|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपतिमा सिंह निश्चित, उपराष्ट्रपतिमा जोड घटाउ सुरु काठमाडौं, July 18, 2008- राष्ट्रपतिमा प्रस्तावित माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहले जित्ने निश्चितजस्तै भएपछि उपराष्ट्रपतिमा कसले जित्ला भन्ने जोड घटाउ सुरु भएको छ । माओवादी, कांग्रेस, एमाले र फोरम उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको खण्डमा पहिलो चरणको प्रतिस्पर्धामा माओवादी उम्मेदवार शान्ता श्रेष्ठ नै शक्तिशाली देखिएकी छिन् । राष्ट्रपतिमा माओवादीद्धारा प्रस्तावित रामराजाप्रसाद सिंहले फोरम, तमलोपा, सद्भावना र जनमोर्चाकोसमेत गरी ३ सय १५ भन्दा बढि मत प्राप्त गर्ने पक्का देखिएको छ । संविधान सभामा उल्लेख्य सिटमा रहेका यी तीन दलबाहेक अन्य साना दलसमेतको मतपनि सिंहलाई प्राप्त हुने भएकाले उनी ३ सय ३० भन्दा बढि मतका साथ नेपालको प्रथम राष्ट्रपति बन्नेछन् । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन सबैभन्दा धेरै मत ल्याउँदैमा हुने स्थिति छैन । जित्ने उम्मेदवारले संविधान सभामा ५० प्रतिसत भन्दा बढि मत ल्याउनुपर्ने प्रावधान राखिएको छ । मधेशवादी दलले सिंहलाई समर्थन गरेका कारण उनले सहजै ५० प्रतिसत मत प्राप्त गरेपनि फोरमले उपराष्ट्रमासमेत उम्मेदवारी दिएकाकारण पहिलो चरणको निर्वाचनबाट उपराष्ट्रपति निर्वाचित हुनसक्ने स्थिति छैन । तसर्थ उपराष्ट्रपतिमा कुनै गठबन्धन बन्न नसकेमा दोश्रो चरणको मतदानबाट उपराष्ट्रपति छानिने सम्भावना प्रवल छ । निर्वाचित हुनकालागि ५ सय ९४ मतदातामध्ये कम्तिमा २ सय ९८ मत आवस्यक पर्नेछ । यस अनुसार माओवादी उम्मेदवार शान्ता श्रेष्ठले पहिलो पटकको प्रतिस्पर्धामा अरुको मत नपाएमापनि आफ्नो पार्टीको कम्तिमा २ सय २६ मत प्राप्त गर्ने स्थिति छ । कांग्रेसका मानबहादुर विश्वकर्मालेपनि अरु पार्टीको मत पाउन सकेनन् भने आफ्नो दलको १ सय १२ मत पाउनेछन् । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले पनि आफ्नो पार्टीको २ सय ८ मत पाउनेछिन् । फोरम उम्मेदवार परमानन्द झाले सबै मधेशवादीको मत पाएमा कम्तिमा ८२ मत पाउनेछन् । यस हिसावले कुनैपनि उम्मेदवारले ५० प्रतिसत अर्थात् २ सय ९८ मत जुटाउन सक्ने छैनन् । तसर्थ उपराष्ट्रपतिकालागि दोश्रो चरणको मतदान हुनेछ । मत परिणाम उपरोक्त आंकलन अनुसार भएमा तेश्रोमा रहेकी एमालेकी शाक्य र फोरमका झा बाहिरिनेछन् भने दोश्रो चरणमा माओवादी उम्मेदवार शान्ता श्रेष्ठ र कांग्रेसका मानबहादुर विश्वकर्माबीच प्रतिस्पर्धा हुनेछ । त्यो बेला फोरमलगायत मधेशवादी दल सबै र एमालेसमेतको मत जसले पाउन सक्छ उही विजयी बन्नसक्ने छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||