काठमाण्डौं, January 2, 2009- वर्तमान सरकारले हिन्दू धर्ममाथि प्रहार
गरेको भन्दै शिवसेना नेपालले आन्दोलनको चेतावनी दिएको छ ।
अरुण सुवेदीले नेतृत्व गरेको शिव सेनाको भारतको महाराष्ट्रको हिन्दू
अतिवादी संगठन शिव सेनासँग राम्रो सम्बन्ध भएको मानिन्छ । नेपालमा खोलिएको
शिवसेनालाई भारतका अतिवादी हिन्दू संघसंगठनहरुले आर्थिक-बैचारिक लगानी
गर्दै आएको विश्वास गरिन्छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीका अध्यक्ष सुवेदीले
सनातन हिन्दू धर्ममाथि प्रहार गर्न पशुपतिमा पूजारी नियुक्तिमा राजनीतिकरण
गरेको आरोप समेत लगाएका छन् । 'माओवादीका पछिल्ला कि्रयाकलापलाई सहेर बस्न
सक्दैनौं' उनले भने- 'यो स्थितिमा देशव्यापी आन्दोलन गर्नुको विकल्प छैन ।'
सुवेदीले देशमा राजतन्त्रको अन्त गरी नयाँ राजा बन्न खोजेको भन्दै
प्रधानमन्त्री प्रचण्डको आलोचनासमेत गरे ।