Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
स्पेनका नेपालीहरुद्वारा बाढीपिडितका लागि सहयोग

काठमाण्डौं, October 22, 2008- स्पेनमा बस्दै आएका प्रवासी नेपालीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी बाढीपिडितका लागि संकलित एक लाख ३६ हजार ३७५ रुपैया हस्तान्तरण गरेका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालय पुगेका गैरआवासीय नेपाली संघ स्पेनका उपाध्यक्ष नारायणप्रसाद प्रसाईं तथा जनसम्पर्क समिति स्पेनका सदस्य तथा मगर संघ स्पेनका कोषाध्यक्ष सुवास थापामगरले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

स्पेनमा प्रवासी नेपालीको संस्थाहरु: गैर आवासी नेपाली संघ, जनसम्पर्क समिति स्पेन, नेपाल मगर संघ स्पेन, लोकतान्त्रिक मन्‍च स्पेन, तमु समाज स्पेन, जनप्रगतिशील संघ स्पेनद्वारा उक्त रकम संकलन गरिएको थियो । पूर्वान्‍चल र सुदुरपश्चिमान्‍चलका बाढीपीडितका लागि उक्त रकम संकलन गरिएको एनआरएन स्पेनका उपाध्यक्ष नारायणप्रसाद प्रसाईंले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीको योगदानको प्रशंशा गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालमा आर्थिक क्रान्ति गर्ने दृढता व्यक्त गर्दै प्रवासी नेपालीबाट सहयोगको आशा व्यक्त गरेका थिए । मुलुकमा विपत्ति पर्दा प्रवासमा रहेका नेपालीले दर्शाएको माया र सदभावबाट आफू अत्यन्त उत्साही भएको उनको भनाई थियो ।

एनआरएन स्पेनका उपाध्यक्ष नारायणप्रसाद प्रसाईंले स्पेनमा रहेका नेपालीहरु आफ्नो मुलुकमा लगानीका लागि अत्यन्त उत्साही भएको जानकारी गराएका थिए । उनले लगानीका लागि सरकारले उचित वातावरण बनाउने आशा व्यक्त गरे । नेपाली राजदूतावास स्पेनमा राख्न वा पासपोर्टसम्बन्धी अधिकार नेपाली काउन्सलर लुइस बेल्भिसलाई दिन आग्रहपनि उनले गरेका थिए ।

दिल्लीस्थिति स्पेनी राजदूतावासमार्फत् प्रकृया थाल्नुपर्दा समस्या आएको जानकारीसमेत गराएउँदै उनीहरुले युरोप र नेपालबीच सिधा हवाई सम्बन्ध स्थापित गर्न सुझावपनि दिइएको थियो । जनसम्पर्क समिति स्पेनका सदस्य सुवास थापाले नेपालको शान्ति प्रकृया संविधान निर्माण प्रकृया सफलताका साथ सम्पन्न गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

-Sitaram Baral in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®