|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तातोपानीका कुण्डहरु आर्थिक अभाबका कारण अलपत्र, गुरुयोजना तयार |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Tatopani hotspring in Kaski, Nepal. Photos: Raj कास्की, 24 Jan, 09- कास्कीको सुदुर उत्तरी भेगमा पर्ने सार्दीखोला गाविस वडा नं ९ स्थित खारपानीमा अलपत्र अवस्थामा रहेको तातोपानीका कुण्डहरुलाई व्यवस्थित गर्न गुरुयोजना तयार पारिएको भएतापनि आर्थिक अभाबका कारण खासै काम हुन नसकेकोमा स्थानिय बासिन्दा चिन्तामा परेका छन् । स्थानीय सयपत्री युवा क्बलको अगुवाईमा खारापानीस्थित सेति नदी किनारमा अलपत्र अवस्थामा रहेका तातोपानीका कुण्डहरुलाई व्यवस्थित गर्न गुरुयोजना तयार पारिएको भएतापनि यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको देखिन्छ । तातो पानीमा नुहाउँदा ग्यास्टिक, बाथ र यारालाइसिस शरीर दुख्ने लगायतका विभिन्न रोगहरु निको हुने विश्वासमा धेरै टाढा टाढाबाट मानिसहरु तातोपानीमा डुब्न लािग आउने गर्दछन् । प्रचार प्रसारको अभावमा पोखरा उपमहानगर पालिकादेखि पक्की सडक करिव १७ किलोमिटर सूदुर उत्तरी क्षेत्रमा रहेका तातो पानीका कुण्डहरु ओझेलमा परेपछि व्यवस्थित गर्न सुरु गरिएको छ । तातोपानीका कुण्डहरुलाई व्यवस्थित गर्न स्थानीय समाजसेवी भीमबहादुर गुरुङको अध्यक्षतामा तातोपानी संरक्षण तथा बिकास समिति गठन भएको छ । समितिले तातोपानी क्षेत्रको वृस्तृत अध्ययन गरी गुरुयोजना तयार गरिएको र पुर्ब सहायकमन्त्री प्रकाश बहादुर गुरुङ्गले गत बर्ष संसद बिकास कोषबाट तातोपानी ब्यबस्थित गर्नका लागी ५० हजार रुपैयां प्रदान गर्नु भएको र सोही रकमबाट नुहाउन मिल्ने गरि तातोपानीका पोखरीहरु निर्माण गरिएको छ । |
|
![]() Photos: Raj वर्षाद्मा आउने बाढीले गर्दा सेती नदीको तटमा प्राकृतिकरुपमा उत्पन्न हुने तातोपानीका कुण्डहरु पुरिदाँ तातो पानीमा नुहाउने मानिसहरुले बार्है महिना नुहाउन सक्दैनन् । तर हिउँदमा प्राकृतिकरुपमा उत्पन्न हुने तातोपानीका कुण्डहरुमा छाला लगायत विभिन्न रोगहरु निको हुने बाहनामा दिनुहँ तातोपानीमा नुहाउन महिला, केटाकेटी युवा र प्रौडहरु पुग्ने गरेका छन् । तातो पानीलाइ ब्यबस्थित गर्न अन्नपुर्ण संरक्षण आयोजना र नेपाल पर्यटन बोर्डसंग समेत कुरा भैरहेको भीमबहादुर गुरुङ बताउनुहुन्छ । कुमारी मािनंदै आएको माच्छापुच्छ्रे हिमालको काखमा रहेको तातोपानी क्षेत्रको विकास गर्न सके सार्दीखोला, माच्छापुच्छ्रे, घाचोक, ल्वाङघलेल लगायतका करिव आधा दर्जन गाविसमा पर्यटन प्रवद्र्धन हुनेमा दुई मत देखिदैन । त्यसैले स्थानीयवासीहरुले गाउँलाई पर्यटन क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार तयार गर्न समेत कि्रयाशील बन्नुपर्ने देखिन्छ। -Rajbahadur Gurung in Pokhara |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||