|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तराई मुक्ति मोर्चा र सरकारवीच पाँच बुँदे सहमती जनकपुर, December 27, 2008- मधेसमा सशस्त्र आन्दोलन गरीरहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा र सरकारवीच पाँच बुँदे सहमती भएको छ । जनकपुरको राष्ट्र बैंकमा पुस ११ गते भएको वार्तापछि यस्तो सहमती भएको पत्रकार अजित तिवारीले युएसनेपाल अनलाईनलाई जानकारी दिएका छन् । दुई पक्षले सहमतिले अर्को वार्ताको बाटो खुलाएको बताएका छन् । दुई पक्षवीच वार्ता टोलीका सदस्यहरुको सुरक्षाको जिम्मेवारी वार्ता अवधिसम्मका लागि नेपाल सरकारले गर्ने, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफ्ना सशस्त्र एवं उत्तेजक कारवाहीहरु स्थगित गर्ने तथा नेपाल सरकारले पनि सो समूहका नेता तथा कार्यकर्तालाई राजनैतिकरुपमा व्यवहार गर्ने सहमती भएको छ । यसैगरी पाँच बुँदे सहमतीमा आन्दोलनको सिलसिलामा बन्दी बनाइएका व्यक्तिहरुको नामावली संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्ने, तराईमा रहेको अन्य द्वन्द्वरत राजनैतिक समूहहरुलाई वार्ताको टेवलमा ल्याउन पहल गर्ने र संयुक्त मोर्चाले आफ्ना मागहरुको सूची काठमाण्डौंमा हुने अर्को वार्ताको टेवलमा प्रस्तुत गर्ने र वार्ताको मिति आपसी साझदारीमा तय गर्ने तथा वार्तामा मध्यस्थकर्ताको आवश्यकता महसुस भएमा दुबै पक्षको सहमतिमा गर्ने उल्लेख छ । सो सहमतीपत्रमा सरकारी वार्ता टोलीका संयोजक जर्नाधन शर्मा 'प्रभाकर' र बिद्रोहीको तर्फबाट वार्ता टोलीका संयोजक संजयकुमार गुप्ता (कौटिल्य शर्मा) ले हस्ताक्षर गरेका छन् । सरकारी वार्ता टोलीका संयोजक प्रभाकरले ११ पुसकै विहान मधेश जनक्रान्ति पार्टीसित पनि अनौपचारिक कुराकानी भएको बताए । उनले भने-ती संगठनसित पनि आजभोलीमा नै औपचारिक वार्ता हुनेछ । सरकारले तराईमा आन्दोलन गरीरहेका तुलनात्मकरुपमा बढी सकि्रया तथा चर्चित समूहसँग वार्ता नगरेकोमा भने आलोचना भईरहेको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||