Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
लौ सुनौं साना दलको राईस कुकरमा चिया पकाउनु परेको कुरा

काठमाडौं,  August 7, 2008- खाना पकाउने एलपी ग्यास र मट्टितेल नपाएपछि महिनौं देखि चिउरा खाएर गुजारा गरिरहेका जनताको विषयमा ठूला पार्टीहरु मौन बसे पछि साना पार्टीहरुले व्यवस्थापिका संसदको रोस्टम घेराउ गरेका छन् ।

साउन २२ गते वैठक प्रारम्भ हुनासाथ १३ दलका सभासदहरुले रोस्टम घेरे । सभाको अध्यक्षता गरीरहेका संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले बारम्बार सभा सूचारु गर्न दिनु पर्यौ भनी रहँदा साना दलका सभासदहरुले 'ग्यास, मट्टितेल, पेट्रोल, डिजल। नेपाल सरकार जवाफ दे !!" भन्ने नारा घन्काई रहेका थिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र अर्थ मन्त्रीको संसदमा जवाफ आउनै भएपछि उनीहरुले सभा सन्‍चालन हुन दिएका थिए । सभामुख नेम्वाङ्गले अर्को वैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देसन गरेका छन् ।

चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत रहेका केशवप्रसाद मैनालीले ग्यास, मट्टितेल नपाएर राईस कुक्करमा चिया पकाउनु परेको कुरा सुनाउदा हाउसमा हाँसोको फोहरा छुटेको थियो ।

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लौहनीले आफूहरु काँग्रेसले नेतृत्व गरेको काम चलाउ सरकारको भाषण खाएर बाँच्न परेको गुनासो गरे ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मावलर सिं थापाले भने 'दल सानो भएर के भो त जनताको समस्यामा ठूलै कुरा गर्छौ ।'

राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले पेट्रोलियम पदार्थ र खद्यान्न अभावको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव ल्याउन खोज्दा सदनमा सुनुवाई नभएको गुनासो गरे ।

साना १३ दलमा माथि उल्लेखित वाहेक राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍च, नेपाल परिवार दल, नेपाली जनता दल, नेकपा एकिकृत, समाजवादी प्रजातान्त्रिक दल, नेपाल नेपा: राष्ट्रिय पार्टी लगायतका दल छन् ।

त्यसपछि शुरु भएको शून्य समयमा बोल्ने ठूला दलका सभासदहरुले जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने ग्यास, मट्टितेल, पेट्रोल, डिजल, खाद्यन्न, आकासिदो महङ्गीलाईभन्दा सत्ता भागबन्डालाई बढी महत्व दिए ।

-Santa Bagam in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®