Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एक मधेश एक प्रदेश बिरुद्ध तराईका आदिवासी जनजातिहरुको संघर्ष जारी

काठमाडौं,  July 27, 2008- तराईका आदिवासी जनजाति संघसंस्थाहरुको संयुक्त संघर्ष समितिले तराईमा भइरहेको मधेशीकरण तथा अदिवासीहरुको हक अधिकार प्राप्तिका लागि शनिबार राजधानी सहित देशब्यापी प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा आदिवासीहरुले तराईका विभिन्न जिल्लाहरुमा आधा घण्टा चक्का जाम कार्यक्रम पनि गरेका थिए ।

तराईका आदिवासीहरुले शनिवारपनि संविधान सभा भवन घेराउ गरेका छन् । संविधान सभा भवन अगाडि प्रदर्शन गर्दै उनीहरुले आधा घण्टा चक्काजामपनि गरेका थिए । कार्यक्रममा तराईका आदिवासी संघसंस्थाका नेताहरुले एक मधेश प्रदेशका नाममा तराईका आदिवासीहरुमाथि पुन एकात्मक शासन लाद्ने षडयन्त्र भइरहेको बताएका थिए ।

थारु कल्याणकारिणी सभाका उपाध्यक्ष ठाकुर सिंह थारुले एक मधेश एक प्रदेशका नाममा तराईका अदिवासी भूमिपुत्रहरुलाई एकात्मक शासन लाद्ने प्रयाश भइरहेको बताए । सभाका महामन्त्री राजकुमार लेखीले एक मधेश एक प्रदेश भन्ने गुलियो विषका बारेमा तराईका आदिवासीहरुले बेलैमा बुझेनन् भने नेपालमा उनीहरुले कहिल्यै आफ्नो अधिकार पाउन सक्दैनन् भने ।

कोच स्वायत्त अधिकार मन्चका ढुना राजवंशीले मधेशी समुदायका ठालु नेताहरुले आदिवासी सबैलाई मधेशीमा परिणत गरेर आदिवासीहरुको हक अधिकार एकलौटी पार्ने दाउ गरेकोमा सचेत हुनुपर्नेमा जोड दिइन् । अर्का आदिवासी नेता फलेन्द्र राजवंशीले आदिवासी जनजातिलाई मधेशी प्रमाणित गर्ने कसरतमा पहाडी तथा मधेशी ब्राम्हणवादी नेताहरु दिलोज्यानले लागेको आरोप लगाए ।

थारु महिला नेतृ सरस्वती चौधरीले तराईका आदिवासीको अधिकार खोसेर मधेशी समुदायलाई सुम्पने काममा पहाडी नेताहरु लागिपरेको आरोप लगाएकी थिइन् ।
आदिवासीहरुले शनिबार तराईका विभिन्न शहर बजार तथा राजमार्गमा गरेको आधा घण्टा चक्का जाम गरेका थिए ।

-Sitaram Baral in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®