|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'माओवादी
लडाकुलाई समायोजन सेनाको मनोवल गिराउने षडयन्त्र'-
कांग्रेस का.वा. सभापति सुशील कोइराला काठमाण्डौं, October 14, 2008-माओवादी नेतृत्वको सरकारलाई अप्ठेरो पार्न नेपाली कांग्रेसले सेना समायोजन सम्बन्धी विषयलाई आधार बनाउने भएको छ । कांग्रेस सरकारको नेतृत्वमा रहेका बेला दुई सेना समायोजन गर्ने बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेपनि कांग्रेसका नेताहरुले खुलेआम सो सहमति विपरितका अभिव्यक्तिलाई निरन्तरता दिएका छन् । यस्तै अभिव्यक्ति नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले दिएका छन् । कोइरालाले माओवादी छापामारलाई नेपाली सेनामा समायोजन गर्न खोजे सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । माओवादी लडाकुलाई सेनाबाहेकमा समायोजन गर्नुपर्ने बताउँदै उपसभापति कोइरालाले सेनाको मनोवल गिराउन माओवादी लडाकुलाई समायोजन सेनाको मनोवल गिराउने षडयन्त्र भएको बताएका छन् । 'नेपाली सेनामा माओवादी लडाकुलाई समायोजन गर्न खोजे आन्दोलन गर्छौं' कोइरालाले चेतावनीका साथ भनेका छन्- 'सेनालाई विचलित बनाउने काम सह्य हुनसक्दैन नेपाली कांग्रेस नेपाली सेनाको मनोबल उच्च राख्न सशक्त रुपमा प्रस्तुत हुनेछ ।' आफूहरु माओवादी छापामारलाई औद्योगिक सुरक्षा या समाजका अन्य क्षेत्रमा समायोजन गर्नुपर्छ भन्ने पक्षमा रहेको कोइरालाको कथन छ । माओवादी अध्यक्ष प्रचण्ड आफै प्रधानमन्त्री भइसकेकाले दुई सेनाको अस्तित्व राख्न नमिल्ने बताउँदै रिपोटस्र क्लबद्धारा आयोजित साक्षुत्कार कार्यक्रममा कोइरालाले भने- 'राष्ट्रिय सेनाको बागडोर हातमा लिएपछि किन अर्को सेना चाहियो ?' जनगणतन्त्रको सवालमा कार्यबाहक सभापति कोइराललेपनि माओवादी इतरका अन्य नेताहरुजस्तै भनाई दोहोर्याएका छन् । 'माओवादीले मुलुकलाई जनगणतन्त्रमा लान खोजे अर्को द्वन्द्व शुरु हुनेछ' कोइरालाले भने- 'माओवादी एकदलीय अधिनायकवाद स्थापित गर्न सकृय भएकाले कांग्रेस त्यसविरुद्ध प्रस्तुत हुनेछ, हामी कुनैपनि समय लोकतन्त्रका लागि पुनः सडकमा उत्रनुपर्ने अवस्था आउनसक्नेतर्फ सचेत भएर बसेका छौं ।' कांग्रेसले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामा कसैसंग सम्झौता नगर्ने दोहोर्याए । माओवादी जनतालाई छक्याइरहेको आरोपसमेत लगाएका कोइरालाले माओवादीको यो भ्रमलाई चिर्न कांग्रेस लागिपर्ने दावीपनि गरे । माओवादीले शान्ति सम्झौताको पालना नगरिरहेको उनको थप आरोपछ । सरकारको नेतृत्व लिएपछिपनि कब्जा गरिएका घरजग्गा फिर्ता नदिएको, विस्थापितलाई पुर्नस्थापित गर्न नचाहेको आरोपपनि कोइरारालले लगाए । सरकारमा नेपाली कांग्रेसलाईपनि सामेल गराउन पहल भैरहेको माओवादी नेताहरुले बताइरहेका बेला कांग्रेसका कार्यबाहक सभापति कोइरालाले नेपाली कांग्रेस कुनै हालतमा सरकारमा सहभागी नहुने ठोकुवा गरेका छन् । माओवादीले सहमति र सहकार्यको राजनीति समाप्त पारेकाले उसको नेतृत्वमा सरकारमा सहभागी नहुने उनको भनाई थियो । |
|
|
आफ्नो दल सरकार ढाल्न नलागेको बताउँदै कोइरालाले
सरकार दुई वर्ष चलाएर चुनाव पनि सम्पन्न गरेर देखाउन चुनौपतिपनि दिए ।
'सरकार पूरा अवधी चलोस् हामी सरकार ढाल्न लाग्दैनौं' कोइरालाले भने- 'गुण र
दोषका आधारमा सरकारको समर्थन या विरोध गर्नेर्छौं ।' तोकिएको समयमै संविधान
बनाउन सरकार गम्भीर नभएको आरोपपनि उनले लगाए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||