|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पढ्ने होइन अब ढुङ्गा हान्ने? काठमाडौं, September 3, 2008- महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियू क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र नेपाल प्रगतिशील विद्यार्थी फेडेरेशनको समूह र अनेरास्ववियूको समूहबीच बुधबार झडप भएको छ । इलामबाट हाम्रा सहयोगी पत्रकार रोशन साँवाले दिएको जानकारी अनुसार क्रान्तिकारी नेविसंघ र फेडेरेशनले भदौ तीन गते स्ववियूको कार्यालयमा गरेको तालाबन्दी अनेरास्ववियूले तोडेपछि विद्यार्थी समूहहरुबीच बुधबार दिउँसो १२ बजे झडप भएको थियो । स्ववियूले क्याम्पस प्रशासनसँग भदौ दुई गते राखेको १६ सुत्रीय माग पूरा नभएको भन्दै मंगलबार विहान क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी तीन विद्यार्थी संगठनले अपरान्ह फोडेपछि उनीहरुले स्ववियूको कार्यालयमा लगाएको ताला बुधबार आफूले पनि फोडेको अनेरास्ववियूका केन्द्रिय सदस्य छवी श्रेष्ठले बताएका छन् । तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला फोडेपछि नाराजुलुश गदै स्ववियू पदाधिकारीको पुत्ला जलाएका थिए । अनेरास्ववियूले बुधबार स्ववियू कार्यालयको तालाबन्दी फोडेको केहीबेरपछि अन्य तीन विद्यार्थी संगठनले स्ववियू कार्यालय तोडफोड गरेका थिए । उनीहरुले कार्यालयमा रहेको पुस्तकबाहेक सम्पूर्ण कागजात र कुर्ची बाहिर निकाली जलाएका थिए । त्यसपछि नाराजुलुश गर्दै अगाडि बढेका विद्यार्थीहरुबीच झडप शुरु भएको थियो । तीन विद्यार्थी संगठनका विद्यार्थीहरुले अनेरास्ववियूका केन्द्रिय सदस्य छवि श्रेष्ठ, पूर्व केन्द्रिय परिषद सदस्य बद्री खड्का, जिल्ला अध्यक्ष बसन्त बस्नेतलगायतमाथि ढुंगा हान्न र हातपात गर्न थालेपछि झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । आधा घण्टापछि क्याम्पस पुगेको प्रहरीले झडपलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अनेरास्ववियूका सुरेन तुम्रोकबाट खुकुरी बरामद गरेको पनि जनाएको छ । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीद्वारा फेडेरेशनका क्याम्पस इकाइ अध्यक्ष भूपाल सापकोटा पिटिएको प्रत्यक्षदर्शीले बताएका छन् । सापकोटा र झडपकै क्रममा घाइते भएको अनेरास्ववियूका तुम्रोकको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । तीन विद्यार्थी संगठनले आफूहरुमाथि आक्रमण गरेको विरोध जनाउँदै अनेरास्ववियूले अपरान्ह दुई बजेदेखि सदरमुकाममा यातायात र बजार बन्द गराएको छ । यसैगरी तीन विद्यार्थी संगठनहरुले क्याम्पसमा प्रहरी हस्तक्षेप भएको र अनेरास्ववियूका कार्यकर्ताहरुले प्रहरी चिनाइचिनाइ आफूहरुमाथि लाठी प्रहार गराएको भन्दै बजारमा नाराजुलुश गरेका छन् । उनीहरुले स्ववियूले अपारदर्शी काम गरेको र क्याम्पस प्रशासनमा मागपत्र बुझाउँदा समन्वय नगरेको आरोप लगाउँदै आएका छन् । स्ववियूले क्याम्पस प्रशासनसँग दरबन्दीमा रहेका शिक्षकले अन्य क्याम्पसमा पढाउन नपाउनुपर्ने, बीबीएस तहको आयव्यय सार्वजनिक गर्नुपर्ने, विज्ञान संकाय सन्चालनका लागि पहल गर्नुपर्ने र क्याम्पसको स्वर्ण महोत्सवको लागि कार्यक्रम तय गर्नुपर्नेलगायतका माग राखेको छ । नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति एवं पूर्व स्ववियू सभापति निरोज खड्गीले घटनालाई चर्कन नदिन संगठनहरुको जिल्ला तथा केन्द्रियस्तरमा छलफल भइरहेको बताएका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||