शेर्पा संचारकर्मिहरुको ४५ दिने एड्भन्स उदघोषण
तालिम Photos courtesy: SherpaWorld.Com
काठमाडौं, July 20, 2008-जेठ महिनाबाट शेर्पा संचार समुहद्वारा आयोजित द मिडियाज कलेक्सन
ईन्स्टिच्युटमा सन्चालित ४५ दिने एड्भन्स उदघोषण तालिम सम्पन्न भएको छ ।
शेर्पा संचार समुहका प्रत्येक सद्स्यहरु तथा अन्य शेर्पा युथहरुलाई संचार
क्षेत्रमा आवद्द गराउनक लागि तालिम सन्चालन गरिएको हो भने यो भन्दा अघी पनि
यस्त तालिमहरु सन्चालन गरिएको थियो । बिशेषत: संचार क्षेत्रमा काम गरिरहेको
सदस्यहरु नमो बुद्ध FM106, सोलु FM106.7 र दुधकोशी FM 96.4 का शेर्पा भाषा
कार्यक्रम संचालकहरुलाई तालिममा सहभागि गराइएको थियो ।
संचार समुहलाई कार्यक्रम सन्चालन गर्नका लागि देश तथा
बिदेशका शेर्पाहरुको ठुलो योगदान रहेको कुरा समुहका अध्यक्ष पासँग शेर्पाले
बताउनु भयो । बिशेष गरेर जापान तथा बेल्जियममा रहनुभएका शेर्पाहरुको धेरै
योगदान रहेको कुरा पनि उहा बताउनुहुन्छ । कार्यक्रम साउन ४ गते मिडिया
कोल्लेक्सनको आयोजनामा प्रमाण पत्र बितरण गरी सम्पन्न भएको थियो ।