरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनीहरुलाई सानो हतियारसहित एक जना प्रहरी दिने व्यवस्था गरिएको गृह श्रोतले यूएस नेपाल अनलाइन डटकम लाई बतायो ।

श्रोतका अनुसार गृह मन्त्रालयले सुरक्षा माग गर्ने उम्मेदवारलाई आवस्यकता हेरी ३ जनासम्म सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो । यससम्बन्धी सर्कूलर सबैजसो जिल्ला प्रशासन कार्यालयमापनि भैसकेको थियो । तर अधिकांस जिल्लामा सुरक्षाकर्मी अभावका कारण प्रतिउम्मेदवार एकजना सुरक्षाकर्मीमात्र दिनसक्ने स्थितिमा जिल्ला प्रशासन कार्यालयहरु छन् ।

सुरक्षा विश्लेषणको अभाव
सुरक्षाकर्मीको अभाव त छँदैछ कुन उम्मेदवारमाथि कति सुरक्षा खतरा छ भन्ने सूचना पनि प्रहरी प्रशासनसँग छैन । पर्याप्त सूचना नभए कुन उम्मेदवारलाई कति खतरा छ भन्नेबारे विश्लेषण गरिनुपर्ने हो तर यस्तो सम्बेदनशील काम गृहमन्त्रालय र अन्तर्गतका प्रशासन कार्यालयहरुले गर्न सकेका छैनन् । नेपालगाजमा राजमोका उम्मेदवार अधिकारीको हत्या सशस्त्र समूहले सहजै गर्नसक्नुको प्रमुख कारण गृह प्रशासनले सुरक्षा विश्लेषण गर्न नसक्नुपनि थियो ।

तराईमा सशस्त्र समूहहरुको सैन्य शक्तिलाई हेर्दा के देखिन्छ भने उनीहरु ठूलो समूहमाथि आक्रमण गर्ने ल्याकत राख्दैनन् । तर नेका एमाले र माओवादीजस्ता पार्टीका उम्मेदवारहरु चुनावका बेला ठूलो समूहमा िहंड्छन रातपनि यस्तै समूहमा बिताउँछन् । किनभने उनीहरुको समर्थक पंक्ति ठूलो छ । आपसी भिडन्तपनि यिनै ठूला पार्टीहरुबीच हुने भएकाले उनीहरुले आफ्नो युवापंक्तिबाटै सुरक्षा व्यवस्थापनि गरिसकेका छन् ।

कांग्रेस माओवादी र एमालेजस्तासमूहमा िहंड्ने पार्टीका उम्मेदवारमाथि आक्रमण हुने सम्भावना कम देखिन्छ । यसको मतलव उनीहरुको सुरक्षामा ध्यान दिनु हुँदैन भन्ने होइन । तर उनीहरुलाई तराईका सशस्त्र समूहहरुले आक्रमण गर्नसक्ने सम्भावना न्यून छ । सुरक्षा खतरा त पार्टीका उम्मेदवारमाथि देखिन्छ जसको ठूलो कार्यकर्तापंक्ति छैन र यसका अभावमा उनीहरु पार्टीगत संयन्त्रबाट आफ्नो सुरक्षा व्यवस्था गर्न असमर्थ छन् ।

त्यसैले पार्टी संयन्त्रबाट सुरक्षा व्यवस्था गर्न नसक्ने पार्टीका उम्मेदवारहरुको सुरक्षा सम्बन्धी विशेष नीति तत्काल बनाउन जरुरी देखिन्छ । यसैगरी ठूला पार्टीका उम्मेदवारको सुरक्षामापनि विशेष सतर्कता अपनाउनु जरुरी छ । सशस्त्र समूहहरुले ठूला पार्टीका कार्यकर्ता पंक्तिमै घुषपैठ गराएर ती पार्टीका उम्मेदवारको हत्या गर्नसक्छन् । यसतर्फ न गृह प्रशासनले न त सम्बन्धित उम्मेदवारहरुले अहिलेसम्म ध्यान दिएको देखिएको छ ।

निर्वाचन असफल पार्ने घोषणा गरेका जनतान्त्रिकका तीनवटै समूह मधेशी टाइगस्र तराई कोब्राको सकृयता पूर्वी तराईमा देखिन्छ । सरकारलेपनि सुरक्षा योजना पूर्वी तराईलाई नै 'फोकस' गरेर बनाएको देखिन्छ । सरकारको यस्तो नीति सार्वजनिक हुनासाथ सशस्त्र समूहहरुले आफ्नो गतिविधिलाई पश्चिम तराईतर्फ 'सिफ्‍ट' गरेका छन् । उनीहरुका पछिल्ला गतिविधिले यही बताउँछ ।

सरकार भने यसबाट अनविज्ञजस्तो देखिएको छ । सरकारले के बुझ्नु जरुरी छ भने संविधान सभा निर्वाचन तराईका सशस्त्र समूहहरुकालागि जीवनमरणको चुनौति हो त्यसैले उनीहरुले कुनैपनि हातलतमा निर्वाचन भाँड्ने प्रयत्न गर्नेछन् । किनकी निर्वाचन सम्पन्न भएमा देशमा हुने शान्ति र सुव्यवस्थाले उनीहरुलाई मधेशमा कमजोर बनाउँछ । त्यसैले सरकारले पूर्वी तराईमा जस्तै पश्चिम तराईको सुरक्षा व्यवस्थापनि मजबुत पार्नु जरुरी छ ।

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®