|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भोटकालागि गुलिया कुरा
नेताहरुको नानी देखी लागेको बानी बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
April 5, 2008-चुनावका
बेला गुलिया कुरा गर्ने नेपाली नेताहरुको नानी देखी लागेको बानी फेरी
चुनावको मुखमा देखिन थालेको छ।कहिल्यै जनताको वास्ता नगर्ने नेताहरुलाई चुनाव आएपछि जनताकौ औधी माया लाग्छ । जनताको मत पाएर जितेपछि आफ्नै आर्थिक स्थिति सुधार्न लाग्ने नेताहरुलाई अर्को चुनाव आएपछि जनताको गरिवी हटाउने इच्छा जाग्छ । हुँदा-हुँदा सेना बनाएर सशस्त्र संघर्ष थालेको माओवादी लडाकूलाई अहिलेसम्म सराप्दै आएका माओवादी विरोधी पार्टीका कतिपय नेताहरुलाई माओवादी लडाकूहरुको भविष्यप्रतिको 'चिन्ता' ले सताउन थालेको छ । Madhav Kumar Nepal, CPN UML Gen Secretary. Photo: UML.Org.np माओवादी लडाकूको 'चिन्ता' ले सताइएका सताइएका एक नेता हुन्- एमाले महासचिव माधव नेपाल । तर उनको यो चिन्ता अरु कुनै कारणले पलाएको होइन । क्यान्टोनमेन्टमा रहेका करिव २० हजार माओवादी लडाकूहरुलेपनि भोट हाल्न पाउने भएपछि एमाले महासचिव नेपाल माओवादी लडाकूहरुले एमालेलाई मत हालेमात्र उनीहरुको भविष्य सुरक्षित भएको बताउन थालेका छन् । बिहीबार धनगढी पुगेका महासचिव नेपालले त्यहाँ आयोजित एक सभामा यही कुरा बताए । 'तपाईंहरु माओवादीको हतियार नबन्नुहोस् संविधान सभा चुनावमा तपाईंहरु तटस्थ बन्नुहोस्' धनगढीमा आयोजित एमालेको सभामा महासचिव नेपालले भने- 'यदि तपाईंहरु चुनावमा तटस्थ बस्नुभयो भने तपाईंहरुको भविष्यकाबारेमा सोच्न सकिन्छ ।' माओवादी लडाकूहरुले माओवादीलाई भोट नहाले उनीहरुलाई राष्ट्रिय सेनामा समावेश गरिने बताए । तर बृहत शान्ति सम्झौतामा चुनावपछि सहमतिका आधारमा माओवादी लडाकूहरुलाई सुरक्षा निकायमा समावेश गरिने कुरा उल्लेख भैसकेको छ । महासचिव नेपालले माओवादीको जनमुक्ति सेनाकाबारेमा मात्र बोलेनन् माओवादीको युवा संस्था 'वाइसीएल' काबारेमा पनि बोले । माओवादीले 'वाइसीएल' मा लाखौं युवाहरुलाई संगठित गरेको छ । उनले भने- 'वाइसीएल' को रक्षापनि नेकपा एमाले ले मात्र गर्न सक्छ ।' यस अघि महासचिव नेपालले माओवादीले जनमुक्ति सेना र वाइसीएल विघटन गर्नुपर्ने बताउँदै आएका थिए । तर एकाएक उनको बोली फेरिएपछि यसलाई भोटको राजनीतिको रुपमा व्याख्या गर्न थालिएको छ । खुल्लामाचमा चैत्र १६ गते आयोजित सभामा त उनले सेना लगाएर वाइसीएलमाथि कार्वाही गर्नुपर्ने मागपनि गरेका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®