|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा ! |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Lyricist, Poetess, Novelist & Singer Unnati Bohara 'Sheela' in New York. Photo: eEyeCam न्यू योर्क, October 27, 2008- "खोजी हिंडे ति गोरेटो र बाटोहरुमा, सोधी हिंडे ति शीतल शीतल चौतारीहरुमा, मेरो मायालुले हिंडेका ति पाइलाहरु, मेरो मायालुले सुसाएका सुस्केराहरु, सोधी हिंडे ति उकाली र ओरालीहरुलाई, सोधी हिंडे ति खोला र झरनालाई, मेरो मायालुले चुहाएका पसिनाहरु, मेरो मायालुले मेटेका तिर्खाहरु, खोजी हिंडे ति गोरेटो र बाटोहरुमा..." हो, उनको मायालुले उनलाई कम्ती सताएको छ। ति बिछट्टको मायालुको फन्दामा परेर उनी न्यू योर्कसम्म आईपुगिन् । हो, न्यू योर्कसम्म आईपुगेकी ति मायालु हुन्- सुपरिचित गीतकार, गायिका तथा साहित्यकार उन्नती बोहरा 'शीला' । उनका ३ गीती एल्बमहरु हिजो साँझ न्यू योर्कमा बिमोचित गरिएका छन्। समारोहमा उन्नतीले आफ्ना तीन मार्मिक गीतहरु गाएर सबैलाई मन्त्र मुग्ध पनि पारिन्: "वारी मेरो छुटी सक्यो पारी पुग्या छैन, आज मेरो बिति सक्यो भोली देख्या छैन" "यती रित्तो र शुन्य भएछ संसार केबल तिमी एउटा मसँग नहुँदा यती खल्लो र न्याश्रो भएछ जिबन केबल तिम्रो बिछोड सहन नसक्दा।" "शुन्य शुन्य बनी बतासिएको मेरो मन बुझाउन खोज्छु जति उती शुन्य बन्छ झन झन" |
|
|
Ambassador Madhuraman Acharya releasing Unnati Bohara 'Sheela's three music albums in New York yesterday. Photo: Ang Kami Sherpa (PhotoHera.Com) सङ्युक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले उन्नती 'शीला'का ३ वटा गीती म्युजिक एल्बमहरु 'यो शिलशिला', 'फेरी एक पल्ट' र 'मेरो मायालाई' बिमोचन गर्नु भएको थियो। 'मेरो मायालाई' का सम्पूर्ण (१०) वटा गीतको रचना र गायन स्वयम् उन्नतीले गरेकी छिन् भने सुमधुर संगीत नेपाली संगीत जगतमा 'मेलोडी किङ' को रुपमा चिनिने नेपाली संगीतका सुपरिचित संगीतकार शम्भूजीत बासकोटाले कम्पोज गर्नु भएको छ। सो गीती एल्बममा रहेको उन्नती दिदीको एउटा गीतले मलाई भुतुक्कै बनायो: "खोजी हिंडे ति गोरेटो र बाटोहरुमा सोधी हिंडे ति शीतल शीतल चौतारीहरुमा मेरो मायालुले हिंडेका ति पाइलाहरु मेरो मायालुले सुसाएका सुस्केराहरु सोधी हिंडे ति उकाली र ओरालीहरुलाई सोधी हिंडे ति खोला र झरनाहरुलाई मेरो मायालुले चुहाएका पसिनाहरु मेरो मायालुले मेटेका तिर्खाहरु खोजी हिंडे ति गोरेटो र बाटोहरुमा... सोधी हिंडे ति साउने झरिहरुसँग सोधी हिंडे ति लाली गुराँसहरुसँग मेरो मायालुलाई रुझाएका बर्षाहरु मेरो मायालुले लिएका सुवाशहरु खोजी हिंडे ति गोरेटो र बाटोहरुमा सोधी हिंडे ति शीतल शीतल चौतारीहरुमा ।" संगीतकार बासकोटाले बाँकी दुइवटा एल्बमहरु 'यो शिलशिला' र 'फेरी एक पल्ट' मा पनि संगीत भर्नु भएको छ। 'फेरी एक पल्ट' एल्बममा नेपालका नाम चलेका गायक गायिकाहरुले गाउनुभएको छ: Prakash Shrestha, Premdhoj Pradhan, Sukmit Gurung, Phateman, Gurudev Kamod, Ramkrishna Dhakal, Yogesh Vaidhya, Karna Das, Deepa Narayan Jha and Sita Thapa हुनु हुन्छ। त्य सैगरी 'यो शिलशिला' एल्बममा भारतका नाम चलेका गायक गायिकाहरुले गाउनुभएको छ: Sadhana Sargam, Bhupendra Singh, Kabita Krishna Murti, Kumar Sanu, Sanjeevani and Sneha Patel हुनु हुन्छ। Prominent Nepalese Actor Haribahadur Thapa, Bidur Poudyal, brother-in-law of Musician Baskota, Madan Yonjan, Unnati Bohara 'Sheela', Ambassador Madhuraman Acharya, famous Music Composer Shambhujeet Baskota and his isiter Binita Poudyal. Photo: Ang Kami Sherpa (PhotoHera.Com) यस अघी अस्ती (अक्टोबर २५) साँझ न्यू योर्कमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सम्पन्न नेपालका महाकवि लक्ष्मीप्रशाद देबकोटाको ९९ औ जन्म जयन्ती समारोहमा महामहिम राजदूत मधुरमण आचार्यले उन्नतीका गीती भिडियो एल्बम 'मेरो आशक्ती' र Two Faces of A Coin उपन्यास बिमोचन गर्नु भएको थियो। उक्त अबसरमा आयोजकका तर्फबाट समाज कि अध्यक्ष्य गीता खत्रीले साहित्यकार उन्नती बोहरा 'शीला'लाई नेपाली सल (पछ्यौरी) ओढाइ सम्मान गर्नु भएको थियो। संगीतकार शम्भूजीत बासकोटा र उन्नती दशैंको मुखैमा अमेरिका आउनु भएको हो। यि दुई साहित्य र संगीत क्षेत्रका हस्तीहरुसँगको अन्तर्वाता आउँदै छ । -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
Music Composer Shambhujeet Baskota hosting the music album releasing program. Photo: Ang Kami Sherpa (PhotoHera.Com) Singers Pabita Bagchand, Sapana Shree, Anju Sharma, sister of Mrs Acharya, Mrs. Gita Acharya, wife of Ambassador Acharya, Mrs. Haribahadur Thapa, Unnati Bohara 'Sheela' and actress Suvarna Chhetri. Photo: Ang Kami Sherpa (PhotoHera.Com) Unnati singing her songs at the event. Photo: eEyeCam International Nepali Literary Society New York Chapter Chairperson Gita Khatri dancing with Unnati at the event. Photo: eEyeCam Actor Haribahadur Thapa and Entrepreneur and political activist Mridula Koirala. Photo: eEyeCam Unnati with her relatives. Photo: eEyeCam Unnati and her 'nanda' Sujata Bohara. Photo: Ang Kami Sherpa (PhotoHera.Com) Singer Pabita Bagchanda sings at Nepal-Japan Restaurant where event was held. Photo: Ang Kami Sherpa (PhotoHera.Com) Photo: Ang Kami Sherpa (PhotoHera.Com) Read our related news and photo feature: » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित » कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||