Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार र तराई सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा 'राजन' वीच ६ बुँदे सहमति

काठमाण्डौं, January 10, 2009- सरकार र तराईमा कृयाशिल सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा 'राजन मुक्ति' वीच ६ बुँदे सहमति भएको छ । जनकपुर स्थित रामा होटलमा पुस २६ गते भएको वार्तामा भएको सहमति अनुसार राजन मुक्ति समूहले जारी राखेको शसस्त्र कार्वाहि आजैदेखि स्थगित गरेको छ ।

राजन मुक्ति समुहको वार्ता टोलिका सदस्यहरुलाई सरकारले सुरक्षा प्रदान गर्ने, शान्तिपूर्ण राजनितिक कार्यक्रमको आयोजना गर्न पाउने, बन्दी बनाइएका राजन मुक्ति समूहका कार्यकर्ताको नाम सरकारलाई बुझाएपछि क्रमशः रिहा गर्दै जाने तथा राजन मुक्ति समूहलाई राजनितिक शक्तिका रुपमा लिने पनि बार्तामा सहमति भएको छ ।
वार्तामा आवश्यक परे आपसी सहमतिमा मध्यस्तकर्ता राख्ने तथा राजनमुक्तिले गर्ने राजनितिक कार्यक्रमहरुमा स्थानीय प्रशासनको अनुमति लिने पनि सहमति भएको वार्तापछि राजन मुक्ति समुहका वार्ता टोली संयोजक राजिव झाले जानकारी दिए ।

आगामी वार्ता दुबै पक्षको सहमतिमा हुने पनि आजैको वार्तामा सहमति भएको वार्तापछि सरकारी वार्ता टोलि संयोजक एवं शान्ति मन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले बताए ।

बार्तामा राजन मुक्ति समूहले आफूसँग रहेको हतियार र सेना क्यान्टोनमेन्टमा राख्नुपर्ने र आफ्ना नेताहरुको सुरुक्षा आफैले लिने बताउँदै आफ्ना नेता तथा कार्यकर्ताको सुरक्षाको लागि हतियार बोक्न पाउनुपर्ने माग राखेको थियो । सरकारी वार्ता टोलीले ती माग आगामी वार्तामा छलफल गरेर टुङ्गो लगाउने जवाफ दिएको छ ।

बार्तामा राजन मुक्ति समूहका बार्ताटोलीका संयोजक उत्कर्ष मुक्ति भनिने राजिव झा, रामसोभित यादव भनिने आक्रोश मुक्ति र मनोज झा भनिने मनोज मुक्ति सहभागी थिए भने सरकारका तर्फबाट बार्ता टोलीका संयोजक एवम् शान्ति तथा पुनर्निर्माण मन्त्रि जनार्दन शर्मा 'प्रभाकर', स्थानीय बिकास मन्त्रि रामचन्द्र झा र शिक्षामन्त्रि रेणुकुमारी यादव सहभागी थिए ।

बार्ताको मध्यस्थता ज्योती झाले गरका थिए । सरकारले तराईमा सशस्त्र आन्दोलन गरीरहेका तीन समूहसँग यसअघिनै सहमती गरीसकेको छ ।

-Santa Bagam in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®