|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीलाई आतंककारी भनेपछि राजदूत मुखर्जी र्याखर्याखती Shiva Shankar Mukharjee, Indian Ambassador to Nepal. Photo: Sirab काठमाडौं, April 22, 2008-संविधान सभा चुनावमा सहभागी भै संविधान निर्माण तथा सरकारको नेतृत्व गर्न लागेको माओवादीप्रति नेपालकालागि भारतीय राजदूत शिबशंकर मुखर्जीले आतंककारी शब्द भने प्रयोग गरेरै छाडे । उनले भने- 'दुई वर्षको यो अवधिमा एउटा आतंककारी संगठन बैधानिक रुपले मूलधारको राजनीतिमा आएको छ । यसप्रति हामी खुसी छौं ।' सरकार बनाउने तैयारीमा रहेको माओवादीलाई आतंककारी संगठन भनेपछि उनी पत्रकारहरुको प्रश्नै-प्रश्नको घेराउमा परे । प्रश्नका झटाराले निकै अप्ठेरोमा पारेपछि उनले आफ्नो भनाई सच्याए । र भने- 'यो विगतको कुरा हो अहिले चुनावमा आएर माओवादी बैधानिक संगठन बनिसक्यो । अब उनीहरुलाई आतंककारी भनिरहनु उचित छैन ।' चुनावबाट आएको सरकार भएकाले माओवादी नेतृत्वको सरकारलाई भारतले पहिले झैं सहयोग जारी राख्ने बचनपनि दिए । आफ्नो देशकालागि टाउको दुखाईको विषय बनेका भारतीय माओवादीहरुलाई उनले सुझाव दिए- 'नेपालका माओवादीहरु झै उनीहरुपनि मूलधारको राजनीतिको बाटोमा आउनुपर्छ ।' भनिन्छ- 'मरेको लासलाई जुम्रालेपनि छोड्छ ।' साँच्चै हो रहेछ । नारायणहिटी दरवारबाट विदाईको अन्तिम तैयारीमा रहेका राजतन्त्रका अन्तिम प्रतिनिधि राजा ज्ञानेन्द्रलाई विदेशीहरुले कुनै सहयोग त के सल्लाहपनि दिन चाहँदा रहेनछन् । एक वर्षअघिसम्म राजतन्त्र र प्रजातन्त्रलाई आधार बनाएर नेपाललाई सहयोग गरेको बताउने नेपालकालागि भारतीय राजदूत शिबशंकर मुखर्जीले यो अन्तिम घडीमा राजा ज्ञानेन्द्रलाई आफ्नो कुनै सल्लाह र सुझाव नभएको बताएका छन् । साढे तीन वर्षको कार्यकाल समाप्तीपछि राजदूत मुखर्जी बुधबार स्वदेश फर्कंदैछन् । उनको कार्यकालको अन्तिम दिन रिपोटस्र क्लबले मंगलबार उनीसँग एक साक्षात्कार कार्यक्रमको आयोजना गर्यो । आधा घण्टा लामो साक्षात्कारमा पत्रकाहरुले उनलाई सोधे- 'तपाईंको कार्यकालको अन्तिम क्षणमा राजा ज्ञानेन्द्रलाई तपाईंको कुनै सुझाव छ? जवाफमा राजदूत मुखर्जीले भने- 'म उनलाई अब कहिल्यै कुनैपनि सुझाव दिन सक्दिन ।' राजतन्त्रको बारेमा निर्णय गर्ने अधिकार उनले नेपाली जनतासँगै रहेको बताए । 'यस सम्बन्धमा निर्णय गर्न संविधान सभा चुनावद्धारा नेपाली जनताका प्रतिनिधिहरु आइसकेका छन्' राजदूत मुखर्जीले भने- 'नेपाली जनताको भावना अनुसार राजतन्त्रको बारेमा निर्णय गर्न अधिकार चुनिएर आएका जनताका प्रतिनिधिहरुलाई छ । उनीहरुले जे निर्णय गर्नेछन् भारत सरकारले नेपाली जनताको त्यो निर्णय शिरोधार्य गर्नेछ ।' सम्पन्न संविधान सभाको चुनाव भएका आफूले देख्न पाएकोमा उनले खुसीपनि प्रकट गरे । 'नयाँ नेपाल बनाउने प्रकृयामा सहयोग गर्ने मौका हामीलेपनि पायौं' उनको भनाई थियो- 'यसकालागि मेरो देश, मेरो देशको सरकार खुसी छ । मपनि त्यत्तिकै खुसी छु ।' शाही शासनकालका बेला राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आएका यी कुटनीतिज्ञले योपनि थपे- 'सम्बेदनशील घडीमा म यहाँ आएको थिएँ मेरो कार्यकाल कस्तो रह्यो त्यो तपाईंहरुले मूल्याङ्कन गरिदिनुहोस् ।' अन्य नेपालीलाई जस्तै यी भारतीय कुटनीतिज्ञलाईपनि चैत्र २८ गतेको चुनावपनि नहुने पो हो कि भन्ने लागेको रहेछ । 'किनभने सर्नु नपर्ने चुनाव अघि दुई पटक सरिसकेको थियो' उनले थपे- 'चुनाव भयो राम्रो भयो अब नेपाली जनता विकासको काममा लाग्नुपर्छ । राजनीतिक र विकासलाई अब सँगसँगै लैजानुपर्छ । राजनीति सप्रिएपछिमात्र विकास हुन्छ भन्नु गलत हो दुबै कुरा सँगसँगै लैजान सकियो भनेमात्र नेपालको भविष्य सुन्दर हुनेछ ।' संविधान सभा चुनाव यता उनले माओवादी अध्यक्ष प्रचण्डलाई दुई पटक भेटिसकेका छन् । आइतबार बेलुकीपनि उनले प्रचण्डलाई भेटेका थिए । तर भेटकाबारे विस्तृत जानकारी दिन चाहेनन्। यसरी उम्किन चाहे- 'म आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेकाले भेटेको हुँ । विदाईको बेलाको भेट भएकाले अन्य महत्वपूर्ण कुरा केहीपनि हुन पाएन ।' त्यसअघिको भेटमा उनले भारतीय विदेशमन्त्री र प्रचण्डबीच फोनमा वार्ता गराइदिएका थिए । त्यही भेटमा मुखर्जीले प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएका थिए । चुनावी परिणाम जति अप्रत्यासित आयो त्यस्तै अप्रत्यासित सहयोगको बचन भारत सरकारले माओवादीलाई दिएको छ । भारतले माओवादीलाई गर्ने सहयोग र समर्थन निशर्त भएको खुलाशापनि उनले गरे । 'बैधानिक रुपले सत्तामा पुगेको कुनैपनि शक्तिलाई सर्त राख्नुहुँदैन भन्ने हाम्रो मान्यता छ' उनले थपे- 'माओवादी नेतृत्वको सरकारलाई भारतले निशर्त समर्थन गर्नेछ ।' स्मरणीय छ, राजदूत मुखर्जीको स्थानमा राकेश सुद नयाँ राजदूत बनेर नेपाल आउँदैछन् । सुद द्धन्दग्रस्त अर्को एसियाली मुलुक अफगानिस्तानका निवर्तमान राजदूत हुन् । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®