
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
तमु सन्चारकर्मीहरुको प्रथम राष्ट्रिय सम्मेलन
पोखरामा उद्घाटन
पोखरा, November
8, 2008-
वन तथा भू-संरक्षणमन्त्री किरण गुरुङले तोकिएकै समयमा नयाँ संविधान
निर्माण र मुलुकमा दिगो शान्ति कायम गर्न शिविरमा रहेका माओवादीलाई सेनामा
समायोजन गरिनुपर्नेमा जोड दिए ।
तमु सन्चारकर्मी सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको कार्तिक २३ गते
पोखरामा उद्घाटन गर्दै उनले सेना समायोजनको विषयमा बृहत् शान्तिसम्झौता र
अन्तरिम संविधानमा स्पष्ट उल्लेख गरिएकाले सेना समायोजनबारे नेपाली
काङ्ग्रेसले बखेडा झिक्नु विगतका सहमति र सम्झौताको ठाडो उल्लङ्घन गरेको
बताए ।
मुलुकमा शान्ति स्थापना गर्न विगतका सहमति र सम्झौतालाई इमानदारीपूर्वक
पालना गर्न नेकपा माओवादी र नेपाली काङ्ग्रेससँग आग्रह गर्दै मन्त्री
गुरुङले शान्तिप्रकृयामा अवरोध पुर्याए शान्तिप्रतिको जनभावनामा ठेस पुग्ने
विचार व्यक्त गरे ।
मन्त्री गुरुङले सेरेमोनियल राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा ल्याइएमा
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा मद्दत नपुग्ने बताए । उनले
कार्यक्रममा तमु भाषा, संस्कृति र समुदायको उत्थानमा उल्लेखनीय योगदान
पुर्याएकोमा तमु धी कास्कीकी अध्यक्ष श्रीमती कर्म तमु, भीमप्रसाद तमु,
धर्मराज राजु तमु र मनसुधन थापामगरलाई प्रशंसापत्र प्रदान गरे ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरीबाट करिब एक सय तमु सन्चारकर्मी जम्मा
भएका छन् ।
-Santa Bagam in Kathmandu
|
|