|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ्ग संविधान सभा
अध्यक्षमा निर्विरोध निर्वाचित![]() Newly elected Constitutional Assembly Chair Subhaschandra Nembang. Photo: Santa काठमाडौं, July 23, 2008- पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ्ग संविधान सभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्ने निर्धारित साउन ८ गते साँझ ५ बजे सम्ममा नेम्वाङ्गकॊ मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । नेम्वाङ्ग संविधान सभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा भने साउन ९ गते विहान ११ बजे बस्ने संविधानसभा वैठकबाट गरिने छ । संविधानसभाका कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार भोलि बस्ने वैठकमा 'एक मात्र उम्मेदवारी परेकाले माननीय सुवास चन्द्र नेम्वाङ्गलाई अध्यक्ष भएको घोषणा गरियोस' भन्ने प्रश्ताव लगिने छ । संविधान सभा अध्यक्ष स्वयमले अन्य सभासद सामु पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको छ । सपथ ग्रहण लगत्तै वैठकको अध्यक्षता गर्दै आएका कुलबहादुर गुरुङ्गले नव निर्वाचित अध्यक्षलाई वैठकको बाँकी कारवाही अगाडि बढाउने जिम्मेवारी सुम्पनेछन् । तराई मधेश लोकतान्त्रिक पार्टीले अध्यक्ष पदको उम्मेदवारी लिएर गए पनि दर्ता गर्न भने आएनन् । काँग्रेस एमाले र फोरम गठबन्धनलाई माओवादीको तर्फबाट उम्मेदवारी पर्ने आशंका थियो । माओवादी सभासद विनोद पहाडीले भने सबै पदमा समावेशी गराउने आफ्नो पार्टीको निति अनुसार जनजाति समुदायका उम्मेदवार नेम्वाङ्गको विरुद्धमा उम्मेदवारी दर्ता नगराएको बताए । सभासद पहाडीले युएस नेपाल अनलाईनसँग भने 'हाम्रो पार्टीको नीति नै समावेशीता हो । जनजाति समुदायको उम्मेदवार भएपछि अर्को उम्मेदवार किन दिने ?' |
|
|
संविधानसभा उपाध्यक्षमा भने माओवादीले आफ्नो पार्टीको उम्मेदवार ल्याउन
सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार दलित समुदायबाट तिलक परियार र
जनजाति महिलाबाट जयपुरी घर्ति मगर मध्ये एकलाई माओवादीले अघि सार्दैछ । संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गको जिबनी सभा सन्चालनमा निकै कुशल मानिने सुवास चन्द्र नेम्वाङ्गको जन्म वि. स. २००९ साल फागुन २८ गते ईलाम जिल्लाको सुन्तलावारीमा भएको हो । २०२८ सालबाट विद्यार्थी राजनीति प्रारम्भ गरेका नेम्वाङ्ग १९ बर्षको उमेरमै ईलाम क्याम्पसको स्ववियू सभापति बन्न सफल भएका थिए । २०३५ सालदेखि २०५१ सालमा काठमाडौं स्थित नेपाल ल क्याम्पसमा अध्यापन गराएका नेम्वाङ्गले सर्वोच्चमा वकालत पनि गरे । नेम्वाङ्ग २०४३ देखि ०४५ सम्म नेपाल बार एशोसिएसनको महासचिव भईसकेका छन् । एमालेको नेतृत्वमा रहेको ९ महिने शासन कालमा नेम्वाङ्गले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्रीको जिम्मेवारी निभाएका थिए । नेपालगंजमा भएको छैठौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित नेम्वाङ्ग सातौं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बन्न सफल भए । २०६२, ०६३ को जनआन्दोलन पश्चात पुनरस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ्गले संविधान सभाको अध्यक्षता गर्ने अवसर पाउने भएका छन्। -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||