Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल












































News from Nepal: नेपाली खबरहरु

के के हुन्‌ तराइका ६ बुँदे मागहरु?
सरकार र मधेसी दलहरु बिच बार्ता अन्तिम चरणमा
काठमाडौं, February 28, 2008-तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संलोममो बीचको वार्ताको सकरात्मक परिणाम आज फागुन १६ बेलुकीसम्म आइपुग्ने अपेक्षा गरिएको छ । अहिले दुवै पक्षँ वार्तामा बसेका छन् । अन्य मागमा सहमति भएपनि मोर्चाले राखेको नेपाली सेनामा मधेशी परिचान सहित समूहगत प्रवेशको मागमा सहमति जुट्नसकेको छैन।

राजेन्द्र महतोले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी नेसपा महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा र उपेन्द्र यादवले नेतृत्व गरेको मधेश जनअधिकार फोरम मजअफो मिलेर माघ तेश्रो हप्ता ुसंलोममोु गठन भएको थियो । मोर्चाको गठन संगै उनीहरुले सरकारसँग ६ सूत्रीय माग राखी आन्दोलन सुरु गरेका थिए । तीनै पार्टीका प्रमुखहरुले संयुक्त रुपमा हस्ताक्षर गरी राखेका मागहरु निम्न थिए ः

१। ऐतिहासिक मधेशी जनविद्रोहको क्रममा शहादत प्राप्त गर्नुभएका ४५ जना मधेशी सपुतलाई ससम्मान शहीद घोषणा गरियोस् । आन्दोलनका दौरान घाइते अपाङ्गहरुको सम्पूर्ण उपचारको व्यवस्था उपचारमा गरिएको सबै खर्चको उचित क्षँतिपूर्ति एवं जीवन निर्वाहको व्यवस्था गरियोस् ।
२। जनताको आत्मनिर्णयको अधिकार र स्वायत्त प्रदेशसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत स्वायत्त तराई अर्थात् मधेश प्रदेशको स्थापना गरिनुपर्छ सो को प्रत्याभूति वर्तमान अन्तरिम संविधानमा नै गरिनुपर्छ ।
३। संविधान सभा प्रयोजनकालागि समानुपातिक निर्वाचनका निम्ति वर्तमान संविधान सभा ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिसत भन्ने बाक्यांस ५० प्रतिसत हुनेगरी संसोधन गरिनुपर्छ ।
४। राज्यको प्रत्येक निकाय अंग र तहमा मधेशसहित आदिवासी जनजाति दलित अल्पसंख्यक समुदाय र महिलाहरुको समानुपातिक प्रतिनिधित्व अविलम्ब गराइनुपर्दछ ।
५। देशको सैनिक संरचनामा मधेशी समुदायलाई सहभागिताबाट बिाचत गराइएकाले सेनाको बनोट एकांकी छ । त्यसैले जनसंख्याको अनुपातमा तत्कालै मधेशीहरुको पहिचानसहित सेनामा समूहगत प्रवेश गराइनुपर्छ ।
६। राजनीतिक अधिकार प्राप्तिकालागि संघर्षरत मधेशी सशस्त्र संगठनहरुलाई मूलधारमा ल्याउन अबिलम्ब राज्यको पहलमा सार्थक निकास खोजिनुपर्छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई क्षेत्रलाई एक मधेश एक प्रदेशको रुपमा व्याख्या गर्नुपर्ने मागमा सरकार सहमत नभएपछि तत्कालका लागि मोर्चाले यो माग छाडेको छ । तर सेनामा मधेशीको समूहगत प्रवेशको मागप्रति सरकारले सहमति जनाएको छैन । आन्दोलनरत मधेशीले समूहले राखेको ुसमूहगत प्रवेशु को मागको अर्थ तराईमा सशस्त्र रुपले संघर्षरत समूहले बनाएको सैनिक जत्थालाई नेपाली सेनामा समावेस गराउने भन्ने हुनसक्छ ।

ुराजनीतिक माग राखेपनि तराईका सशस्त्र समूहहरुमा आपराधिक कृयाकलापमा संलग्न र भारतीय नागरिकहरुको संलग्नता देखिन्छु सरकारी वातर्ँ टोलीका सदस्य एवं स्थानीय विकासमन्त्री देव गुरुङ्ग भन्छन्- ुमोर्चाले समूहगत प्रवेशको मागको अर्थ खुलाएको छैन । तर यसको अर्थ ती सशस्त्र संगठनका सैनिक जत्थालाईपनि प्रवेश गराउनु हुनसक्छ । यो मागमा सरकार सहमत हुन सक्दैन ।ु उता ुसमूहगत प्रवेशु को अर्थ के हो भन्ने कुरा आन्दोलनरत मधेशी नेताहरुलेपनि खुलाउन सकेका छैनन् ।

समूहगत प्रवेशको मागबाहेक अन्य मागमा सरकार र आन्दोलनरत पक्षँबीच सोमवार नै सहमति भैसकेको थियो । तर मोचर्ँको एक घटक मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अकस्मात चुनावी कार्यक्रम कम्तिमा एक महिना पर सार्नुपर्ने बताएपछि सोमबारको वार्ता भंग भएको थियो । त्यसपछि फेरि बुधबार वार्ता सुरु त भयो तर मधेशी नेताहरु आÏनो मागमा अडिग छन् । त्यसैले कुरा मिल्नसकेको छैन । यद्यपी मोर्चाको एक घटक नेसपाका नेता अनिल झा आज बेलुकीसम्ममा समूहगत प्रवेशका बारेमापनि कुरा मिलिसक्ने बताउँछन् ।
जानकारी अनुसार सरकार र आन्दोलनरत मधेशी पक्षँकाबीच ७ वटा विषयमा सहमति भैसकेको छ । तर सहमतिका ती बुँदाहरु सेनासम्बन्धी विषयमा सहमति जुटिसकेपछिमात्र औपचारिक रुपमा सार्वजनिक हुनेछन् । अन्तिम सहमति भैसकेपछि संभवत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रका नाममा सम्बोधन गरी त्यसका बारेमा जानकारी दिनेछन् भने आन्दोलनरत पक्षँलाई संविधान सभाको चुनावमा भाग लिनकालागिपनि आव्हान गर्नेछन् । सरकारी पक्षले दिएको जानकारी अनुसार सहमति भएका बुँदाहरु निम्न छन् ः
नेपाल सरकार र संयुक्त मधेसी मोर्चाबीच निर्नानुसारको सहमति भएको छ । यस सहमतिलाई संवैधानिक कानुनी र राजनीतिक तवरबाट कायर्ँन्वयन गराउने जिम्मेवारी नेपाल सरकारको हुनेछ ः
१ मधेसको शान्तिपूर्ण आन्दोलनका क्रममा मारिएकाहररुलाई शहीद घोषणा गर्न हालसम्म राहत नपाएका अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउनेछ । यसैक्रममा जारी आन्दोलनमा घाइते भएकाको उपचारसम्बन्धी खर्च व्यवस्था मारिएकालाईशहीद घोषणा गरी आश्रित परिवारलाई रु। दश लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।
२ मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना साथै अन्य क्षँेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशकाबीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु प्रादेशिक सूचि अनुसार पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता एकता र अखण्डतालाई अक्ष्ाण राख्दै केन्द्र र प्रदेशका सूचिहरुको पूर्ण विवरण र अधिकारको बाँडफुड संविधानसभाबाट निर्धारण गरिनेछ ।
३। ंविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशतको वर्तान कानुनी व्यवस्थालाई ३० प्रतिशतमा बृद्धि गरिनेछ ।
४। सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी आदिवासी जनजाति महिला दलित पिछडिएको क्षेत्र अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्व गर्नेगरी सरकारले आगामी नियुक्ति र बढुवाहरु गर्नेछ ।
५। नेपाली सेनालाई राष्ट्रिय र समावेसी बनाउन मधेसीलगायत अन्य समुदायको प्रवेशलाइ सुनिश्चित गरिनेछ ।
६। यो सहमतिसँगै नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी राष्ट्रिय मोर्चा तराईमा आन्दोलनरत्त सबै समूहहरुलाई वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसका साथै आगामी चैत्र २८ गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण िहंसामुक्त निश्पक्ष स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्द्रर्छाै । यसको लागि तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चालिने छ ।
७। सरकार र मधेसी जनअधिकार फोरमबीच भएको २२ बुँदे पूर्वसम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्न तथा बाँकी सम्झौताका बुँदाहरु अविलम्ब कार्यान्वयन गरिनेछ ।
८। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल फिर्ता लिइएको छ ।
यदि सेना सम्बन्धी विवादको छिनोफानो भई सरकार र आन्दोलनरत पक्षँबीच सहमति जुटेमा संविधान सभा निर्वाचनकालागि उम्मेदवारहरुको मनोनयन दर्ता कार्यक्रमको अवधि थप्न सरकारले निर्वाचन आयोगलाई अनुरोध गर्नेछ । बताइए अनुसार यसकालागि निर्वाचन आयोगपनि सहमत देखिएको छ ।
सरकार र मधेशी मोचर्ँबीचको वार्तालाई भाँड्ने तत्वहरुपनि उत्तिकै सकृय देखिएका छन् । आन्दोलनरत तीनवटै पक्षँमा राजावादीहरुको घुषपैठ बढेको र उनीहरु आन्दोलनरत पक्षलाई प्रयोग गरी निर्वाचन हुन नदिने योजनामा लागेको आशंका सरकारको छ । सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीबाट राजिनामा गरी फोरम प्रवेश गरेकी रेणु यादव शाहीकालीन मन्त्री बद्रीप्रसाद मण्डल निकट मानिने सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण आदि ुमधेशीु नेताहरुका कारण सरकार र मोर्चाबीचको वार्ता लम्बिएको सरकारी दावी छ ।

यसैगरी आन्दोलरत मोर्चाका घटकहरुबीचमा पनि आपसी प्रतिस्पर्धा छ जसकाकारण मोर्चाको एक घटक सहमत भएमा अर्काे घटकले सहमतिकालागि तैयार नहुने गरेको छ । सोमबार सबैजसो कुरामा सहमति जुटेपनि फोरमले सहमति नजनाउँदा वार्ता भंग भएको थियो । दुभावना र तमलोपा वार्ताको पक्षँमा हुँदाहुँदै फोरमका नेताहरु वार्ता छाडेर वीरगाजतर्फ लागेका थिए ।

वार्ताकालागि फोरमका अध्यक्षँ उपेन्द्र यादवलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट आइतवार राति नौ बजे सिमराबाट काठमाडौं ल्याइएको थियो । तर उनी केही काम छ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर एकहप्ता सम्पर्कविहीन बनेका थिए । बताइए अनुसार वार्तामा सहमति भई संविधान सभाको चुनाव हुने परिस्थिति बनेमा चुनावी परिणाम फोरमको सट्टा तराई मधेश लोकतान्त्रि पार्टी र सद्भावना पार्टीको पक्षँमा जाने भय फोरमका नेताहरुमा भएकाले उनीहरु वार्ताद्धारा समस्या समाधान खोज्नेभन्दा पनि एकपछि अर्काे गर्दै मागहरु थपेर वार्तालाई जटिल बनाउने अभियानमा लागेको आशंका अन्य पक्षले गरेका छन् ।
-Vivek Baral in Kathamandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®