Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

कामै गर्न नसक्ने दलको नाम 'कार्यदल'

काठमाडौं,  June 11, 2008- वर्तमान राजनीतिक गतिरोध अन्त्यको लागि गठित प्रमुख तीनदलको कार्यदलले तोकिएको समय भित्र कुनै ठोस सहमती बनाउन सकेन ।

संविधान संशोधन, सेना समायोजन, शक्ति वाँडफाँड लगायतका विषयमा तीन दलवीच सहमती कायम गराउन जेठ २६ गते गठित सो कार्यदलको दुई दिने म्याद समाप्त भईसकेको छ । कार्यदलले सहमती बनाएको कुरा जेठ २९ गतेको संविधानसभा वैठकमा राखिने तय गरिएको थियो ।

के के छन् असहमतीका बुँदा ?

माओवादी जनमुक्ति सेना व्यवस्थापनको विषयमा कुरा मिल्न नसकेको स्थानीय विकास मन्त्री तथा कार्यदल सदस्य देव गुरुङले बताएका छन् । मन्त्री परिषदले गठन गरेको समितिले नै सेना समायोजन सम्बन्धी सम्पूर्ण काम गर्नु पर्ने माओवादी अडान रहेको थियो । वैज्ञानिक किसिमले सेना व्यवस्थापन गर्न कम्तिमा तीन देखि ६ महिना लाग्न सक्ने माओवादीको बुझाइ रहेको छ ।

उता नेपाली काँग्रेस र एमालेले भने सेना व्यवस्थापन तत्काल गर्नु पर्ने अडान राखेको काँग्रेस नेता तथा कार्यदल सदस्य डा. प्रकाशशरण महतले जानकारी दिए । नेता महतका अनुसार माओवादीले अनमिनले प्रमाणिकरण गरेका सबै जनमुक्ति सेनालाई नेपाली सेनामा मिलाउने प्रश्ताव गरेको थियो । तर काँग्रेस र एमालेले भने अनमिनले प्रमाणिकरण गरिसकेको भए पनि नेपाली सेनामा योग्य भए नभएको हेर्नु पर्ने तर्क अघि सारेको छ ।

संवैधानिक परिषद र सुरक्षा परिषद गठनको विषयमा समेत तीन दलमा कुरा मिल्न सकेको छैन । संवैधानिक परिषदमा विपक्षी दलका नेतालाई राख्ने नराख्ने भन्ने सम्बन्धी सहमती बन्न नसकेको हो ।

अन्तरिम संविधान अनुसार सुरक्षा परिषदमा रहने ६ मध्ये प्रधानमन्त्रीले मनोनित गर्ने तीन सदस्यको विषयमा दलहरुको फरक फरक धारणा आएको छ । प्रधानमन्त्री पाउने प्राय निश्चित भई सकेको नेकपा माओवादी प्रधानमन्त्रीले नै तीन जना मनोनित गर्न पाउनु पर्ने पक्षमा रहेको छ भने काँग्रेस र एमालेले यसलाई माओवादीको षडयन्त्र ठानिरहेको छ । तीन जनाको मनोनयन मन्त्री मण्डलमा सहभागी दलहरुको सिफारिसमा हुनु पर्ने एमाले, काँग्रेसको तर्क रहेको छ।

कब्जा गरिएका घर जग्गाको विषयमा पनि कार्यदलमा पार्टीहरुको फरक फरक धारणा आएको छ । माओवादी घरजग्गा फिर्ता गर्न तयार नरहेको काँग्रेस नेता महतको दाबी छ । माओवादी नेता देव गूरुङ्ग भने घर जग्गाको कुरा दुई पार्टीको मात्रै नभएको बताउँछन् । घर जग्गाको कुरालाई भूमिहिन जनताको अधिकारसँग जोडेर हेर्नु पर्ने नेता गुरुङ्गको तर्क रहेको छ ।

मिलेका कुरा

वर्तमान संविधान सभाले नै व्यवस्थापिका संसदको पनि काम गर्ने कुरामा तीन दलीय कार्यदलमा सहमती भएको छ । अन्तरिम संविधानमा भएको सात दलीय गठबन्धनको प्रावधान अन्त्य गरी निर्वाचित २५ दल हुनु पर्नेमा कार्यदलले सहमती कायम गरेको छ ।

अन्तरिम संविधानमा उल्लेख गरिएका ३ सय ३० विद्यायकहरुको नाम हटाउने विषयमा पनि कुरा मिली सकेको छ । सरकार गठन र विघटन सामान्य बहुमतबाट गराउन कार्यदल तयार रहेको कार्यदल सदस्य डा. रामशरण महतले बताएका छन् ।

माओवादी भातृ संगठन योङ्ग कम्युनिष्ट 'लिगवाइसिएल' को अर्ध सैनिक संरचना १५ दिन भित्र भंग गर्ने सहमती भएको वैठकमा सहभागी माओवादी नेता देव गुरुङ्गले बताएका छन् ।

यो कार्यदलबाट पनि निश्कर्ष निस्कन नसकेपछि जेठ २९ गते विहान ११ बजे तीनै दलका शीर्ष नेताहरुको वैठक बस्ने भएको छ ।

-Santa Bagam in Kathmandu




















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®