Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
तराईका आदिवासी सभासद्हरुद्वारा एक मधेश एक
प्रदेशको विरोध
काठमाडौं, July 16, 2008-
तराईका आदिवासी जनजाति सभासद्हरुले एक मधेश एक प्रदेशको विरोध
गरेका छन् । एक मधेश एक प्रदेशको विरुद्धमा गत हप्ता गठन गरिएको संयुक्त
संघर्ष समितिले मंगलबार तराईका आदिवासी जनजाति तथा विभिन्न अल्पसंख्यक
समुदायका सभासदहरुसँग आन्दोलनका बारेमा अन्तरसंवाद कार्यक्रममा उनीहरुले
आफूहरु मधेशी नभएको बताउँदै एक मधेश एक प्रदेशको विरोध गरेका हुन् ।
कार्यक्रममा २२ जना सभासदहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै माओवादी सभासद चन्द्रलाल मेचेले तराईका आदिवासीहरुको हक
हितका लागि सडक र सदन दुव ठाउँमा आवाज र आन्दोलन चर्काउनुपर्ने बताए ।
कांग्रेसका सभासद अमृतलाल राजवंशीले एक मधेश प्रदेश आदिवासीहरुका लागि
अमान्य हुने बताउँदै संघर्ष जरुरी रहेको बताए । कांग्रेसका सभासदहरु
बोधनारायण सरदार, भुटनीदेवी खवास र कविता सरदारलेपनि एक मधेश एक प्रदेश
अमान्य भन्दै तराईका आदिवासीहरुले आफूहरुले आफ्नै पहिचानका अधिकार तथा
बाँच्न पाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एमालेका मानिसंह राजवंशी, नारदमुनी राना, लालमणि चौधरी, शान्ता
चौधरी, महेश चौधरी लगायतका सभासदहरुले तराईका आदिवासी जनजाति तथा
अल्पसंख्यकहरुले आफ्नो हक, अधिकार एक मधेश प्रदेशका नाममा छाड्न नसकिने
बताएका थिए । उता तराईका आदिवासी जनजातिहरुको संयुक्त संघर्ष समितिको
मगलबार बसेको बैठकले साउन ११ गते राजधानीको नयाँ बानेश्वरमा विरोध प्रदर्शन
गर्ने भएको छ।
-Vivek Baral in Kathmandu
|
|