|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एक मधेश एक प्रदेशको बिरुद्ध असार २० तराई बन्द काठमाडौं, July 3, 2008- एक मधेश एक प्रदेशको नीतिप्रति असहमति व्यक्त गर्दै मधेशी जनअधिकार फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले उक्त दल छाडेका छन् । उनी फोरमको भाग्यनाथ गुप्ता समूहसँग आवद्ध थिए । थारुवान स्वायत्तताकालागि संघर्ष गर्ने बताउँदै उनले फोरमबाट राजिनामा दिएका हुन् । गुप्ता समूह गत साल फोरमबाट अलग्गिएको थियो । 'कथित मधेशवादका नाममा तराईका आदिवासी, दलित, जनजातिमाथि षड्यन्त्र भइरहेको छ' फोरम छाड्नको कारण बताउँदै विश्वासले भने- 'भारतीय गुप्तचर संस्था 'र' को इशारामा कथित मधेशवादको नारा घन्काएर मुलुक बिखण्डन गर्ने षड्यन्त्रविरुद्ध जुध्नका लागि फोरम छाडेको हुं ।' नेपालको सार्वभौमसत्ता र अखण्डतामा खतरा आइसकेको बताउँदै विश्वासले मधेशवादका नाममा ३ प्रतिशत यादवहरुले ७ प्रतिशतभन्दा बढी रहेका थारुहरुलाई विस्थापित गर्न खोजेको आरोपपनि लगाए । एक मधेश एक प्रदेश घोषणा गरिए गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी थियो । उता एक मधेश एक प्रदेशविरुद्ध तराईमा सकृय तीन दलले आन्दोलन घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी थरुहट स्वयत्त राज्य परिषद, चुरेभावर राष्ट्रिय एकता पार्टी र नेपाल लोकतान्त्रिक समाजवादी दलले आन्दोलन घोषणा गरेका हुन् । एक मधेश एक प्रदेश घोषणा गर्न खोज्नुलाई गम्भीर षड्यन्त्र भन्दै आन्दोलन घोषणा गरेका उनीहरुले शुक्रबार असार २० सम्पूर्ण तराई तराई बन्द आव्हान गरेका छन् । पत्रकार सम्मेलनमा उपरोक्त पार्टीका नेताहरुले भने- 'पचास लाख आदिवासी थारुको पहिचान समाप्त हुनेगरी पुरै तराईलाई मधेसीको बैध जमिन्दारी गराउने षड्यन्त्रविरुद्ध सशक्त आन्दोलन गर्न वाध्य भएका छौं ।' सो कार्यक्रममा थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले 'एक मधेश एक प्रदेश' बनाइए हतियारसम्म उठाउने चेतावनी दिए । आदिवासी थारुविरुद्ध षड्यन्त्र भइरहेको भन्दै उनले त्यसविरुद्ध जुट्न सम्पूर्ण थारुलाई आव्हानपनि गरेका छन् । उता मधेशवादी दलको रोष्ट्रम घेराउका कारण बुधबारको संविधान सभा बैठकपनि त्यत्तिकै रोकिन पुगेको छ । बैठक आजपनि बस्दैछ । दलहरु सहमतिको नजिक पुगेको भनिएपनि सहमति भने हुन सकेको छैन । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||