![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रधानमन्त्री कोइराला पुत्री सुजाताको बिरुद्ध मधेसी नेता बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
March 7, 2008-गत
हप्ताको सरकारसँगको सम्झौतापछि चुनाव लड्न तैयार भएका संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चा सलोममो मा सामेल तीनैवटा मधेशवादी घटकका शीर्ष नेताहरुले
प्रत्यक्ष निर्वाचनको प्रत्यासी बनेका छन् । उनीहरुले विहीबार आ-आफ्ना
निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारी दर्ता गरे । फोरमका अध्यक्ष यादवले
सुनसरी क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गरेपछि त्यस क्षेत्रका बारेमा
विभिन्न टीकाटिप्पणी हुन थालेको छ । त्यही क्षेत्रबाट प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालाकी पुत्री एबं विनाविभागीय मन्त्री सुजाता
कोइरालालेपनि उम्मेदवारी दर्ता गरेकी छिन् । थारु बहुल सो क्षेत्रमा सुजाता
र उपेन्द्रको उम्मेदवारीले सुजाताको जीतलाई अनिश्चित बनाइदिएको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घटकमध्येको एक तराई मधेश लोकतान्त्रिक पार्टी । तपलोपाका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका छन् भने मधेश जनअधिकार फोरम फोरम का उपेन्द्र यादवले गृह जिल्ला सुनसरी- ५ का अलवा मोरङ्ग- ५ बाटपनि उम्मेदवारी दिएका छन् । काठमाडौंका १० वटै निर्वाचन क्षेत्र कार्यालय राखिएको राष्ट्रिय सभा गृहमा जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाँदै नेपाल सद्भावना पार्टी । Phto: Sirab 'सलोमपा' को अर्काे घटक दल नेपाल सद्भावना पार्टी नेसपा का अध्यक्ष राजेन्द्र महतोले गृह जिल्ला सर्लाही- ४ बाट उम्मेदवारी दिएका छन् । तमलोपा र नेसपाबीच निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति भएपछि उनीहरुका शीर्ष नेता उठेका क्षेत्रमा अर्काेले उम्मेदवारी दिएका छैनन् । फोरमका अध्यक्ष यादवले सुनसरी क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गरेपछि त्यस क्षेत्रका बारेमा विभिन्न टीकाटिप्पणी हुन थालेको छ । त्यही क्षेत्रबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री एबं विनाविभागीय मन्त्री सुजाता कोइरालालेपनि उम्मेदवारी दर्ता गरेकी छिन् । गतसालको फोरम आन्दोलनपछि फोरमलाई सम्झौताको टेवलमा ल्याउन प्रम पुत्री सुजाताको हात मानिथ्यो । मधेश आन्दोलनमा दमन गरेको भन्दै फोरमले गृहमन्त्री कृष्ण सिटौलाको राजिनामा माग गरेपछि त्यो मागमा सुजातालेपनि सहमति जनाएकी थिइन् । गत सालको निर्वाचन नरोिकंदै सुजाता र उपेन्द्रबीच निर्वाचन क्षेत्रहरुमा एकआपसमा तालमेल गर्ने सहमति भएको चर्चा राजनीतिक बृत्तमा चलेको थियो । अझ सप्तरीको कुनै सुरक्षित निर्वाचन क्षेत्रमा कांग्रेसले फोरम अध्यक्ष उपेन्द्रलाई जिताउने र त्यसको बदलामा उपेन्द्रले सुनसरीमा सुजातालाई जिताउन सहमति भएको अपुष्ट हल्लापनि चलेको थियो । तर हाल आएर सुजाताकै क्षेत्रमा उपेन्द्र प्रत्यासी बनेपछि फेरि विभिन्न टीकाटिप्पणी हुन थालेको छ । उनले मोरङ्ग ५ मा पनि उम्मेदवारी दिएपछि अन्तिम समयमा मन्त्री कोइरालालाई नै त्यो सिट छोडिदिन उनले मोरङ्ग ५ बाटपनि उम्मेदवारी दिएको अनुमानपनि हुन थालेको छ । यसैहप्ता कांग्रेस परित्याग गरेका विजय गच्छेदारले सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् । सुजाताको कांग्रेस राजनीतिमा संलग्नतासँगै गच्छेदारको कोइराला परिवारसँग खटपट सुरु भएको थियो । थारु बहुल सो क्षेत्रमा सुजाता र उपेन्द्रको उम्मेदवारीले सुजाताको जीतलाई अनिश्चित बनाइदिएको छ । सुनसरीको थारु समुदायमा गच्छेदार प्रभावशाली मानिन्छन् । गच्छेदारको फोरम प्रवेशसँगै प्रधानमन्त्री कोइरालाले जित्दै आएको सो क्षेत्र कांग्रेसकालागि निकै ठूलो चुनौति बनेको छ । Photo courtesy: NepaliCongress.Org |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®