Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सुझाब सङ्कलनका लागि मधेसी सभासदहरु हिमाली भेगतिर

काठमाण्डौ, 20 Feb, 09- नयाँ संविधान निर्माणकालागि १४ अन्‍चल र ७५ जिल्लामा गएर सर्वसाधारणहरुको सुझाव संकलन गर्न जाने सभासद्हरुको टोली संविधान सभा सचिवालयले तय गरेको छ ।

उनीहरु यही फागुन १६ गतेदेखि ४० वटा टोलीमा विभाजित भई सुझाव संकलनकालागि जाँदैछन् । सम्बन्धित प्रमुख जिल्ला अधिकारी, जिल्लामा कार्यरत राजनीतिक पार्टी र नागरिक समाजका प्रतिनिधिहरुले सभासद्हरुको सुझाव संकलन कार्यको प्रबन्ध मिलाउने र यसरी तय भएको कार्यक्रममा सहभागी भएर सभासद्हरुले सुझाव संकलन गर्ने जानकारी तमलोपाका सहमहामन्त्रीसमेत रहेका सभासद् जीतेन्द्र सोनलले दिए ।

फागुन महिनाभर सभासद्हरु आफूलाई खटाइएको जिल्लाका गाउँ-गाउँमा पुगी स्थानीय बासिन्दाको राय-सुझाब संकलन गर्नेछन् । राष्ट्रिय राजनीतिमा दिनहुँ व्यस्त हुने ठूला नेतालाई समेत दुर्गम क्षेत्रका जिल्लामा खटाइएको छ । संवैधानिक समितिका सभापति एवं एमाले नेता माधवकुमार नेपालले कैलाली, कन्‍चनपुर र डडेल्धुरासमेत जानुपर्ने भएको छ । माधव नेपाललाई डडेल्धुरा जाने ३६ औँ नम्बरको टोली नेता बनाइएको छ । यो टोलीमा कांग्रेसका रामशरण महतसमेत समावेश छन् । गिरिजाप्रसाद कोइराला, गगन थापा, सिपी मैनाली, नरहरि आचार्य झक्कुप्रसाद सुवेदी, बालकृष्ण खाँड, पूर्णबहादुर खड्काजस्ता चर्चित नेता काठमाडौं बाहिर जानु नपर्ने भएको छ । अर्थात् उनीहरले राजधानीकै तीनवटा जिल्लाबाट सुझाव संकलन गर्नेछन् ।

सुझाव संकलन गर्ने क्रममा कतिपय मधेशी सभासद्हरु दुर्गम हिमाली जिल्लामासमेत पुग्ने भएका छन् । मधेशमामात्र गरिवी र विभेदको समस्या छ भन्ने उनीहरुले यस्तो समस्या दुर्गम पहाड र हिमाली क्षेत्रमापनि कत्तिको रहेछ भन्ने कुरा आफैले अनुभूत गर्न पाउने भएका छन् । तमलोपाका नेता हृदयेश त्रिपाठी म्याग्दीजस्तो दुर्गम र मुस्ताङ्गजस्तो हिमाली जिल्लाकालागि खटिएका छन् । यो टोलीमा मोहम्मद आफ्ताब आलम, रामेश्वरप्रसाद रौनियार, अलाउद्दिन अन्सारी, ईश्वर हमाल मिश्रलगायतका अन्य मधेसी सभासद्लाईसमेत राखिएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई भने तराईकै धनुषा र महोत्तरीको जिम्मा दिइएको छ । यसैगरी सद्भावना पार्टीकी नेतृ सरिता गिरीलाई बारा, पर्सा र रौतहटमा खटाइएको छ ।

एकिकृत माओवादी परित्याग गरेका मातृका यादवले संविधान सभा सदस्यबाट राजिनामा दिएको बताइएपनि औपचारिक रुपले उनको स्थान खाली नगरिएकाले संविधान सभा सचिवालयले उनलाईपनि सुझाव संकलन गर्ने टोलीमा खटाइएको छ । उनी पुरानै नेकपा माओवादी पुनर्गठनको तैयारीमा छन् । कस्तो संयोग परेको छ भने उनलाई सचिवालयले माओवादीको जन्मथलो जनयुद्धको उद्गमस्थल रोल्पा र प्युठान जिल्लामा सुझाव संकलन गर्न खटाएको छ । उनी सम्मिलित टोलीको नेतृत्व चािहं यशोदा गुरुङ सुवेदी हुने भएकी छन् । यसोधा नेकपा माओवादीका बरिष्ठ नेता एबं कानून मन्त्री देब गुरुङ्गकी जीवन संगिनी हुन् ।

-Sitaram Baral in Kathmandu
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®