|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
श्रद्धान्जली सभामा गएर बिहॆको कुरा गर्ने प्रति सूर्यबहादुर थापाको कटाक्ष |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, December 11, 2008-
श्रद्धान्जली सभामा गएर बिहॆको कुरा गर्ने र विहेमा गएर
श्रद्धान्जली सभाको कुरा गर्ने नेताहरुको राष्ट्रिय जनशक्ति पार्टीका
अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले कटाक्ष गरेका छन् । अघिल्लो हप्ता पूर्व मन्त्री एबं राप्रपा नेता स्व. रबीन्द्रनाथ शर्माको श्रद्धान्जली सभामा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले बृहद् प्रजातान्त्रिक एकताबारे आव्हान गर्दा केही नबोलेकोप्रति टिप्पणी भएपछि रोचक पाराले स्पष्टिकरण िदंदै आफ्नो टिप्पणी गर्नेहरुको थापाले यसरी कटाक्ष गरेका हुन् । 'हाम्रा नेताहरुमा श्रद्धान्जली सभामा गएर बिहेको कुरा गर्ने र बिहेको खुसीयालीमा गएर मानिसको मृत्यु भएको शोकको कुरा गर्ने चलन बढि छ' थापाले विहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने 'रबीबाबुको श्रद्धान्जली सभामापनि त्यही गरियो श्रद्धान्जली सभामा उहाप्रति श्रद्धान्जली दिनुपर्थ्यो तर त्यहा बृहद् प्रजातान्त्रिक एकताको कुरा गरियो त्यसबारे मैले केही नबोल्दा सूर्यबहादुर थापा बृहद् प्रजातान्त्रिक एकताको विपक्षमा छ भनेर प्रचार गरियो ।' 'म बृहद् प्रजातान्त्रिक एकताको बिरोधी होइन' माओवादीका कारण प्रजातन्त्रमाथि संकट आएको बताऊदै थापाले भने 'माओवादीले प्रजातन्त्रमाथि एकपछि अर्को गर्दै संकट थपेको छ, प्रजातान्त्रिक शक्तिबीच एकता बनाएर जानुको विकल्प छैन ।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नामै किटेर प्रजातान्त्रिक एकताका लागि गम्भीर हुन आग्रह गरेका हुन् । कोइरालाले पछिल्लो समयमा गरेको प्रजातान्त्रिक एकताको आव्हानलाई महत्वपूर्ण भन्दै त्यसमा सकि्रय हुन आग्रह समेत गरेका थापाले आफूले बारम्बार प्रजातान्त्रिक एकतामा जोड दिदै आएको स्मरण गराउदै अब पनि प्रजातान्त्रिक शक्तिहरु चुप लागेर बसे मुलुक दुर्घटनामा पर्ने चेतावनीसमेत दिएका छन् । उनले भने 'न्यायपालिकामाथि आक्रमण भइरहेको छ कर्मचारीतन्त्र जेहाद छेड्ने काम भइरहेको छ ।' माओवादीले सेना समायोजनका विषयमा भएको सम्झौताको अपव्याख्या गरिरहेको बताऊदै पूर्व प्रधानमन्त्री थापाले पुरानो संरचनाका कारण काम गर्न नसकेको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको आलोचनासमेत गरे । 'पुरानो संरचना भनेको के हो माओवादीले स्पष्ट पार्नुपर्छ' थापाले गर्जनको शैलीमा भने 'माओवादीले संसदीय प्रणाली मान्दैनौं भनेर देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको छ ।' 'माओवादीले प्रजातन्त्रलाई संकटमा पुर्याएको भए उसको नेतृत्वको सरकारको औचित्य समाप्त भएको हो?' भन्ने प्रश्नमा उनले भने 'सरकारको औचित्य समाप्त भएको छैन गलत कुरा औल्याएका हौं ।' आफू सरकारको विकल्प खोज्न नलाग्ने बरु वृहत प्रजातान्त्रिक एकता निर्माणमा जुटिरहेको स्पष्ट पारे । अधिकांश समय माओवादीको आलोचना गर्न खर्चिएका थापाले माओवादीले अरुमाथि दोष थोपरेर उम्कन खोजेको बताए । उनले भने 'विदेशी चलखेल बढ्यो भनिएको छ । को को चलखेलमा लागेका छन् स्पष्ट पार्नुपर्छ ।' माओवादीले एकपछि अर्को गर्दै प्रजातन्त्रमाथि संकट बढाउदा पनि अन्तराष्ट्रिय समुदाय र नागरिक समाजले नबुझेको भन्दै आश्चर्य प्रकट गरे । उनले भने 'माओवादीले प्रजातन्त्रमाथि आक्रमण गर्दापनि अन्तराष्ट्रिय समुदायले नबुझ्नु दुर्भाग्य हो ।' |
|
|
माओवादीले आफ्नो कमजोरी लुकाऊदै प्रजातन्त्रका संरचनाहरुमाथि प्रहार गरिरहेको आरोप लगाए । जनतामाझ भ्रम सृजना गरेर आफ्नो काल्पनिक अभिष्ट लाद्न खोजेको आरोप लगाए । नेपाली सेनामा माओवादीका कुनैपनि लडाकुलाई समायोजन गर्न नहुने थापाको भनाई थियो । उनले सेनामा राजनीतिकरण गर्न खोजे सह्य नहुने बताए । नेपाली सेनाको मापदण्डविपरित लडाकुहरु रहेको भन्दै अन्यत्र समायोजन गर्न उनले जोड दिएका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||