अब माओवादीको 'वाईसीएल' र एमालेको 'युथ फोर्स' पछि
तमलोपाको सुरक्षा संघको गठन
काठमाण्डौं, November
12, 2008- तराई मधेश लोकतान्त्रिक पार्टीले तराई मधेश सेवा सुरक्षा संघ
गठन गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले सुरक्षा संघ गठन गर्ने
निर्णय गरेको अध्यक्ष महन्थ ठाकूरले प्रेस विज्ञप्ति निकालेर जानकारी
दिनुभएको छ ।
आत्मरक्षाको अनुभूतिका लागि अभियान चलाउन सुरक्षा संघ गठन गरिने
विज्ञप्तिमा उल्लेख छ ।
छिटै गठन हुने संघले जातीय सद्भाव कायम राख्न सामाजिक एवं साँस्कृतिक
जागरणको काम गर्दुका साथै आफू विरुद्ध हुने गतिविधिको प्रतिकार गर्ने
उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिनुभयो ।
तर स्रोतकाअनुसार वाईसीएल र युथ फोर्स जस्तै परिचालन गर्ने गरी तमलोपाले
संघ गठन गर्न लागेको हो ।
तमलोपाले तराईका सशस्त्र समूहसँग सरकार वार्ताका लागि गंभीर नभएको भन्दै
सरकार कर्मकाण्डीय प्रकि्रयामा सीमित भएको आरोप लगाएको छ ।
त्यस्तै संविधान सभामा सशक्त र प्रभावशाली प्रतिपक्षको भूमिका खेल्ने
बैठकले निर्णय गरेको छ । तमलोपाले चैत भित्र महाधिवेशन गर्ने निर्णय गरेको
छ ।