उपराष्ट्रपति झालाई सात दिनभित्र जवाफ दिन
सर्बोच्चको आदेश
-UNO
बिशेष सम्बाददाता काठमाडौं, July 28, 2008-हिन्दी भाषामा सपथ खाएको बिरुद्ध उपराष्ट्रपति परमानन्द झालाई
सर्वोच्च अदालतमा परेको मुद्धामा साउन १३ गते बसेको न्यायधिस दामोदर
शर्माको एकल इजलासले सात दिनभित्र प्रधानमन्त्री, मन्त्री परिषद तथा
उपराष्ट्रपतिलाई लिखित जवाफ दिन आदेश दिएको छ ।
उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ खाएको बिरुद्ध अधिवक्ता बालकृष्ण
न्यौपानेले रिट निवेदन दिएका थिए ।