|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
डमरू बजाए कैलाशमा शिवले...न्यू योर्कमा स्वस्थानी ब्रत सम्पन्न |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Durga Devi Mandir in Ridgewood, New York. This Mandir is established by Ridgewood Nepalese Society and located at 1655 Putnam Ave, Ridgewood, New York. Photos: eEyeCam न्यू योर्क, 10 Feb, 09- हिन्दू कुमारी नारीहरुले कुशल र सुकुमार युबा आफ्नो पति मिलोस् भनी एक महिनासम्म दिनमा एक छाक मात्र खाना खाएर बस्ने स्वस्थानी ब्रतको हिजो साँझ न्यू योर्कको रिजवूडस्थित रिजवूड नेपालीज सोसाइटीले गत दसैंमा स्थापना गरेको न्यू योर्कको पहिलो नेपाली दुर्गा मन्दिरमा धुमधामसँग मनाइयो। यो ब्रत पौष शुक्ल पुर्णिमादेखी शुरु भएर माघ शुक्ल पुर्णिमाका दिन अन्त हुन्छ। पन्डित मुक्तिराज शर्माले यो पङ्तिकारसँग स्वस्थानी ब्रतको महत्व बताउँदै भने- "यो कथा भगवान महादेबले पार्वतीलाई बताएको कुरा हो। यो ब्रत बसेपछि दु:ख पाएकाहरुको दु:ख निवारण हुन्छ। भक्तालुको मनोकांक्षा र लक्ष्मी प्राप्ती हुन्छ। कन्या केटीहरुले असल वर (पति) पाउँछन् भने बिबाहित महिलाहरुले श्रीमान र परिवारबाट सन्तुस्टी पाउँछन्।" रिजवूड नेपलिज सोसाइटी (Ridgewood Nepalese Society) मा अहिले १७० अपार्टमेन्टमा २५० नेपाली परिवारका झन्डै ७०० अमेरिकि नेपालीहरुको आबध्दता रहेको छ। यो सोसाइटीका अध्यक्ष मोहन ज्ञवाली हुनु हुन्छ। दुर्गा मन्दिरको स्थापना अध्यक्ष ज्ञवाली, सरोज श्रेष्ठ लगायतका ६ जना नेपालीहरु मिलेर किनेको नेपालीहरुको निजी अपार्टमेन्ट बिल्डिङ (1655 Putnam Ave, Ridgewood, New York) को बेस्मेन्टमा गरिएको छ। |
|
|
Durga Mandir in Ridgewood, New York. Photos: eEyeCam देबी दुर्गाको मुर्ती राजेश भट्ट र उनकी श्रीमती सुनिता भट्टले प्रायोजन गर्नु भएको छ। देबिको मुर्ती भारतबाट झिकाइएको हो। ब्रत कथाको अन्तमा रमाइलो भजन गाइयो भने भक्तजनहरुले भजन गानामा धितमरुन्जेल नाँचेर रमाइलो गरे-"डमरू बजाए कैलाशमा शिवले..." तर मध्य रातमा गम्किएको ख्याली भजन गीतको शुर र जोशिलो डम्फु र मादलको ताल सुन्दा अनि चम्किलो नाँच देख्दा यस्तो लाग्थ्यो-शिव त कैलाशबाट न्यू योर्कतिर पो बसाइ सरेछन् कि भन्ने। रिजवूड नेपलिज सोसाइटीले सात समुद्र पारी प्रदेशी भूमि अमेरिकामा नेपाली सँस्कृतिको एउटा महत्वपूर्ण पाटो हिन्दू सँस्क्रिती बचाउने गुनिलो भूमिका खेलेकोमा बधाईको पात्रो बनेको छ। अरुले पनि अब सिको गर्ने कि? -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) "डमरू बजाए कैलाशमा शिवले..." Nepalese devotees singing bhajans at the closing ceremony of Swasthani Brat Katha. Photos: eEyeCam Chairman of Ridgewood Nepalese Society Mohan Gyawali receiving Tika from Pandit Motiraj Sharma. Photos: eEyeCam Rajesh Bhatta in front of Durga Devi statue. He sponsored the statue. Photos: eEyeCam Portrait of Lord Shiva. According to the scriptures Swasthani Brat Katha was originated when Lord Shiva told the story to Parbati, his wife. Photos: eEyeCam Menaka Parajuli (Left) of NepalConnection.com dancing her way with a young Nepali girl. Photos: eEyeCam MTA civil engineer Bhim Itani (front) with another Nepali. He announced to donate a harmonium to the mandir. Photos: eEyeCam Ridgewood Nepalese Society Advisor Saroj Shrestha with his son Saurabh Shrestha. Mr. Shrestha, society's Chairman Mohan Gyawali and 4 other Nepalese owned the building where Durga Devi Mandir is established on the sellar. Photos: eEyeCam Adhikaar's Narbada Chhetri, Mridula Koirala, Menaka Parajuli and others singing bhajans at the event. Photos: eEyeCam Dipakraj Kaphle swinging to the tune of bhajan. Photos: eEyeCam Saroj Shrestha and Rajesh Bhatta Photos: eEyeCam Delicious Nepalese food as "prasad" was served at the event. Photos: eEyeCam Pandit Motiraj Sharma with another Nepalese priest. Photos: eEyeCam Let her wishes fulfilled! A young Nepali woman receiving Tika from Pandit Sharma. Photos: eEyeCam Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) Read our related news: निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका- Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3; NJ; VA; Boston; UK » Deusi-Bhailo Celebration in New York (33 Photos) » न्यू योर्कमा देउसी-भैलोको रमाइलो (33 Photos) » Laxmi Puja in Divya Dham Mandir, Woodside, New York (13 Photos) » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) Special Dashain Festivasl: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea Ridgewood Nepalese Society Dashain Celebration with Shambhujeet Baskota: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||