|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
श्रीलङ्काली राष्ट्रपति बुद्धको जन्मस्थल लुम्बिनी
जान पाएनन् काठमाण्डौ, 4 Mar, 09- पाकिस्तानमा आफ्नो देशका क्रिकेट खेलाडीमाथि आक्रमण भएपछि श्रीलङ्काकाली राष्ट्रपति महिन्दा राजापाक्षे नेपाल भ्रमण छोट्याएर अकस्मात स्वदेश फर्केका छन् । पाकिस्तानको लाहोरमा श्रीलङ्काली खेलाडीमाथि मंगलबार दिउसो आक्रमण भएको खवर प्राप्त भएपछि राष्ट्रपति राजापाक्षे मंगलबार राति आफ्नो देशतर्फ फर्केका हुन् । राष्ट्रपति डा. रामबरण यादवको निमन्त्रणामा नेपाल आएका राष्ट्रपति बुधबार विहान बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम थियो । विशेष विमानबाट काठमाडौं आएका राष्ट्रपतिको भ्रमण टोलीका अन्य कतिपय सदस्यहरु दिउसो हवाईजहाज र गाडीबाट लुम्बिनीतर्फ लागिसकेकापनि थिए । राष्ट्रपतिलाई भने नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ लैजाने कार्यक्रम थियो । आफ्नो देशका खेलाडीमाथि भएको आक्रमणपछि राष्ट्रपति श्रीलङ्कातर्फ फर्केपनि उनको भ्रमण टोलीमा रहेका विदेशमन्त्री रोहित बोलोगामा मंगलबार नै पाकिस्तानतर्फ लागेका छन् । श्रोतका अनुसार खेलाडीमाथि भएको आक्रमणबारे विस्तृत रुपमा बुझ्न राष्ट्रपति राजापाक्षेले उनलाई त्यसतर्फ जान भनेका थिए । राष्ट्रपति राजापाक्षेले खेलाडीमाथि भएको आतंककारी आक्रमणको कडा शब्दमा भत्स्रना गरेका छन् । श्रीलङ्काली खेलाडीमाथि भएको आक्रमण र राष्ट्रपति राजापाक्षेको स्वदेश फर्कने निर्णयपछि राष्ट्रपति डा. रामबरण यादवले श्रीलङ्काली राष्ट्रपतिलाई फोन गरी दुख प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्डलेपनि घटनाप्रति दुख प्रकट गरेका छन् । राष्ट्रपति लगायत श्रीलङ्काली भ्रमण टोलीको नेपाल भ्रमणको दश्रो दिन मंगलबार दिउसो नेपाल र श्रीलङ्काबीच काठमाडौं-कोलम्बो सिधा हवाई उडान सम्बन्धी सम्झौता भएको थियो । सम्झौता नागरिक उड्डयन तथा पर्यटनमन्त्री हिसिला यमी र श्रीलङ्काको तर्फबाट निर्यात विकास तथा लगानीसम्बन्धी मन्त्री जीएल पेरिसले हस्ताक्षर गरेका थिए । राष्ट्रपति मंगलबार नै ठमेलमा रहेका सार्क सचिवालयमा पुगेका थिए । बुद्धको जन्मस्थल लुम्बिनी जान नपाएपनि बुद्ध धर्माबलम्बी राष्ट्रपति राजापाक्षेले स्वयम्भूस्थित आनन्दकुटी महाविहारको भ्रमण गरेका थिए । श्रीलङ्कामा चलिरहेको युद्धकाकारण उनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले उनलाई अमेरिकी राष्ट्रपतिलाई दिइने वरावरको सुरक्षा दिएको थियो । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||