Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

अफ्रिकी मुलुक सोमालियाका नागरिकले सिंहदरबार घेरे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Somalians protesting in front of Singhdarbar, Kathmandu. Photos: Santa

काठमाण्डौं, October 16, 2008-प्रस्तुत तस्विर नेपालको सबै भन्दा बढी सरकारी कार्यालय रहेको सिंहदरबार बाहिर खिचिएको हो । व्यानरहरु हेरेर थाहा पाउन सकिन्छ उनीहरु धर्ना जुलूस गरी रहेका छन् । तर प्रश्न हो उनीहरु कहाँका होलान् ? कालो अनुहार भएकाले उनीहरु पक्कै नेपालकै तराई-मधेशका त होलान् भन्ने अनुमान गर्नु भएको छ भने तँपाईको यो अनुमान सोह्रै आना गलत ।


Samali women at the protest in Kathmandu.

नेपाल सरकारसँग आफ्नो माग पुरा गराउन धर्ना दिइरहेका ति नागरिक सात समुन्द्र पारबाट आएका रहेछन् यहाँ । उनीहरुको देशको नाम हो - सोमालिया । हो, सोमालिया नाम सुन्दै आङ जिरिङ हुने देश जसलाई गृहयुद्धले तहस नहस पारेको थियो । त्यही देशका केही नागरिकहरु अहिले नेपाल सरकारसँग अध्यागमन शुल्क मिनाहा गर्नु पर्ने, भुटानी शरणार्थी सरह शरणार्थीको दर्जा पाउनु पर्ने लगायतका माग सहित विरोध प्रदर्शनमा उत्रिएका छन् ।

 
भुटानी शरणार्थी समस्या त्यसै त सरकारलाई टाउको दुखाइ विषय छँदै थियो । त्यति मात्रै कहाँ हो र ! केही महिना अघिसम्म मात्रै पनि तिब्बतीयनहरुको प्रदर्शन पनि सरकारलाई अल्झो बनेको थियो । अब थपिएको छ -सोमलिया ।

आफ्नै देशका द्धन्द्ध पिडित आन्तरिक शरणार्थीको समस्या हल गर्न नसकिरहेको अवस्थामा विचरा सरकार गरोस्‌ पनि के ? तर सरकार चुप लागेर बस्न त मिलेन । उनीहरु नेपालसम्म कसरी आई पुगे ? सरकारले त्यो पत्ता लगाएर स्वदेश फिर्ता पठाउने वा अन्य कुनै व्यवस्था गरे कसो होला ?

-Santa Bagam in Kathmandu








   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®