![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भारतीय अतिक्रमणको
नालीबेलि-२ सुस्ताको घाऊ कहिलेसम्म बल्झी रहने? काठमाडौं, February 29, 2008-नेपाल-भारत सीमाका करिव ५ दर्जन स्थानमा भएका सीमा विवादमध्ये सबैभन्दा सम्बेदनशील विवादित बनेको छ सुस्ता । हुन त सुस्ताभन्दापनि सम्बेदनशील छ दार्चुला जिल्लाको कालापानीमा भारतले गरेको अतिक्रमण । तर पहिल्यैदेखि भारतले अतिक्रमण गर्दै आएको सुस्तामा भारतले नेपाल तर्फको थप भूमि अतिक्रमण गरेपछि सुस्ता अतिक्रमण र त्यसबाट उब्जिएको सीमा विवाद अरु बढि सम्बेदनशील बनेको हो। पुषको अन्तिम हप्ता सुरक्षु सम्बन्धमा नेपाल-भारतबीच सम्पन्न सहसचिवस्तरीय बैठकको अन्त्यमा भारतीय पक्षँले सुस्ता अतिक्रमणको विरोधमा नेपालमा भएका प्रदर्शनहरुको विरोध गर्दै संयुक्त विज्ञप्ति तैयार पारेको र त्यसमा नेपाली पक्षँले हस्ताक्षँर नगरेबाट सुस्ता विवाद कति सम्बेदनशील रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । नेपाल तथा तत्कालिन इष्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नारायणी नदीलाई त्यसक्षेत्रको सीमाना मानेको छ । त्यसक्षँेत्रमा नारायणी नदी पूर्वबाट पश्चिम हुँदै बगेको छ । यस अनुसार नदीको पूर्वतिरको भूभागतिर भारत पर्छ भने पश्चिमतर्फको भूभाग नेपालतिर । इतिहासविद् डा। सुरेन्द्र केसीका अनुसार सुगौली सन्धिपश्चात इसं १८१७-१८ ताका बि्रटिस-भारत सरकार र नेपाल दरवारका प्रतिनिधिहरुको रोहवरमा सुस्ता क्षँेत्रको नक्साङ्कन भएको थियो । सो नक्साङ्कनमा सुस्ता नेपालतर्फ नै पर् यो । उनी भन्छन्- "तर त्यसताका नारायणी नदीको बहावलाई नै दुवै देशबीचको सीमा मान्दै त्रिवेणीघाटदेखि हालको सगरहिन्दीसम्मको १८ किलोमिटर क्षँेत्रमा सीमास्तम्भ गाड्न काम हुन सकेन ।" त्यही कमजोरीका कारण सुस्ता नेपाल-भारतबीचको गम्भीर सीमा विवादको विषय बन्दै आएको छ भने भारतको अतिक्रमणकारी चरित्र जिम्मेवार छँदैछ । अतिक्रमणकालागि निहुँ भारतलाई बाढीकाकारण त्यसक्षेत्रमा पटक-पटक धार परिवर्तन गर्ने नारायणी नदीले दिएको छ । बाढीका कारण त्यस क्षँेत्रमा पूर्वबाट पश्चिम हुँदै बगेको नारायणी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ बगेको छ । नारायणी नदीलाई त्यस क्षँेत्रको सीमा नदी मानिएका कारण नारायणी नदीले धार परिवर्तन गर्दा खालि हुन पुगेको पहिलेको नेपाली भूभागलाई भारतले आफ्नो भन्दै दावी गरेकाले सुस्तामा भारतीय अतिक्रमण र त्यसका कारण सीमा विवादको सिर्जना भएको हो । जानकारी अनुसार पृथ्वीको घुम्ने क्रमका कारण संसार भरका नदीहरु पश्चिमतर्फ चेिपंदै गएका छन् । र नारायणी नदीमापनि यही नियम लागु भएको बताउँछन् नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठ । उनका अनुसार नारायणीमात्र होइन पूर्वको कोशीपनि यसैगरी सर्दै जान थालेको छ । सर्वे अफ इण्डियाले सन् १९५० बनाएको नक्सामा देखिने र हालको स्थितिलाई हेर्ने हो भने कोशी नदीपनि ५ किमी पश्चिमतिर लागिसकेको छ । सुस्ताको हकमा भन्ने हो भने नारायणी नदीमा पटक पटक आउने बाढीले यसरी पश्चिमतर्फ चेपिने क्रमलाई अझ तीब्र पारेको देखिन्छ । नारायणी नदीमा पटक- पटक यस्ता ठूल्ठूला बाढी आउने गरेका छन् । स्मरणीय छ गण्डकी नदीको नामले समेत चिनिने नारायणी नेपालका चार ठूला नदी -गण्डकी कोशी कर्णाली र महाकाली मध्ये एक हो । बिसं १९०२ २०११ २०२९ र २०३४ मा नारायणी नदीमा ठूला-ठूला बाढी आए जसले सुस्ताको अवस्थितिमा नै परिवर्तन ल्याइदियो । नापी विभागका पूर्व महानिर्देशक श्रेष्ठ भन्नुहुन्छ- "नारायणी नदीको पश्चिमी भेल सुस्ताको पश्चिमी भेगतिर ठेिलंदै जाँदा त्यहाँ गाडिएका सीमा स्तम्भहरु हराए नयाँ सीमा स्तम्भ गाड्ने काम भएन । त्यसैकारण भारतीयहरुले विवाद निकाले । उनीहरुको तर्क थियो नारायणी नदीले त्यहाँको सीमा छुट्याएकाले अहिलेको नारायणी नदीको स्थितिलाई नै सीमा मानिनुपर्छ । भारतको यही नाजायज तर्ककै कारण सुस्तामा सीमा विवादको सिर्जना हुन थालेको हो ।" विसं २०२५-०२६ सालतिर सुस्तामा पहिलोपटक सीमा विवाद सिर्जना भएपछि तत्कालिन सरकारले सुस्ताको कित्ता नापी सुरु गरायो । नापीकालागि दोश्रँे टोली २०२८ मा सुस्ता पुगेको थियो टोलीको प्रमुख नापी अधिकृत लक्ष्मण थापा थिए । तत्कालिन नापी टोली प्रमुख थापाका अनुसार नवलपरासीको पूर्वी भागमा पर्ने तत्कालिन सुस्ता गा।पं। मा ६ सय विगाह जमिन नापी गरिएको थियो । थापाको कथन छ- "सुस्ता विवादित क्षँेत्र भएपनि हामीले नापी गर्दा भारतीयहरु अवरोध गर्न आएनन् । त्यतिबेलैपनि भारतीयहरु सुस्तामा बस्न थालिसकेका थिए । नेपाली नापी टोलीले नेपालीहरुले भोगचलन गरेको जग्गाकोमात्र नापी गरेको थियो भारतीयहरुले भोगचलन गरेको जग्गाको होइन ।" सो टोली नापीकालागि सुस्ता जानुअघि तत्कालिन सरकारले परराष्ट्र मन्त्रालयका तत्कालिन सहसचिव केदारप्रसाद कोइराला पछि पाकिस्तानकालागि नेपाली राजदूत हाल स्वर्गीय को नेतृत्वमा सुस्ता सीमा विवाद सल्टाउन टोली गठन गरी सुस्ता पठाएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयकै तत्कालिन उप-सचिव त्रिभुवनप्रताप राणा परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत नारायण शमशेर थापा पछि मन्त्रालयका सचिव तथा बेल्जियमकालागि नेपाली राजदूत हाल स्वर्गीय अधिकृत नारायणप्रसाद राजभण्डारी थिए । यो टोलीले सुस्ताको सर्वेक्षण र नापी गरी भारतसँग सुस्ताको विवाद समाधान गर्ने जिम्मा पाएको थियो । टोली सुस्ता पुगेर फर्केपछि सर्वेक्षक नापी विभागका अधिकृत राजेन्द्रप्रसाद मराठासहितको टोलीलाई नापीको लागि खटाइएको थियो । तर भारतीयहरुले यो टोलीलाई काम गर्न दिएनन् । जानकारी अनुसार टोली सुस्ता पुगेर वास्तविक सीमा पत्ता लगाउनकालागि नक्सा कोर्दै्र थियो भारतीय प्रहरीले सर्वेक्षक मराठालाई पक्राउ गरे । ुनेपालीहरु प्रबेश गर्न नपाउन् भनी भारतीयहरुले एकतर्फी रुपमा बनाएको ुफायर लाइनु को नक्सा बनाउन लाग्दा ४ जना भारतीय सेनाले मलाई पक्रेु मराठाले भन्नुभयो- "मलाई भैंसालोटनमा लगी करिव एकदिनसम्म थुनेर राखियो । पक्राउ परेका कारण वास्तविक सीमारेखा कहाँ हो भन्ने यकिनसहितको नक्सा मैले बनाउन पाइन ।" सहसचिव कोइरालाले नेतृत्व गरेको टोलीले सुस्ता पुगी स्थानीय भारतीय अधिकारीहरुसँग कुराकानी गरी विवाद सल्टाउन चाहेको थियो । तर भारतीय पक्षँले मानेन । कुरा नमिलेपछि नेपालको तर्फबाट सीमाको नक्साङ्कन गरी त्यसपछि हुने भारतसँगको वार्तामा कुरा राख्न मराठा नेतृत्वको नापी टोलीलाई खटाइएको थियो । सुस्तामा रहेको ढोङ्ग सोतो खोला लाई स्थानीय सीमाना मानिएपनि २-३ वटा खोला रहेकाकारण कुन चािहं आधिकारिक ढोङ्ग सोता हो भन्ने विवाद त्यसबेला सिर्जना भएको थियो । मराठा सम्झनुहुन्छ- "नेपालको अडान अगाडि भारततर्फ को खोल्सो ढोङ्ग सोता हो भन्ने थियो भारतीयहरु पछाडि नेपाल तिरकोलाई ढोङ्ग सोतो मान्थे । मैले वास्तविक ढोङ्ग सोता कुन हो भनेर नापी गर्न खोजेको थिएँ ।" भारतीयहरुले ुएकतर्फी रुपमा नक्सा बनाउन पाइन्नु भन्दै मराठालाई गिरÏतार गरेका थिए । तर काम गर्दागर्दै भारतीय सेनाले पक्राउ गरेका नेपाली टोलीले सीमानाको वास्तविक नक्सा बनाउन पाएन । पक्रनुअघि २-३ दिनको मेहनतद्धारा मराठाले विवादित भूमि नेपालकै भएको थुप्रै प्रमाण संकलन गरेका थिए । तर भारतीयहरुद्धारा संकलन गरिएका सबै प्रमाण खोसियो । भारतीय सेनाले ती प्रमाणहरु तत्कालै जलाएको थियो । मराठा भन्नुहुन्छ- "यदि थप एक दिन त्यहाँ रहेर काम गर्न पाएको भए मैले सबै काम सम्पन्न गर्ने थिएँ । तर भारतीयहरुले सुस्ता नेपालको हो भन्ने प्रमाण खोस्नका हरसम्भव प्रयत्न गरे ।" सीमा विवाद सल्टिने स्थिति नदेखिएपछि नेपाली टोलीले एउटा विकल्प अघि ल्यायो । त्यो थियो विवादित भूमि भारतलाई दिने त्यसको बदलामा भारतले नेपाललाई अर्काे भूमि दिने । स्व। कोइरालाका अनुसार सुस्ताको बदलामा भारतले रक्सौलक्षँेत्रको भूभाग दिनुपर्ने नेपाली प्रस्ताव थियो । यो प्रस्ताव अनौपचारिक रुपमा भारतीय अधिकारीहरुसमक्ष राखिएको थियो । स्व। कोइरालाले २०५७ जेठमा यस सम्बाददातासँग भनेका थिए- "श्री ५ महेन्द्रसमक्ष सुस्ता भारतलाई दिएर भारतबाट रक्सौलतिरको जमीन लिने सुझाव दिएका थियौं । राजा महेन्द्रलेपनि स्वीकृति दिनुभएको थियो । अनि मैले भारतीयहरुसँग यो प्रस्ताव राखें । तर जमीन साटासाट गर्न भारतीयहरु तैयार भएनन् ।" (श्रँेत-जनआस्था २०५७ जेठ २५) भारतको सम्बिधानमा भएको प्रावधानलाई आधार बनाएर भारतीय पक्षले जमीन साटासाट गर्न नमिल्ने नेपाली पक्षँलाई बताएको कोइरालाको कथन थियो । भारतीय सम्बिधानमा भारतको भूभाग र सीमाबारे स्पष्ट उल्लेख गरिएको छ । सम्बिधानको यो प्रँवधान अनुसार आÏनो सीमाभित्रको कुनै भूभाग थप्नु वा काटेर कसैलाई दिन मिल्दैन भन्ने भारतीय भारतीय अधिकारीहरुले बताएका थिए । सम्बैधानिक प्रँवधानले जमिन साटासाट गर्न नमिल्ने बताउनु एउटा तर्कमात्र थियो नियत त सुस्ता विवाद नसल्ट्याउने बरु नेपाली भूमि कब्जा गरेरै छाड्ने थियो । अतिक्रमणमात्र होइन विसं २०२१ मा सुस्तामा नेपाली बस्तीमा भारतीयहरुद्धारा आक्रमण भएको सुस्ताका ताराप्रसाद गुरुङ्ग बताउँछन् । सो आक्रमणमा परी केदारजङ्ग राणाको मृत्यु भएको थियो । गुरुङ्ग भन्छन््- "सीमाना भारतीयहरुद्धारा आक्रमण भएपनि त्यसमा भारतीय सरकारको उत्प्रेरणा थियो ।" त्यस सँगसँगै भारतीयहरुले नेपालीहरुको हलगोरु र महिलाका गरगहना लुट्ने लगाएका बालीनालीपनि कब्जा गरेर लैजाने आदि गर्न थाले । भारतीय अत्याचार जति बढ्दै जान्छ नेपालीहरुबाट त्यति नै प्रतिरोध हुन थाल्यो । सुस्ता गापंका तत्कालिन प्रधानपाच बमबहादुर थापा मगरका अनुसार नेपालीहरुलाई सुस्ताबाट लखेट्नु नै केदारजङ्ग राणा लगायतका सुस्तावासी नेपालीमाथिको आक्रमणको उद्देश्य थियो किनभने हत्या गरिएका केदारजङ्ग भारतद्धारा कब्जा गरिएको भूमि नेपालको हो भनेर आवाज उठाउनेमध्येका अग्रणी थिए । भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको भनी आवाज उठाउँदा भारतीयहरुले सुवेदार गमेरिसंह गुरुङ्ग हाल स्वर्गीय मानिसंह प्रधान हाल बीरगाज र बलबहादुर थापा हाल स्वर्गीय लाई पक्राउ गरी भारतको बेतिया जेलमा लगी थुनेका थिए । नेपाली भूमि सुस्तामा पहिल्यैदेखि नेपालीहरुको बसोबास भएको देखिन्छ । तर भारतीयहरुद्धारा अतिक्रमण र नेपालीमाथि आक्रमण हुनथालेपछि राजा महेन्द्रले योजनाबद्ध रुपमा त्यहाँ नेपालीहरुलाई बसोबास गराए । खासगरी पहाडी क्षँेत्रबाट मधेशमा बसाईं सर्न चाहने भूतपूर्व सैनिकहरुलाई सुस्तामा लगी राखियो । त्रिसुलीको बाढीले घरवारविहीन पारेका धादिङ्गका केही तामाङ्गहरुलाईपनि सुस्तामा बसोबास गराइयो । यसो गर्दा सुस्ताको संरक्षँण गर्न सकिन्छ भन्ने उनको धारणा थियो । नेपालीहरुको बसोबास बढेपछि भारतीय ज्यादतीमा कमी आउन थाल्यो । नेपालीहरु संगठित भए । नेपालीहरु एकजुट भएर आगामी दिनमा हुनसक्ने भारतीय अतिक्रमण र आक्रमणको अझै संगठित रुपले प्रतिरोध गर्ने निर्णय गरे । तर त्यसैबीचमा एउटा दुर्भाग्य भयो । त्यो थियो २०३३ मा नारायणी नदी विनासकारी बाढी बनेर आयो । र सुस्ता गाउँ पाचायतको अधिकांस भूभागमाथि नारायणी नदी दौडेर बगरको रुपमा परिणत गरिदियो । कतिसम्म भयो भने ९ वडामा रहेको सुस्ता गाउँ पाचायतका १ देखि ७ नं वडासम्मको भूभाग बगर बन्यो । र बाँकी रह्यो दुईवटामात्र वडा । एउटा गाउँ पाचायतको अधिकांस भूभाग नै नदी-बगरमा परिणत भएपछि तत्कालिन सरकारले सुस्तालाई नजिकैरहेको त्रिवेणी गाउँ पाचायतमा गाभ्यो भने सुस्ताका आÏना बासिन्दालाई त्रिवेणीमै ल्याएर राखियो । बाढीबाट बचेको सुस्ताको बाँकी भूभाग त्रिवेणी गाउँ पाचायतमा गाभिएपछि र बाढीको चपेटामा परेकाहरुलाईपनि त्रिवेणीमा राखिएपछि सुस्ता र त्रिवेणी गाविस मिलाएर सुस्ता त्रिवेणी गाउँ पाचायत हाल गाविस बनाइयो । नारायणी नदीको बित्तण्डाका कारण बगर बनेको त्यो नेपाली भूभाग यतिबेला भारतीय भूभाग बनिसकेको छ । यसका विरुद्धमा बेला-बेलामा नेपालमा अँन्दोलनपनि हुने गरेको छ । सुस्ता बचाउन भन्दै राष्ट्रवादी नेपालीहरु पटक पटक सुस्तासम्म मार्च गदैै्र पुगिसकेका छन् । केयौं पटक सुस्तामा नेपालको राष्ट्रिय झण्डा गाडिसकिएको छ । तरपनि भारत पछि हटेको छैन । अब सुस्तामा बाँकी रहेको दुई वडा हडपेर आÏनै देशको एक अंश बनाउने योजनामा देखिन्छ भारत । "उनीहरु अझ अतिक्रमण गर्दै वडा नं ८ को धनैयासम्मै आइपुगेका छन्" सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङ्ग लामो सुस्केरासहित भन्छन्- "अव अलिकति अघि बढे भने नेपालको सबै भूभाग सकिन्छ । र डुङ्गा चढेर नारायणी नदी पार हाम्रँे देशको मूल भूमिमा आउनकालागि डुङ्गा अड्याउने ठाउँपनि रहनेछैन ।" सुस्तावासीहरु यतिबेला काठमाडौंको चिसोको पर्वाह नगरी फोहोर वाग्मति नदीको किनारमा अवस्थित कालमोचन घाटमा अझै धर्नामा बसिरहेका छन् । धर्ना सुरु भएको एक महिनाभन्दा बढि भैसक्यो । तर उनीहरुको मागको सुनुवाई भएको छैन । जीउ धनको सुरक्षु माग र अतिक्रमित भूमि फिर्ता गर्न संघर्ष गर्दै आएका सुस्तावासीहरुपनि थाकेका छैनन् । अभियानका संयोजक गुरुङ्ग भन्छन्- "सरकारले साथ देओस् हामी सुस्ता नेपालको हो भनेर प्रमाणित गरिदिनेछौं सुस्ता फिर्तापनि गर्नेछौं ।" -Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®