Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive» Words: Santa. Nepal's Presidential candidates. Photos: Santa. Illustration: eEyeCam
सिंह र यादववीच कडा प्रतिस्प्रर्धा, साना दलका भोट निर्णायक


CA Members lining up for to cast their votes for President and Vice-President of Nepal. Photo: Santa

काठमाडौं,  July 19, 2008- गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति र उपराष्ट्रपति पदको लागि काठमाडौं नयाँ बानेश्वर स्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा मतदान भईरहेको छ । यो समाचार तयार पार्दा (1:10 pm Nepal Time) सम्म ७० प्रतिशत मतदान भईसकेको छ ।

यसअघि राष्ट्रपतिमा माओवादीले उठाएको रामराजा प्रसाद सिंहलाई समर्थन गर्ने बताएको मधेशी जनअधिकार फोरमले काँग्रेसका डा. रामबरण यादवलाई समर्थन गर्ने भएको छ । यससँगै निर्वाचन परिणाम कस्को पक्षमा जान्छ ठोकेर भन्न सक्ने अवस्थामा छैन । यद्यपि फोरमको ५२ मतनै निर्णायक भने हैन । कुल ५ सय ९४ मध्ये निर्वाचित उम्मेदवारले २ सय ९८ मत ल्याउनु पर्नेछ ।

सबै भन्दा ठूलो दल नेकपा माओवादीको २ सय २६ काँग्रेसकॊ १ सय १३ एमालेको १ सय मत रहेको छ ।
सिंहको पक्षमा रहेका तराई मधेश लोकतान्त्रि पार्टीको २१ र सद्भावना पार्टीको ९ मत रहेको छ ।
  यादवलाई समर्थन गर्ने बताएको नेकपा मालेको पनि ९ मत छ । तर मालेको कति मत कता पर्यो भन्न सकिने अवस्था छैन । जम्मा ८ मत रहेको राप्रपा राणाले काँग्रेसलाई समर्थन गरेको बुझिएको छ ।

माओवादीले साथ नदिएपछि एमाले, काँग्रेस र फोरमवीच आज मतदान शुरु हुने बेलामा सहमती बनेको हो । उनीहरुले राष्ट्रपतिमा यादव, उपराष्ट्रपतिमा फोरमका परमानन्द झालाई मतदान गर्दैछन् । एमालेलाई संविधान सभा अध्यक्ष दिने सहमती भएको छ ।



Ramrajaprasad Singh. Photos: Santa


Dr. Rama Baran Yadav

प्रारम्भिक अनुमान अनुसार सिंह र यादववीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । खासगरी साना दलहरुको मत निर्णायक बन्ने प्राय निश्चित छ । जनमोर्चा नेपालको ८, नेमकिपाको ५, राष्ट्रिय जनमोर्चाको ४, संयुक्तको ५, जनशक्तिको ३, राष्ट्रिय जनमुक्ति पार्टीको २, नेपाली जनता दलको २, नेकपा एकिकृतको २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चको २ मत छ ।

बाँकी सात पार्टीको एक एक मत रहेको छ भने ४ मत रहेको राप्रपा नेपालले मतदान बहिस्कार गर्ने घोषणा गरेको छ ।

निर्वाचन परिणाम साँझ ५ बजे सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu






Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®