|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालका योगी अमेरिकि नेपालीहरुको मन र तन शुद्धितिर लागे Swami Balkrishnananda. Photos: eEyeCam न्यू योर्क, July 20, 2008- नेपालमा नेताहरुको मति बिग्रिएकै बेला 'चक्र परमानन्द योग सेवा' सन्चालन गरेर नेपाल र विश्व भर ख्याती कमाएका योगी स्वामी बालकृष्णानन्द भने यतिखेर अमेरिकि नेपालीहरुको मन र तन शुद्धी गर्दै हिंडेकाछन्। हिजो साँझ न्यू योर्क शहरको कुइन्सस्थित सत्य नारायण मन्दिरमा सम्पन्न प्रबचन तथा भजन शिबिरमा उनले मन शुद्धिका साथै शरीर शुद्धिका बैदिक ब्यायाम (योगा) र अकुप्रेसर बिधिकाबारे जानकारी गराए। |
|
|
आज चाँही उनले बिभिन्न रोग ब्याधी निको पार्ने र अमेरिकामा मोटाएर टम्म भएका नेपालीहरुलाई दुब्लो बनाउने योगासनहरुको प्रशिक्षण दिने कार्यक्रम राखिएको छ। यि योगी तिनै हुन् जो काठमाडौंमा नेपाल टिभीको बिहानी प्रसारण तथा क्लासिक एफ.एम र भक्तपुर एफ.एम. मा नियमित योग प्रबचन दिन्छन्। गत जूनमा यता आएका नेपाली योगी बालकृष्णानन्द अमेरिकाको बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुलाई योगा तालिम र प्रबचन दिने कार्यक्रम सकेर आउदो सेप्टेम्बरमा मात्र नेपाल फकिदै छन्। आयोजकहरुका अनुसार योगी जिले यस अघी California, Sanfransisco, Virginia मा योग तालिम र प्रबचन दिइ सकेकाछन् भने अब New York सकेर Rhode Island, Boston हुँदै Texas, Los Angeleles र Colorado मा योगा तालिम र प्रबचन दिने मेसो मिलाइएको छ। यो पन्क्तिकारसँगको भेटमा उनले आफ्नो अमेरिका बसाइको अनुभब बताउदै भने-"मैले अमेरिकि नेपालीहरुको राम्रो उत्साह पाएको छु। उनिहरु पनि न्यू जिल्याण्डका नेपालीहरु जस्तै अमेरिकामा पनि हाम्रो सेवा केन्द्रको शाखा खोल्नु पर्यो भन्दै छन्।" न्यू योर्कको भेला अरु ठाऊँकोभन्दा उत्साह्बर्धक पाएको पनि उनले बताए। २५ भन्दा बेशी न्यू योर्कमा कृयाशिल नेपाली संघ सङ्स्थाहरुको अन्य कार्यक्रममा नगन्य देखिने नेपाली महिलाहरुको ठुलो जमात स्वामिको प्रबचन सुन्न आएको थियो। शिबिरको अन्त्यमा नानी भण्डारीले प्रायोजन गरेको रात्री भोजन गराइएको थियो। -Pratha Magar in New York. Comments? 551-358-7726 Swami Balkrishnananda delivering his 'Prabachan'. Nepalese American women at the event. Shastri Jagdish Tripathi, Head Priest, Satya Narayan Temple, Queens, New York. Organizer Narbada Chhetri and her friends at the event. Photos: eEyeCam Pratha with Swami Balkrishanananda View more Yoga session by Swami Balkrishnananda in Queens, New York बिशेष फोटो फिचर: नेपाली योगी बालकृष्णानन्दको न्यूयोर्क योगा शिबिर |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||