|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आर्थिक बृद्धिकालागि राजनीतिक अस्थिरता अन्त हुनु
पर्ने काठमाडौं, August 29, 2008- अर्थ सचिव रामेश्वरप्रसाद खनालले सरकारले उदारीकरण र खुल्लाबजार अर्थनीतिलाई महत्वका साथ कार्यान्वयन गर्ने बताएका छन् । अर्थ सचिव खनालले सरकारले भदौ २५ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जानकारीपनि दिएका छन् । उनकाअनुसार असोजको शुरुमै आर्थिक वर्ष २०६५/६६ को आयव्यय विवरण बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । 'आर्थिक उदारीकरण र बजार अर्थतन्त्रलाई अंगिकार गरेर सरकार अगाडि बढ्छ' खनालले भन- 'निजी क्षेत्रलाई प्रभावकारी बनाएर खुल्ला र प्रतिष्पर्धात्मक अवस्थाको सृजना गरिनेछ ।' उच्चतम आर्थिक बृद्धिका लागि प्रतिष्पर्धाको वातावरण अनिवार्य भएको उनको भनाई थियो । मूल्यबृद्धि नियन्त्रण गर्दै अत्यावश्यक वस्तुहरुको सहज आपूर्तिमा सरकार सकृय भएको उनको कथन थियो। कृषिको व्यवसायीकरण, निर्यात बृद्धिका लागि नीति बनाइएको बताउँदै खनालले जनपरिचालन, निजी क्षेत्रको प्रभावकारिता आदिबाट आर्थिक प्रगति हासिल गर्ने लक्ष्य राखिएको उनको भनाई थियो । विगतमा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नभएको भन्दै भावी दिनमा त्यसको सफल कार्यान्वयन गरिछाड्ने दृढतापनि उनले प्रकट गरे । द्वन्द्वकालका पिडितलाई राहत दिने, आपूर्ति सहज बनाउने र लगानी वृद्धि गर्ने सरकारको लक्ष्य रहेको उनले दोहोर्याए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले दलगत स्वार्थका कारण अर्थतन्त्र धराशायी बन्ने खतरा बढेको बताउँदै भने- 'बारा र पर्साका सम्पूर्ण उद्योगहरु राजनीतिक गतिविधिका कारण बन्द हुँदैछन् दलहरु जिम्मेवार रुपमा प्रस्तुत होउन् ।' राजनीतिक दलनिकट मजदूरहरुले बन्द, हडताल गरेको भन्दै आर्थिक संचरना कमजोर पार्ने काम भएको आरोपपनि उनले लगाए । नेपाल उद्योग परिसंघका अध्यक्ष एवं सभासद विनोदकुमार चौधरीले अर्थतन्त्र उकास्ने एकसूत्रीय लक्ष्यका साथ सरकार राजनीतिक दलहरुका अलवा नागरिक समाज सकृय हुनुपर्ने बताए । आग्रह पूर्वाग्रहबाट मुक्त भएर आर्थिक वृद्धिको सोच निर्माण गर्नुपर्नेमो जोड िदंदै चौधरीले भने- 'सबैले आर्थिक बृद्धिको संकल्प गरेर अगाडि बढ्नुपर्छ ।' नीति तथा कार्यक्रमको सही कार्यान्वयन हुनुपर्नेमापनि उनले जोड दिए । अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले नयां सरकारले आर्थिक बृद्धिका लागि लिएको लक्ष्य हासिल गर्न चुनौती रहेको बताउँदै अर्थमन्त्री डा. बाबुराम भट्टराईले भनेजस्तै आर्थिक वृद्धि हासिल गर्ने हो भने निजी क्षेत्रको लगानीमा अत्याधिक वृद्धि गर्नुपर्ने, कृषिलाई व्यवसायीकरण दिनुपर्ने, निर्यात वृद्धी गर्नुपर्ने बताए । उनले भने- 'आर्थिक बृद्धिका लागि निजी क्षेत्रको लगानी बृद्धिलाई प्राथमिकता दिनुपर्छ ।' उनले सम्पत्तिको अधिकार, कर प्रणालीबारे स्पष्ट नीति ल्याउनुपर्ने माग गरे। |
|
|
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर
मालाकारले सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई कति प्राथमिकता
दिन्छ भनेर हेर्न बांकी रहेको बताए । निजी क्षेत्रहरु अझै विश्वस्त
हुननसकेको उनको भनाई थियो । उनले भने- 'हामी नीति तथा कार्यक्रमको
प्रतिक्षामा छौं त्यसमा निजी क्षेत्रप्रति राखिने दृष्टिकोण हेर्न बांकी छ
।' नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने हुनुपर्ने बताउँदै मालाकारले
आर्थिक बृद्धिकालागि राजनीतिक अस्थिरता अन्त हुनुपर्ने बताएका थिए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||