Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपालमा सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार कसैको घुर्की र धम्कीबाट नडराउने

काठमाण्डौं, November 5, 2008- सरकारले केही दिनमै सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गर्ने भएको छ ।  त्यसै गरी, क्यासिनोमा खेलिने जुवाबाट करोडौं नेपाली पैसा विदेशिएको र कैयौं नेपाली घरबारविहिन भएकाले कडा कदम चालेको बताउँदै उनले सरकार कसैको घुर्की र धम्कीबाट नडराउने अडानसमेत लिए ।

गृहमन्त्री बामदेब गौतमले मंगलबार राजधानीमा आयोजित सन्‍चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा यो कुराको खुलाशा गरेका हुन् ।

'अरुलाई असर पार्नेगरी सार्वजनिक स्थानमा हुनेगरेका धुम्रपान कानुन बनाएर रोक्नेछौं' गृहमन्त्री गौतमको कथन छ- 'कसैले धुम्रपान गर्छ भने कारबाही गर्नेछौं ।'

मापदण्ड पुगेका माओवादी छापामारलाई मात्र सेनामा प्रवेश दिइनेपनि गृहमन्त्री बामदेव गौतमले बताएका छन् । सेना समायोजनकालागि गठन गरिएको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका गौतमले सेना बन्नका लागि योग्यलाईबाहेक अन्यलाई अन्यत्र पुर्नव्यवस्थापन गरिने बताउँदै माओवादी जनसेनालाई समायोजनकालागि नेपाली सेनाको हालको मापदण्डलाई नै आधार मानिने दावीसमेत गरेका छन् ।

'प्रहरीमा या अन्य सरकारी निकायमा समायोजन गर्दा पनि मापदण्डलाई नै आधार मानिनेछ' कार्यक्रममा गौतमले भने- 'छापामारलाई सेनामा समायोजन गर्दा वा उनीहरुको व्यवस्थापन गर्दा उनीहरुको व्यक्तिगत इच्छाबारे पनि सोधिने छ । सेनाबाहेक औद्योगिक सीमा सुरक्षाका अलावा समाजका अन्य निकायमा पनि समायोजन वा व्यवस्थापन गर्नेगरी मापदण्ड बनाइने उनको भनाई छ ।

नेपाली कांग्रेसले सेना समायोजन सम्बन्धी गौतमको नेतृत्वमा रहेको विशेष समिति भंग गर्नुपर्ने माग गरेपनि गौतमले समिति भंग नहुने ठोकुवा गरे । 'समितिमा चार प्रमुख दलको प्रतिनिधित्व रहने भनिएबमोजिम गठन गरिएको हो' गौतमले भने- 'समिति पुर्नगठन हुँदैन बरु नेपाली कांग्रेसलाई पनि सहभागी गराउन पहल गरिनेछ समिति विघटनको नचािहंदो ढिपी गर्न अब कांग्रेसले छोड्नुपर्छ ।'

कांग्रेसलाई समितिमा सहभागी गराउन राजनीतिक तहबाट पहल भइरहेको बताउँदै कांग्रेसले अहिले विघटनको माग गरेपनि अन्त्यमा उपनि समितिमा बस्न आउने गृहमन्त्री गौतमको दावी छ । कुनै दल नआउँदैमा समायोजन प्रकृया नरोकिने बताउदै गौतमले भने- 'शान्ति प्रकृयाको महत्वपूर्ण क्षणमा कांग्रेसले अड्को थाप्न मिल्दैन यदि ऊ आउदैन भनेपनि समायोजन प्रकृया रोकिदैन ।'

शान्ति प्रकृयालाई अवरुद्ध बनाउने काम कहीं कतैबाट भएमा नेपाली जनताले नछाड्ने चेतावनी िदंदै गौतमले संविधानमा प्रमुख दल को भन्ने स्पष्ट व्याख्या नभएकाले माओवादी, कांग्रेस, एमाले र फोरमलाईमात्र प्रमुख दल मानेर सेना समायोजन सम्बन्धी समिति गठन भएको बताए । संविधान सभाको पाँचौ ठूलो तमलोपाले समितिमा आफ्नो दललाई स्थान नदिएकोमा आपत्ति प्रकट गर्दै आएको छ।

सहमतिमा गठन गर्नुपर्ने समिति गठनमा आफ्नो सहमति नरहेको भन्दै कांग्रेसले यसैलाई आधार बनाएर समिति असम्बैधानिक रहेको दावीपनि गरेको छ । 'प्रमुख दल भनेका माओवादी, कांग्रेस, एमाले र फोरम हुन्' गौतमले भने- 'यदि यसमा कसैलाई चित्त बुझ्दैन भने सम्बन्धित ठाउंमा उपचारका लागि गए हुन्छ सरकार त्यो चुनौति स्वीकार गर्न तैयार छ ।'
 
वाइसिएल र आफ्नै पार्टीको लडाकू संगठन 'युथ फोर्स' का गतिविधि शान्तिसुरक्षामा खलल पुर्याउन उद्यत् रहेको भन्दै यी दुई युवा-लडाकू संगठन खारेजीमा उनले जोड दिएका छन् । उनले भने- 'वाइसिएल र युथफोर्सका गतिविधिले भिडन्तहरु बढेका छन् त्यसैले दुवै संगठन खारेज गर्नुपर्छ ।' कानुन तोड्ने कसैलाई आफ्नो पार्टीको र अर्काको पार्टीको भनेर फरक व्यवहार नगरिने दावीपनि उनले गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशन मानेर क्यासिनोमा भएका गैरकानुनी काम रोक्न लगाएको उल्लेख गर्दै उनले गैरकानूनी कार्य रोक्न खोज्दा कसैले अवरोध खडा गरेमा त्यस्तालाई सरकारले नछाड्ने चेतावनी दिए । क्यासिनोमा खेलिने जुवाबाट करोडौं नेपाली पैसा विदेशिएको र कैयौं नेपाली घरबारविहिन भएकाले कडा कदम चालेको बताउँदै उनले सरकार कसैको घुर्की र धम्कीबाट नडराउने अडानसमेत लिए ।

-Siataram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®