Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सशस्त्र प्रहरीसँगको भिड्न्तमा अखिल तराई मोर्चाका कमाण्डरको मृत्यू

लहान, 9 Feb, 09- जय कृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा र सशस्त्र प्रहरीबीच आज सोमबार बिहान ३:०० बजे सप्तरीको कमलपुर-३ मा दोहरो भिडन्त हुदाँ मोर्चाका सैन्य कमाण्डरको मृत्यू भएको छ ।

मृत्यू हुनेमा मोर्चाका सैन्य कमाण्डर विक्रान्त भनिने ललन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार बरमझियाबाट गएको गस्ती टोली र मोर्चा बीच एक घण्टासम्म भिडन्त भएको थियो । भिडन्तको क्रममा प्रहरीले तीन जना मोर्चाका कार्यकर्तालाईसमेत पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा राजकुमार यादव, मुकुन्द यादव र विकास विक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले थ्रीनट थ्री राइफल तीन थान, सोमा प्रयोग हुने तीन थान गोलीसमेत बरामद गरेको बताएका छन् ।

यसैबीच मधेश राष्ट्र जनतान्त्रिक मोर्चा क्रान्तिकारीका सिरहा जिल्ला इंचार्ज महानको लाश सप्तरीकै हनुमाननगर ३ स्थित फेला परेको छ ।

मोर्चाका केन्द्रीय संगठन विभाग प्रमुख चन्द्रशेखरका अनुसार महानले आफ्नै पार्टीहित विपरित काम गरेकोले उनलाई पार्टीकै निर्णय बमोजिम सफाया (मारिएको) गरिएको बताउंनुभयो ।

यसअघि सिरहाको सुखिपुर क्षेत्रमा दूई लाश फेला परेको थियो । उक्त लाश पनि मधेश राष्ट्र जनतान्त्रिक मोर्चाका कार्यकर्ताहरुको रहेको दावी गरिएको छ । मोर्चा सूत्र अनुसार यिनीहरु पनि पार्टी हित विपरित लागेकोले पार्टीकै निर्णय अनुरुप सफाया गरिएको बताएको छ ।

-Dineshwarprasad Gupta in Lahan
















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®