न्यू योर्कमा गायक रुवि मुखियाको निधन
शब नेपाल पठाउन सहयोगका लागी अपिल
-UNO
बिशेष सम्बाददाता न्यू योर्क, July 29, 2008- नेपाली गायक रुवि मुखियाको जुलाई 28 तारिख
न्यूयोर्क शहरस्थित रिजउडमा कोठामा सुतिरहेको अवस्थामा विहान 6 बजे 37
बर्षको उमेरमा असामयिक मृत्यु भएको छ ।
साँझ सदाझैं आफ्ना 'रुममेट' हरुलाई मिठा गीतहरु सुनाएर सुतेका रुबी विहान
अर्ध मृतावस्थामा भेटिएका थिए । स्वास्थ्य कर्मिबाट उनलाई बचाउन तत्काल
प्रयास गरिए पनि रुबी कहिल्यै नबिउतिने गरी अस्ताइ सकेका थिए।
स्वर्गिय गायक मुखियाका बुवा, श्रीमती र 2 छोराहरु ललितपुरको जावलाखेलमा
बसोबास गर्दछन्।
गायक मुखियाको शब नेपाल पठाउनको लागि चाहिने खर्च अमेरिकि 8-9 हजार डलर
उठाउन रिजउड नेपलिज सोसाइटिले पहल गरेको छ।