|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ्ग विरुद्ध नेपाली नागरिकता लिएको आरोप |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौ,
January 22, 2009- नेपाली नागरिकता लिएको भन्दै सिक्किमका मुख्यमन्त्री पवन
चाम्लिङ्ग विरुद्ध प्रधानमन्त्री मनमोहन सिंह र गृहमन्त्रीसमक्ष भारतीय
जनता पार्टी 'भाजपा'ले लिखित उजुरीसमेत गरेको छ ।कुनैपनि भारतीय मुख्यमन्त्रीले नेपाली नागरिकता लिएको आरोप लागेको यो पहिलो पटक हो । नेपाली नागरिकता लिएको आरोपमा मुख्यमन्त्रीविरुद्ध अदालतमा समेत मुद्दा दायर गर्ने तयारी भइरहेको भाजपाले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । सिक्किम राज्यमा पुगेका भाजपाका पूर्वोत्तर राज्य प्रभारी हरेन्द्र प्रतापले अघिल्लो आइतबार गान्तोकमा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री पवन चाम्लिङसँग भारतीय नागरिकताको अतिरिक्त नेपाली नागरिकतासमेत रहेको आरोप लगाएका थिए । भाजपा नेता हरेन्द्रले गान्तोकमा एक पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री चाम्लिङको नेपाली नागरिकताको फोटोकपीसमेत देखाएको पश्चिम बंगाल पुगेर फर्केका जनआस्था साप्ताहिकका सहायक सम्पादक अरुण बरालको कथन छ । ती भाजपा नेताले नागरिकताको फोटोकपीका अतिरिक्त भारीले घरको खजाना तिरो रसिद र 'जनसंख्या प्रमाणपत्र' सम्बन्धी कागजपत्र पनि देखाएका थिए । भाजपा पूर्वोत्तर क्षेत्र हेर्ने प्रभारी प्रमुखले पत्रकार सम्मेलनमा पेस गरेको कागजातमा मुख्यमन्त्री चाम्लिङको जन्म इलाम जिल्लाको शनिश्चरे उल्लेख भएको र ठेगाना वतनमा झापा जिल्ला बुधबारे गाविस- ५ भएको पत्रकार बरालको कथन छ । भाजपा नेता हरेन्द्र प्रतापले चाम्लिङसँग सम्बन्धित कागजातहरुको फोटोकपी देखाउँदै 'मुख्यमन्त्रीले बुधबारे गाविसका अध्यक्ष रघुनाथ निरौलाको सिफारिसमा झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट नेपाली नागरिकता लिएको' तथ्य पेश गरेका थिए । नेपाली नागरिकताको प्रमाणपत्र संख्या १०३७१ रहेको भाजपा नेता प्रभारीले गान्तोकका पत्रकारलाई बताएका थिए। ती भाजपा नेताले मुख्यमन्त्री चाम्लिङले नेपालको संविधानको धारा ३ नागरिकता ऐन १९६२ अनुसार त्यस्तो नेपाली नागरिकता लिएका गत साल अर्थात् सन् २००८ मा मात्रै चाम्लिङले बुधबारे गाविसबाट जनसंख्या प्रमाणपत्र लिएको र त्यसमा मुख्यमन्त्री चाम्लिङसहित श्रीमती टीकामाया, छोरा विजय विशाल, बुहारी विनिता र छोरी शिला चाम्लिङको नाम उल्लेख भएको प्रभारीले बताएका थिए । गत वर्ष गाविसलाई 'घरको खजाना' भन्दै १० रुपैयाँ तिरेको रसिदको नक्कल पनि प्रभारीले गान्तोकमा देखाएका थिए । तर मुख्यमन्त्री चाम्लिङ्गका भनिएका कागजपत्रहरु नक्कलीजस्ता लाग्ने पत्रकार बरालको कथन छ । |
|
|
फोटो- सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ्ग (माथि) र पत्रकार अरुण बराल Photos archive: Sitaram सिक्किममा अत्यन्त लोकपि्रय नेपाली नेता एबं मुख्यमन्त्री चाम्लिङ्ग विरुद्ध बेला- बेला यस्ता हत्थकण्डाहरु अपाइने गरिएको छ । केही बर्षअघि नेपाली माओवादी नेता राम कार्की पार्थ क्षेत्रीलाई मुख्यमन्त्री चाम्लिङ्गले आफ्नो सल्लाहकार बनाएको भन्दै सिक्किम संसदमा विपक्षीहरुले आवाज उठाएका थिए । तर त्यो आरोपपनि असत्य सावित भयो । सिक्किममा चुनाव नजििकंदै गरेका बेला उनलाई हराउनकालागि यस्तो हत्थ्कण्डा अपाइएको अनुमान गरिएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||