|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा शेर्पाहरुले २१३६ गेल्बु ल्होसार मनाए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Gelbu Sherpa Lhosar celebration in New York. Photos: Ang Kami Sherpa न्यू योर्क, 1 Mar, 09- न्युयोर्कमा शेर्पाहरुले २१३६ समो लाङल्हो (गोरु बर्ष) गेल्बु ल्होसार मनाए । नेपाल, सिक्किम, भुटान, दार्जिलिङ, आसाम तथा बिभिन्न भागबाट अमेरिकामा आई बसोबास गर्ने हिमाली आदिबाशी शेर्पा जातिहरुले परम्परागतरुपमा मनाउदै आएको महान चाड गेल्बु ल्होसार युनाइटेड शेर्पा किदुक र ल्हप्सु पूजा आयोजक समितिको आयोजनामा यही मार्च १ मा न्युयोर्कको वाल्डेनस्थित देक्षेन कुन्छाप्लिङ गुम्बामा लामाहरुद्वारा निङमापा बुद्ध धर्म अनुसार परमपरागत पाठ पूजा, धर्मिक न्रीत्य (छ्याम) ,श्याब्रु न्रित्य तथा आधुनिक न्रुत्यहरुका साथ नयाँ बर्षको शुभकामना, दिर्घायु र शुख शान्तिको कामना गर्दै धुमधमका साथ हजारूं शेर्पा तथा अन्य नेपालीहरुको बिच सम्पन्न भयो । ल्हप्सु पूजा कार्यक्रममा बोस्टोन, वासिङ्टन डि सि, क्यलिफोर्निया, न्युयोर्क, न्युजर्शी, कोलोराडो तथा अमेरिकाको बिभिन्न राज्यमा रहेका शेर्पाहरु समेतको सहभागीता रहेको थियो। यस अबसरमा शेर्पा क्यिदुकका अध्यक्ष छोङ्बा शेर्पाले महिला पर्बतारोही माया शेर्पालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो। सो समारोहमा शेर्पा किदुगका निबर्तमान अध्यक्षहरु सोनाम शेर्पा, एल जि खम्बचे, कर्मा ग्याल्जेन शेर्पा, नेपाल शेर्पा संघका केन्द्रिय उपाध्यक्ष आङ दामी शेर्पा, लुम्बिनी बिकास कोशका निबर्तमान सद्स्य सचिब आङ दावा शेर्पा, यु यस नेपाल मेडिया सेन्टरका अध्यक्ष तथा समाजसेबी पासाङ दोर्ची शेर्पा, नेपाल शेर्पा संघका संस्थापक सदस्य दानु लामा, नेपाल शेर्पा विद्यार्थी मन्चका संस्थापक सचिब उर्गेन शेर्पा, शेर्पा पत्रकार आङ छिरिङ् शेर्पा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शेर्पा किदुक्का बर्तमान र निबर्तमान पदाधिकारीहरु, पत्रकारहरु तथा स्वयं सेवकहरुको पनि सकृय सहभागीता रहेको थियो । |
|
|
Photos: Ang Kami Sherpa यस बर्षको ल्होसार ल्हप्सु पूजाका लावा (आयोजक) हरुले आगामी बर्षको लागि नयां लावाहरु (आयोजक) चयन गरी ससम्मान खादा लगाई जिम्मेवारी हस्तानतरन गरियो। यस बर्षको ल्होशार पार्टी यही मार्च २१ मा न्युयोर्कमा हुने र सोही अबसरमा शेर्पा किदुकको नयाँ कार्य समिती पनि चयन गरिने कुरा शेर्पा किदुगका महासचिब आङ ग्यल्जेन शेर्पाले बताउनु भयो । पुरानो लावाहरुको नामवली: १ श्रीमानश्रीमती ङती शेर्पा (मेन्दोपाके, सोलु ) २ श्रीमानश्रीमती फुर्बा शेर्पा (थामे ,खुम्बु ) ३ श्रीमानश्रीमती फुर्बा शेर्पा (साल्मे,सोलु) ४ श्रीमान श्रीमती वाङेल शेर्पा (छिनक्पु,सोलु) ५ श्री फुर्बा शेर्पा (भकान्जे ,सोलु ) एस् श्रीमान श्रीमती पासाङ ङिमा लामा (जुन्बेसी ,सोलु ) यू श्रीमान,श्रीमती कर्मा लामा (गार्मा ,सोलु ) ८ श्रीमान,श्रिमती कुसाङ शेर्पा (देउराली ,रमेछाप) ९ श्रीमान,श्रिमती सोनाम शेर्पा(तातोपनी,सिन्धुपाल्चोक) आगामी बर्षको लागि छानिएका नयाँ लावाहरु: १ श्रीमान ,श्रिमती काजी शेर्पा ,पुष्प शेर्पा (नुनथला,टकसिन्दु ,सोलु ) २ श्रीमान ,श्रिमती ल्हक्पा लामा (जुन्बेशी,सोलु ) ३ श्रीमान श्रीमती दोर्जी शेर्पा (सल्लेरी ,सोलु ) ४ श्रीमान ,श्रिमती आङ फुरी शेर्पा ५ श्रीमान ,श्रिमती ग्याल्जेन शेर्पा (सल्लेरी -५,सोलु ) एस् श्रीमान ,श्रिमती फुर्बु छिरिङ्ग (लामाबगर ,शिन्धुपाल्चोक) यू श्री जाङबु शेर्पा (शिन्धुपाल्चोक) ८ श्रीमान,श्रिमती पासाङ दावा शेर्पा ९ आङ पासाङ लामा (जुन्बेशी ,सोलु) -P. Sherpa in New York Photos: Ang Kami Sherpa Photos: Ang Kami Sherpa Photos: Ang Kami Sherpa Photos: Ang Kami Sherpa Photos: Ang Kami Sherpa Related our news and photo features: ![]() न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्कृतिक सांझ (37 photos) न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए ![]() न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » Special: २७ नेपाली संस्थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुटे (46 Photos) |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||