|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तामाङहरुमाथिको उपेक्षा कायम रहे अर्को बिद्रोह
गरिने काठमाडौं, August 25, 2008- राजनीतिक दलहरुले समावेशी लोकतन्त्रको नाम दिएपनि नयाँ मन्त्रिमण्डलमा तामाङ समुदायलाई प्रतिनिधित्व नगराएको भन्दै तामाङ समुदायका नेता एवं बुद्धिजीवीहरुले आन्दोलनको चेतावनी दिएका छन् । तामाङ डाजाङले मन्त्रिमण्डलदेखि राज्यका सबै निकायमा तामाङको उचित प्रतिनिधित्व नगराए एकढिक्का भएर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । नेकपा माओवादी का सभासद सूर्यमान दोङले जातीय मुक्तिको आन्दोलनको शुरुवात गरेपनि आफ्नो दलले तामाङ समुदायलाई मन्त्रिमण्डलमा समावेश नगराएर उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाए । जनयुद्धको अग्रिम मोर्चामा तामाङहरु रहेको स्मरण गराउदै उनले भने- 'तामाङहरुमाथिको उपेक्षा कायम रहे अर्को बिद्रोहलाई कसैले रोक्न सक्दैन ।' मन्त्रिमण्डल विस्तारमा तामाङहरुको प्रतिनिधित्व गराउन आफ्नो दलका तर्फबाट विशेष पहल गर्ने उनको प्रतिवद्धता थियो । नेकपा एमाले का नेता वीरबहादुर लामाले तामाङहरुमाथिको उपेक्षा अन्तका लागि बिद्रोहको चेतावनी दिए । तामाङ युवाहरु शोषण र उत्पीडनविरुद्ध सशक्त रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । तामाङको प्रतिनिधित्वका लागि गरिने आन्दोलनमा ऐक्यवद्धता जनाए । यसैगरी नेपाली कांग्रेसका नेता मणि लामाले तामाङ समुदाय आफ्नो मुक्तिका लागि आफै संघर्षमा उत्रने बताए । माओवादीले सस्ता नाराबाट सोझा तामाङहरुलाई झुक्याएको आरोप लगाउदै उनले जातीय उत्पीडनविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । तामाङ डाजाङका अध्यक्ष गणेशमान लामाले तामाङ मुक्तिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर एकतावद्ध हुन तामाङ समुदायका नेताहरुलाई आग्रह गरे । उनले तामाङ स्वायत्त राज्यका लागि पनि संघर्ष गर्ने बेला आएको बताए । -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||