Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

सत्ता छोड्न नमान्दा कांग्रेसलाई पर्‍यो धक्का

काठमाडौं,  June 24, 2008- नेकपा माओवादी र नेकपा एमालेले वर्तमान राजनीतिक गतिरोधको कारक नेपाली काँग्रेस भएको ठहर गरेको छ । माओवादी र एमालेवीच असार ९ गते भएको छलफलबाट काँग्रेसको सत्ता लिप्साकै कारण राजनीतिक सहमती बन्न नसकेको निश्कर्ष निकालिएको हो ।

कार्यकारी अधिकारसहितको प्रधानमन्त्री माओवादी र सम्बैधानिक राष्ट्रपतिको जिम्मेवारी एमालेले लिने निर्णय गरेका माओवादी र एमालेले प्रमुख विपक्षी दलको नेतालाई सुरक्षा परिषद्को सदस्य बनाउनुपर्ने कांग्रेसको माग अस्वीकार गरेका छन् ।

एक हप्ता भन्दा लामो लगातारको वैठकबाट पनि मुलुकले राजनीतिक निकास नपाएपछि एमाले र माओवादीको दुई दलीय वैठक बसेको हो । सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यलयमा बसेको दुई दलको सो वैठकले सुरक्षा परिषदमा प्रतिपक्ष दल नराख्ने आफ्नो अडान नितान्त वैज्ञानिक भएको ठहर गरेको छ ।

काँग्रेसले सुरक्षा परिषदमा प्रतिपक्ष दललाई राख्नै पर्ने अडान राखे पछि प्रधानमी निवास बालुवाटारमा बसेको सात दलको वार्ता भंग भएको थियो । यसपछि बालुवाटारको वैठकबाट सहमती बन्न नसक्ने निश्कर्षमा पुगेको माओवादी नेताहरुले बताएका थिए ।

काँग्रेसले सत्तामा बसिरहन कै लागि एक पछि अर्को सर्त थप्दै गएको एमाले र माओवादीको दाबी छ । 'हिजो काँग्रेसले अघि सारको सात बुँदे सर्तमै नभएको नयाँ अडान ल्याउनु यसको प्रमाण हो' वैठकमा सहभागी माओवादी नेता देवप्रसाद गुरुङ्गले सन्‍चारकर्मीलाई भने ।

दुई ठूला दलको यो निर्णयपछि नेपाली कांग्रेस अरु एक्लिन पुगेको छ । यसअघि यो विवाद माओवादी र कांग्रेसको मामला भएको बताउँदै यससम्बन्धी बिबादको अन्त्य उनीहरु नै मिलेर गर्नुपर्ने बताएका एमालेले सिंहदरवारस्थित माओवादीको संविधान सभा दलको कार्यालयमा भएको वार्तामा कांग्रसको माग अनुसार सुरक्षा परिषदमा बिपक्षी दलको नेतालाई राख्न नहुने माओवादी अडानमा समर्थन जनाएको हो । प्रधानमन्त्री र राष्ट्रपति माओवादी र एमालले लिने सहमति गरेपछि प्रमुख प्रतिपक्षमा बस्ने मनस्थितिमा पुगेको नेपाली कांग्रेसले सुरक्षा परिषदमा प्रमुख प्रतिपक्षी दलका नेतालाईपनि राख्नुपर्ने नयाँ माग अघि सारेको थियो ।

प्रजातान्त्रिक मुलुकमा प्रमुख प्रतिपक्षी नेतालाई सुरक्षा परिषदमा राख्ने प्रचलन कहींपनि नभएको बताउँदै माओवादीले कांग्रेसको माग अस्वीकार गरेको थियो । कांग्रेसको यो माग सत्ता नछाड्ने नयाँ चालबाजी भएको बताउँदै कांग्रेससँग वार्ता नगर्ने निष्कर्षमा माओवादी पुगेको थियो । आइतबारदेखि कांग्रेससँगको वार्ता भंग भएलगत्तै सोमबार सिंह दरवारमा बसेको माओवादी- एमाले वार्ताले उपरोक्त निर्णय गर्यो । माओवादी- एमालेबीचको यो निर्णयपछि कांग्रेस संविधान सभामा नराम्रोसँग एक्लिन पुगेको छ । चुनावमा पराजयपछिपनि सम्बैधानिक कारण देखाएर सत्ता छाड्न कांग्रेसले गरिरहेको आनाकानीको आलोचना कांग्रेस बाहेकका सबै राजनीतिक दलले गरेका छन् ।

सुरक्षा परिषदमा बिपक्षी दलको नेतालाई नराख्ने माओवादी-एमाले सहमित अघि रिपोटस्र क्लबमा भएको साक्षात्कार कार्यक्रममा माओवादी नेता देब गुरुङ्गले पाकिस्तान र बर्माजस्ता सैनिक शासन भएका मुलुकमामात्र प्रजातन्त्र छ भन्ने नाटक गर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुरक्षा परिषदमा राख्ने प्रावधान भएको बताउँदै नेपालको हकमा त्यस्तो प्रावधान राख्न नसकिने बताएका थिए । गुरुङ्गको भनाई थियो- 'के कांग्रेसलेपनि नेपाललाई पाकिस्तान र बर्मामा जस्तै सैनिक प्रजातन्त्रको वकालत गर्न लागेको हो ?' उनले डेढ महिनासम्म दिनहुँ बालुवाटारमा वार्ताकालागि गएपनि निकास ननिस्केपछि संविधान सभाबाटै निकास खोज्नेगरी बालुवाटारको वार्ता भंग गर्न आफ्नो पार्टी बाध्य भएको दावी गरे ।

'एकातिर प्रधानमन्त्री कोइराला सहमति र संविधान संसोधनपछि राजिनामा दिन्छु भन्नुहुन्छ अर्कातिर सहमतिमा पुग्नै नदिने गरी हलो अड्काउने काम हुन्छ' गुरुङ्गले भने- 'त्यसैले अन्त्यहीन वार्ता नगरौं भनेर हामीले वार्ता भंगको घोषणा गरेका हौं अब सम्पूर्ण निर्णयहरु संविधान सभाबाट हुन्छन् ।'

अन्तरिम व्यवस्थापिका-संसद छँदा प्रमले सभामुखलाई राजिनामा दिनसक्ने प्रावधान हुँदाहुँदै राजिनामा नदिएर अहिले राजिनामा दिने ठाउँ छैन भन्दै प्रधानमन्त्रीले चरम सत्तालिप्सा देखाएकोपनि उनले बताए ।

त्यसै गरी माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले काँग्रेसको अडानलाई सत्ता लिप्सा भएको आरोप लगाएका छन् । 'काँग्रेस विभिन्न बहानामा कुर्चीमा टिकीरहन चाहन्छ । यसको परिणाम मुलुकले भॊग्नु परेको छ' वैठक पछि डा. भट्टराईले संवाददाताहरुसँग भने ।

उता एमाले महासचिव झलनाथ खनालले पनि काँग्रेसले सक्ताको नेतृत्व छोड्दा पहाडै खस्ला जस्तो गरेकाले राजनीतिक 'डेड लक' भएको बताएका छन् । सुरक्षा परिषदमा प्रतिपक्ष दललाई राख्ने व्यवस्था संसारमै कंहि नभएको पनि महासचिव खनालको दाबी थियो ।

काँग्रेसले भने सुरक्षा परिषदमा बस्दा सत्तामा बसेको नहुने बताएको छ । काँग्रेस नेता डा. प्रकाश शरण महतले युएस नेपाल अनलाइनसँग कुरा गर्दै भने 'हाम्रो कुनै सत्ता मोह छैन । हामी त प्रकृया र प्रणालीको लागि मात्रै लडी रहेका छौं ।'

एमाले र माओवादीले यथास्थितिमा नेपाली काँग्रेससँग वार्ताको कुनै गुन्‍जायस नभएको निश्कर्ष निकालेको छ । मुलुक संक्रमणमा रहेको अवस्थामा सहकार्य आवश्यक भएपनि काँग्रेसको नेतृव्वमा मुलुकले प्रगती गर्न नसक्ने निश्कर्ष पनि सो वैठकले निकालेको छ ।

सहमतीय प्रणालीबाट अगाडि बढ्न काँग्रेस तयार नभएपछि दुई दलले राजनीतिक निकासको विकल्प संविधान सभालाई बनाउने भएका छन् । महासचिव खनालले भने 'जनताले ऐतिहासिक जिम्मेवारी दिएको संविधान सभाको बहुमतबाट राजनीतिक समस्याको टुङ्गो लाग्छ ।'

मुलुकमा अब बामपन्थीहरुवीच ध्रुवीकरण हुन लागेको हो त ? भन्ने संवाददाताहरुको जिज्ञासामा भने दुबै दलले यसलाई वाम ध्रुवीकरण भन्न नमिल्ने जिकिर गरेका छन् । उनीहरुले यसलाई वाम ध्रुवीकरण भन्दा पनि देश भक्त र गणतान्त्रिक शक्तिवीचको ध्रुवीकरण भएको बताएका छन् ।

-Sitaram Baral and Santa Bagam in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®